घरेलु हिसां तथा बलात्कार जस्ता घटना बढ्दै गएको भन्दै पर्साका विद्यार्थीहरुलाई आत्मरक्षाका उपायहरु सिकाउने काम सुरु भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् नेपालको सहयोगमा नेपाल मार्शल आत्मरक्षा संगठनले पर्साका सामुदायीक तथा सरकारी विद्यालयका बालबालिकाहरुलाई आत्मरक्षाका उपायहरु सिकाएको हो ।
देशको विभिन्न भागमा स–सानादेखी वृद्ध सम्ममा बलात्कार हुने गरेको भन्दै आत्मरक्षा संगठनले देशभरीका विभिन्न जिल्लामा पुगी आत्मरक्षाका उपायहरु सिकाउने गरेको नेपाल कबड्डी संघ पर्साका अध्यक्ष शिव गुप्ताले बताए ।
घरेलु हिसां तथा बलात्कार जस्ता घटनाबाट जोगिन प्रयोगात्म अभ्यास गर्दै गौतम माध्यमिक विद्यालयका छात्राहरु । तस्बिर : मध्य नेपालविहिबार श्रीपुरस्थित गौतम माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ७ देखी १० कक्षा सम्मका विद्यार्थीहरुलाई आत्मरक्षाका उपायहरु प्रयोगात्मक रुपमा बताउँदै संगठनका अध्यक्ष तथा प्रशिक्षक सञ्जु महर्जनले आत्मरक्षा उपाय जानकारी पाए चेलीहरु सुरक्षित हुन सक्ने हुदाँ यस कार्यक्रमलाई देशभर सञ्चालन गरिरहेको उनले बताईन् ।
बलात्कार, दुव्र्यवहार जस्ता घटना जसलाई पनी हुन सक्ने अवस्थालाई मध्य नजर गर्दै आत्मरक्षाका उपायहरु छात्राहरुलाई सिकाऊँदा अफ्नो घरपरिवार टोल छिमेकमा पनि जानकारी गराउन सक्ने हुदाँ सुरुवाती चरण विद्यार्थीहरुबाट गरिएको अर्का प्रशिक्षक राधिका हमालले बताईन् ।
यसैगरी उक्त प्रशिक्षक टोलिले वीरगंजको नगरसभा गृहमा समेत महिला गृहणिहरुलाई प्रशिक्षित गराएका थिए ।
कार्यक्रममा सहभागिहरु । तस्बिर : मध्य नेपालकार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष निशान्त लामिछाने, नेपाल कम्यूनिष्ट पार्टिका युवा नेता प्रभाकर गुप्ता, संघिय समाजवादी फोरम नेपालका अध्यक्ष इश्वर यादव युएनईपिका सदस्य भवनाथ झा, शिक्षकहरु गणेश क्षेत्रि, रमेश शर्मा, ललित कर्ण, एलविन रेन्जर, युवा खेलाडि रवि साह लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम गौतम माध्यमिक विद्यालयका प्रबन्ध निर्देशक सोनम लामाको सभापतित्वमा समपन्न भएको थियो ।