विश्व इतिहास विभिन्न कालखण्ड, उतार चढाव हुदै यहाँसम्म आइपुगेको छ । संसारलाई बुझ्ने, व्याख्या गर्ने, बदल्ने विश्व दृष्टिकोणलाई नै माक्सवादी दर्शन भनिन्छ । पछिल्लो पटक दलाल पूँजीवादले माक्सवादी दर्शनलाई चुनौति दिएको छ । माक्सवादी दर्शन संकटमा परेको छ । दलाल पूँजीवादी लोकतान्त्रिक व्यवस्था पनि समाप्त हुने अवस्था छ । राजनीतिक व्यवस्था माथिको संकट र प्राकृतिक संकट एकैसाथ अघि बढिरहेको छ ।
दुबै संकटको मुख्य ध्येय नै जनधनको अपार क्षति, अशान्ति र असन्तु्लन हो । वर्तमान विश्व अति जटिल छ र संकटपूर्ण संयन्त्रासपूर्ण अवस्थामा छ । आर्थिक असमानता र आर्थिक मन्दीले विश्व समुदायलाई नै भयलाग्दो, कहाली लाग्दो बनाईरहेको छ । समाजशास्त्री, वातावरणविद् र अर्थशास्त्रीले वर्तमान दुःख सास्तीको घरको रुपमा चित्रण गर्दैछन् ।

अलिकति बुझ्यो कठिन, झन बुझ्यो झन झन कठिनको अवस्था आइरहेको छ । पृथ्वीमा रहेको मानिस सामाजिक प्राणी र चेतनशील प्राणी हुन । चेतना नभएको मानिसले केही बुझ्न र केही पत्तो पाउन सक्दैन । मानव समुदाय र राष्ट्रियता नै विश्वभर खतरामा छ । भौतिकवादी दर्शनले मानव समुदाय र राष्ट्रियताको दिगो रक्षा गर्न सक्दछ । तर प्रकृतिक विपत्तिबाट हुने जोखिमलाई न्युनिकरण गर्न सकेपनि पूर्ण नियन्त्रण र उन्मूलन भने गर्न सक्दैन । संसारमा अध्यात्मवादी र भौतिकवादी बीच अन्तरविरोध छ ।
मानव समुदायलाई आ–आफ्नो पक्षमा पार्न भौतिकवाद र अध्यात्मवाद आ–आफ्नो ढंगले प्रतिस्पर्धा गरिरहेको छ । विज्ञान र प्रविधिले रहस्यात्मक चमत्कारिकतात्मक यंगले विकास गरिरहेको छ । विज्ञान र प्रविधिको चौतर्फी अनियन्त्रित विकासले अकल्पनिय घटना निम्त्याउन हो कि भन्ने खतरा पनि बढेको छ । विश्वको ५ प्रतिशतसंग अपार सम्पत्ति संचित छ । बाँकी जनतासँग खाई जीविका छ । कूल जनसंख्या ७ अर्ब मध्ये विश्वका साढे ६ अर्ब मानिस पृथ्वीलाई दुःखको घर, दुःखको सागर ठान्दै पुग नपुगको जीवन गुजारी रहेका छन् । अहिले सम्म सन्तुष्ट नै छन् । विश्वका बहुसंख्य उत्पीडित जनतामाथि थोरै हैकमवादी शोषकको शोषण छ । मानिसले जन्म लिएपछि आशा र भरोसामा बाँच्नु पर्दछ । आशा गर्दागर्दै निराशामा बदलिन परेपछि जन विस्फोट हुन्छ । यथास्थितिमा क्रम भंग हुन्छ ।
विश्वमा अस्तित्वमा रहेको सबै देशका मानव समुदायका आ–आफ्ना राष्ट्रियता छ । आफ्नो राष्ट्रियताको अस्तित्व रक्षाकालागि सबै जना संघर्षरत छन् । राष्ट्रियता मानव समुदायको आफ्नो अटल परिचय हो । राष्ट्रियता रक्षाको लडाइमा मानिसले बलिदान गर्छ । म मरे पनि मेरो देश र राष्ट्रियता रहिरहोस भन्ने चाहन्छ । नेपाल पनि एक प्राचिन हो । आफ्नो राष्ट्रिय स्वतन्त्रताको लागि त्यस देशका नागरिकले सचेतपूर्वक राष्ट्रियताको संरक्षण जति गर्नसक्छन । देश त्यति नै सुरक्षित हुन्छ ।
नेपालको राजनीतिक एकदमै कमजोर हुदै राष्ट्रियता, जनजीविका र गणतन्त्रको रक्ष गर्न नसक्ने अवस्थामा लम्किरहेको छ । देश र जनताको रक्षा, उन्नति गर्न नसक्ने विद्यमान संसदीय व्यवस्थाले जनता र देशको भविष्य सुनिश्चित गर्न आवश्यक आधारहरु भत्काउदै गइरहेको छ । विकासको नाममा विनास र व्यवस्थाको नाममा अव्यवस्था सिवाय केही पनि छैन । जसले गर्दा मानव समुदाय र राष्ट्रियता जिर्ण अवस्थामा छ । यसैमा रमाइरहने हो कि आवश्यक्ता परिवर्तनका लागि जनक्रान्ति गर्ने हो ?
यथास्थितिको क्रमभंग बिना “सुखी नेपाली समृद्ध नेपाल”को नारा र कदम अघि बढन सक्दैन । समय खेर जान्छ, उपलब्धि केही हुदैन । यथास्थितिमा क्रमभंग समयको माँग र बाध्यता हो ।सम्पूर्ण जनसमुदायको ध्यान यथास्थितिमा परिवर्तनको लागि हुन जरुरी छ । भूराजनीतिक रक्षा र जनजीविकाको ग्यारेण्टीका लागि वैज्ञानिक समाजवाद एकीकृत जनक्रान्ति मार्फत वैज्ञानिक समाजवादका लागि जनसमुदाय अग्रसर हुनेै पर्दछ । क्रान्तिकारी र परिवर्तन संभव छैन भनेर हात बाधेर चुप लागेर बस्ने बेला अहिले होइन ।
बाध्यताले क्रन्ति निम्त्याउँछ । क्रान्ति र परिवर्तनको पक्षमा निर्णायक नेपाली जनता छन । हुनेखाने वर्गले क्रान्तिको आवश्यक्ता र संभव नठाने पनि हुदाँ खाने बहुसंख्यक शोषित उत्पीडित, गरीब,, बेरोजगार नेपालीहरुले क्रन्तिलाई पछ्याईरहेका छन । जन विस्फोट हुन मात्र बाँकी छ । आशाा र भरोसा गरौं । निरासाबाट मुक्त हुन क्रान्तिको आवश्यक्ता र संभावना छ ।
दलाल संसदीय व्यवस्थाको अन्तिम राजनीति संस्कार,संकृति र अभ्यास नै अहिले चलिरहेको र हामी सबैले भोगीरहेको पथ भ्रष्ट संसदीय व्यवस्था हो । विदेशी हस्तक्षेप बढाएर राष्ट्रियताको रक्षा र जनसमुदायको भलाइ हरनै सक्दैन । प्रचण्ड नेतृत्तवको गठबन्धन सरकारले आवश्यक भन्दा अनावश्यक काम र बेथिति बढाउन सक्दछ । नानाथरिका अनिष्ट वृद्धि हुदै जानेछ । तब मात्र जनआक्रोशित र निरासा उत्पन्नभई क्रान्ति उदाउन पुग्दछ । क्रान्तिका लागि वातावरण उकुसमुकुस भइरहेको छ । प्रकृतिक संकट,राजनीतिक संकट एवं अनिष्ठ एकै साथ मडारिरहेको छ । यो नै जनक्रान्तिको उपयुक्त वातावरण बनिरहेको छ ।
सिमित व्यक्तिहरुमा पूँजीको संचिति एवं केन्द्रिकरणको ऐतिहासिक प्रकिया सगै पूँजी विकास हुँदैगइरहेको छ । उत्पादनबाट होइन, अनैतिक कार्यबाट केही व्यक्तिसँंग पुंजीको सचिति र विदेश पलायन भइरहेको छ । यो आर्थिक संकटको चरमरुप हो ।वैदेशिक रोजगारीका लागि बढ्दो जनलहर आर्थिक असामनता अएिको हो । संसदवादीहरु एकै चिहान हुन्छन । अकल्पनीय राजनीति दुर्घटनाको परिदृश्य देख्न पाइन्छ । अब नेपाली क्रान्तिलाई नयाँ ढंगले परिभाषा गर्न र परिचालन गर्न आवश्यक छ । यस्को तयारी पनि ठीक ढंगले हुदै गइरहेको छ ।अबको राष्ट्रिय सर्वहारावादमा छर्लाङ मार्नेछ ।