युवा राज्यको नीति निर्माण गर्ने एक मजबुत खम्बाको रुप मानिन्छ । तर यहाँ कस्तो विडम्वना छ, राज्यले युवा प्रतिको दायित्व निर्वाह गर्न कुनै पनि कदम चाल्न सकेको छैन । देशका युवाशक्ति रोजगारका लागि खाँडी मूलुकमा जानु पर्ने वाध्यता राज्य र राजनीतिक दलहरुले बनाएका छन् । आफ्नो देशमा बसेर काम गर्ने इच्छा भए पनि रोजगारीको कुनै अवसर नपाउदाँ अर्थोपार्जन गर्न र परिवारको आर्थिकभार निर्वाह गर्न बाध्य भएका छन् । विदेशिएका युवाहरु ५० डिग्रीको तापक्रममा बसेर विदेशीको हेपाइमा काम गरि रहेका छन ।कति युवा बाकसमा प्याकिङ्ग भएर लाशमात्र नेपालमा आएको छ ।राजनीतिक दलहरुले अब पनि युवाशक्तिलाई देशभित्र रोजगारीका बैकल्पिक व्यवस्था नमिलाउने हो भने झनै देशमा विकराल स्थितीको अवस्था नआउला भन्न सकिन्न । युवाशक्तिलाई निर्वाचनमा सक्रिय सहभागिता गराउनका लागि र देशमा नै रोजगारको सृजना गर्न राज्यले गहन भूमिका निर्वाह गर्नुपर्ने टट्कारो आवश्यक्ता छ । आजको अकंमा मध्य नेपाल सन्देशको लागी मतदाता नामावलीमा युवाको संख्या बढि तर मतदान गर्नेमा कम हुनुलाई तपाइ के भन्नु हुन्छ ? भन्ने बिषयमा कमला भण्डारी र बिनिता बुढाथोकीले विभिन्न क्षेत्रमा आबद्ध ब्यतिmहरुसंग लिएको प्रतिकृया :

१) जगत साह कानुु(वडाध्यक्ष)
वीरगंज म.न.पा.वडा नं.४
निर्वाचनको समयमा मतदान गर्ने युवाहरुको संख्यामा कम हुने प्रमुख कारण नेपालमा रोजगारीको समस्या हो । युवा वर्गहरु आयआर्जनका लागि विदेश गएका छन् । लामो समयसम्म विदेशमा नै बस्ने, निर्वाचनको समयमा चुनावका लागि मात्र नेपाल फर्कन नसकेका हुन् । देशको राजनीतिक अवस्था पनि अस्थिर छ । देशमा रोजगारीको प्रशस्त अवसर छैन् । देशभित्र काम गर्दा पनि आफ्नो घर परिवारको खर्च धान्न नसकेका छन् । विदेश गएर बढी पैसा कमाउने उद्धेश्यले युवा शक्ति विदेश पलायन भएका छन् । देशको नीति नियम बनाउने, नेतृत्व तशमा पुग्ने जनप्रतिनिधीहरु चयन तर्फ गर्ने युवाहरुको ध्यान आकर्षण नभएर निर्वाचनमा सहभागिता नभएका हुन् ।
२) अमर गौतम (सहायक प्रबन्धक)
प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि.वीरगंज पर्सा
निर्वाचनको समयमा युवा शक्ति नेपालमा कम छन् । युवाहरु रोजगारका लागि विदेश गएका छन् । विदेशमा गएका युवालाई १ सय प्रतिशत मान्दा अहिले पनि ४० प्रतिशत युवाहरु विदेशमा नै छन् । सरकार र दलहरुले नेपालमा नै रोजगारीको सृजना गरे युवाशक्तिहरु विदेश पलायन हुने थिएनन् । देशमा दलिय राजनीतिलाई दलको नेताहरुले पारिवारीक संरचनाको रुपमा परिवर्तन गरेका छन् । मुलूकले विकास र निकास पाउनुपर्नेमा नपाएको अवस्था छ । राजनीतिक दलका नेताहरुको व्यवहारले युवाहरुमा आएको निर्वाचन प्रतिको निराशपन हो । अब युवाहरु निर्वाचन प्रति सक्रिय भैसकेका छन् । अब आम युवा तथा समुदायले परिवर्तनका बाहकलाई मतदान गर्नुपर्ने सचेतना आएको छ । देशको विकास र आर्थिक प्रगतिका लागि हरेक युवाले सोच्नु पर्ने अवस्था आएको छ । यस पटकको निर्वाचनबाट केही परिवर्तन हुने आशामा छौं ।
३.मौसम गुबाजु
ग्रेड किट्स (शिक्षिक)
ग्रेड एकाडेमी प्रा.लि, आदर्शनगर
रोजगारीका लागि कतिपय युवाहरु विदेश गएका छन् । देशभित्र काम गर्ने कर्मचारी र गाउँबाट सहरमा आएर रोजगारका लागि व्यवसाय गरेर बसोवास गरेका छन् । सरकारले निर्वाचनको १ दिन मात्र विदा दिने गरेको छ । १ दिनमा आफ्नो मतदाता नामावली भएको स्थानमा गएर मतदान गरेर फर्कन नसकिने भएकाले युवा मतदाताहरुको मतदानमा उपस्थिती नभएको हो । टाढा घर भएकाहरु मतदान गर्न जादाँ यातायात खर्च पनि बढी लाग्ने,आफुले सोचे जस्तो विकास निर्माणका काम निर्वाचित नजप्रतिनिधीहरुले नगरे पछि युवाहरुमा चुनाव प्रति नकरात्मक सोच आएको छ । युवा निर्वाचनको समयमा मतदान गर्न सहभागी नहुनु राजनीतिक अस्थिरता प्रमुख हो ।
४. छोटेलाल प्रसाद ( जिल्ला अध्यक्ष )
टेड्र युनियन काँगे्रस पर्सा
युवाहरुको निर्वाचन आयोगको नामावलीमा संख्या धेरै हुनु र निर्वाचनको समयमा युवा मतदाताका मतदान कम हुनु राजनीतिक प्रतिको वितृष्णा हो । युवाहरुलाई कुनै पनि राजनीतिक दलहरुले उम्मेद्वारीमा र युवाको नेतृत्वमा अगाडी बढ्ने अवसर दिएन् । देशमा युवावर्गको लागि राज्यले पनि सोचेन, प्राय भोटलिस्टमा नाम भएकाहरु रोजगारका लागि विदेश पलायन भएका छन् । घर परिवार र आफ्नो जीवन निर्वाहका लागि विदेशमा बसेका छन् । यदी राज्यले देश भित्र नै रोजगारीका अवसर प्रदान गर्ने हो भने युवाशक्तिहरु देशमा नै रहन्थे । हरेक निर्वाचनमा मतदानमा सहभागी जनाउने थिए । युवाहरु मतदान प्रक्रियामा भाग नलिनु अर्को कारण अशिक्षा पनि हो । जो युवा आफ्नो मतको महत्व बुझदैन् । मत दिदाँ पनि राजनीतिक नेताहरुले सही सदुपयोग गरेको छैन् । त्यसैले युवामा निर्वाचन प्रति चासो नरहेका पनि हो । मधेशका महिलाहरु समाजिक परिवेशमा बाधिएका छन् । मतदान गर्न जादाँ धेरै समय लाइनमा बस्नुपर्ने, धेरै मानिसको समुहमा बस्न नरुचाउने भएकोले उनीहरुलाई निर्वाचन प्रति कुनै चासो हुदैन् । अभिभावको आदेश पालना गर्ने र मतदान स्थलमा मतदान गर्न नजाने प्रवृति पनि छ । सबै राजनीतिक दलहरुले युवालाई वञ्चित गरेको छ । पार्टीमा युवालाई नेतृत्व गर्न नदिने, सधै पाका नेताहरुले नै पार्टीको नेतृत्व गर्ने भएर युवामा निर्वाचन प्रति उदासिन्ता बढेको हो ।
५. हरेन्द्र महत्तो (जिल्ला सचिव)
नेपाल ट्रेड युनियन काँग्रेस पर्सा
वीरगंज म.न.पा.२८
युवा तथा महिलाहरुको मतदानमा कम हुनु निर्वाचन प्रति ज्ञान नभएर पनि हो । निर्वाचन आयोगले मतदाता शिक्षा पनि समयमा नगराउने पनि प्रमुख समस्या हो । अधिकांश युवाहरु बेरोजगार छन् । रोजगारका सिलसिलामा देश तथा विदेशका विभिन्न ठाँउमा गएर काम गरेका छन् । नेपाल सरकारले निर्वाचनमा १ दिन मात्र विदा दिन्छ । पर्सा जिल्लाको मानिस विराटनगरमा काम गर्छ भने आएर १ दिनमा मतदान गरेर फर्कन सक्दैनन् । आफ्नो स्थानिय क्षेत्रमा नै काम गर्न पाए भने १ दिनमा नै आएर मतदान गरेर फर्कन सक्छन् । ग्रमीण भेगका बेरोजेगार युवाहरु वीरगंजमा नै आएर कामको खोजीमा बसेका हुन्छन् । तर काम नपाएर बेलुका फर्कदा खाली हात फर्कनु पर्दा राज्य प्रति मनस्थिती नकारात्मक हुन्छ । निर्वाचन आए पनि ती युवाहरुमा मतदान पछि के फाइदा, के को लागि दिने भन्ने चुनाव प्रति मनमा वितृष्णा पैदा हुन्छ । र मतदानमा युवाहरु कम सक्रियता जनाउछन् । राजनीतिक दलका जनप्रतिनिधीहरुले पनि निर्वाचनका समयमा विभिन्न किसिमका झुटो आश्वासनहरु बाडेका हुन्छन् । जनप्रतिनिधीले दिएको आश्वासन पुरा नगर्दा अर्को पटक देखि चुनावमा किन भोट हाल्न जाने, तातो घाममा लाइनमा बसेर किन पसिना बगाउने भन्ने विचार मनमा आएर निर्वाचनमा मतदान गर्न सहभागी नभएका हुन् ।
६. देवेन्द्र सिंह ( वरिष्ट अधिवक्ता )
वीरगंज, पर्सा
निर्वाचनको समयमा मतदानमा सहभागी नहुनुमा युवाहरु रोजगारको सिलसिलामा विदेश पलायन हुनु हो । केही युवाहरु छिमेकी मुलूक भारतमा नै परिवारका साथ रोजगारका लागि बसोबास गर्ने गरेका छन् । केही युवाहरु आफ्नो देश भित्र नै विभिन्न ठाँउमा गएर काम गर्ने गरेका छन् । निर्वाचनको समयमा आफ्नो क्षेत्रमा नभएकोले मतदान नगर्ने र युवा मतदाताको संख्या कम हुने भएको हो । मतदाता देशका नागरिक हुन् । नागरिकहरुले भोट दिने अधिकार हो । देशको सचेत नागरिकको हैसियतले निर्वाचनको समयमा आफ्नो अधिकारको प्रयोग गर्नु हामी सबैको कर्तव्य हो । आफ्नो क्षेत्रमा आएर आफ्नो अमूल्य मत दिनुपर्छ । युवा मतदाता देशको शक्ति हो । गरिबीका कारण युवाहरु छिमेकी मुलूक भारत लगायत अन्य मुलूकहरुमा रोजगारीका लागि जानु नै निर्वाचनमा युवा मतदाताहरुको मत कम हुनु हो । निर्वाचनमा सहभागी हुन तेस्रो मुलूकमा बसेका नेपाली नागरिकहरु पनि हाल आएर निर्वाचनमा सहभागी हुन माग गरिरहेका छन् । नेपालमा रहेको युवाहरु झनै सक्रिय भएर मतदानमा सहभागिता हुन आवश्यक छ ।
७. सतेन्द्र शुक्ला ( स्थानीय )
वीरगंज २० पर्सा
युवाहरु निर्वाचनको प्रचार प्रसार गर्ने क्रममा धेरै देखिएका छन् । युवाहरु विदेशमा पलायन भएका छन् । बैदेशिक रोजगामा गएका युवाहरु विदेशमा जादाँ पनि कम तलबमा जाने विदेश जादाँ लागेको खर्च पनि ३ वर्ष विदेशमा बस्दा पनि सावाँ व्याज तिर्न मात्र पुग्छ । केही पैसा पनि बचाउन नसक्ने र आफ्नो देशमा काम गर्ने इच्छा भएर पनि काम नपाउने , वर्षौ वषसम्म विदेशमा नै बस्न बाध्य हनु परेको छ । सरकार र राजनीतिक दलले गम्भिर भएर सोच्ने बेला आएको छ । कृषिमा आधुनिक प्रविधीको विकास, उद्योगहरुको बढी भन्दा बढी व्यवस्थापन गरेर बेरोजार युवालाई रोजगारी दिए युवाशक्ति देशमा नै रहने निर्वाचनमा मतदान गर्नेको संख्यामा पनि वृद्धि हुन्छ ।