‘टेडेक्स अर्थात विश्वव्यापी रुपमा आयोजना हुने कार्यक्रम’ अमेरिकाको सेन्डियागोबाट १९८४ मा सुरु गरिएको टेड कार्यक्रम हो । अहिले यो विश्वको प्राय जसो हरेक देशमा आयोजना हुने गर्दछ । टेड अर्थात प्रविधि, मनोरञ्जन र डिजाइन फ्रेममा सुरु गरिएको टेडेक्स विस्तार हुँदै सामान्य हातपुछ्ने (नेपकिन) पेपरलाई कसरी प्रयोग गरेर पृथ्वी बचाउन सकिन्छ भन्ने बारेमा समेत टेड टक हुन थालेको छ । यसवर्ष आयोजना हुन लागेको टेडेक्सका लागी कर्णाली जस्तो विकट ठाउँमा वार्लेश टेक्नोलोजी सेवा प्रवेस गराएका सामाजिक व्यवसायी महाविर पुन, सामाजिक चिन्तक सिके लाल, बैज्ञानिक प्रयोगशाला एटलस प्रोजेक्ट जस्तो वैज्ञानीक संस्थामा काम गरेका युवा वैज्ञानिक विक्रम उपाध्याय, पोखरिया नगरपालिकाकी उप मेयर युवा राजनितिक सल्मा खातुन र १९ बर्षकै उमेरमा तेस्रो लिङ्गीको क्षेत्रमा काम गर्न विश्वका आधा देश घुमिसकेका रुकसना कपाली रहेका छन् । उनीहरुको सफलताको कथा टेडेक्स मार्फत वीरगंजेली र अन्तराष्ट्रिय प्लेटफर्म टेडेक्सले विश्वभर भिडियो मार्फत फैलाउने काम गर्ने आयोजक मध्ये आशु सरार्फ र शैली चौधरीको छन् । उनीहरुसँग मध्य नेपालले यसकै सेरेफेरोमा केन्द्रित रहेर गरेको बिशेष कुराकानी :

१) सामान्य मानिसले बुझ्ने भाषामा टेडेक्स हो के ?
आँशु : टेडेक्स बुझ्न सर्वप्रथम टेड बुझ्न आवश्यक छ । टेड एउटा अमेरिकी गैर नाफामुलक संस्था हो । जसले हरेक वर्ष दुईपटक अमेरिका अथवा विश्वको कुनै पनि देश छानेर त्यहाँ टेड इभेन्ट आयोजना गर्ने गरेको छ । जहाँ विश्वका ख्याती प्राप्त व्यक्तिहरुलाई वक्ताका रुपमा बोलाउने काम हुन्छ । र उनीहरुले आफ्नो सफलताको कथा, आफुले गर्ने कार्य र त्यसले संसार र समाजलाई सकारात्मक ढंगले परिवर्तन गर्न कस्तो भूमिका खेलिरहेको हुन्छ भन्ने विषयमा चर्चा गर्ने गर्दछन् । टेडले ति वक्ताहरुले बोलेको कुरालाई रेकर्ड गरी यूट्युब मार्फत अपलोड गरी संसारभरी रहेका व्यक्तिहरुका लागि उपलब्ध गराउने गरेको छ ।
टेडबाट एउटा साधारण व्यक्तिले पनि धेरै कुरा सिक्ने र जान्ने मौका पाउने गरेको छ किनभने संसारमै नाम चलेका व्यक्तिहरुका कथा र वक्तव्य टेड मार्फत हामीले सुन्ने, हेर्ने र बुझ्ने मौका पाउने गरेका छौं । जसलाई प्रत्यक्ष भेट्न र कुरा गर्न सबैका लागि सम्भव हुदैन ।
टेडेक्स के हो भने टेड जस्तै साना कार्यक्रमहरु हुन् । जुन संसार भरी कुनै पनि ठाउँमा टेडबाट अनुमति लिएर आयोजना गर्न सकिन्छ । त्यसको भिडिओ बनाई टेडको यूट्युब च्यानलमा अपलोड गरिन्छ । किन भने सफलताको कथा, परिवर्तनसिल कार्य गर्ने क्षमता र समाजमा सुधार ल्याउने आइडिया कसैसंग पनि हुन सक्छ । त्यसैले टेडेक्स एउटा यस्तो प्लेटफर्म हो । जस्को संसारका विभिन्न कुनाका १ करोड भन्दा पनि बढी सब्स्क्राईबर माझं सानो स्तरमा पनि राम्रो काम गरिरहेका व्यक्तिहरुले आफ्नो कुरा पुर्याउन सक्छन् ।
२) वीरगंजमा कहिलेदेखि कुन कुन समयमा टेडेक्स आयोजना हुँदै आएको छ ?
शैली : वीरगंजमा सबैभन्दा पहिला टेडेक्स ईभेंट २०१६ ई.स. को १७ डिसेम्बर मा भएको थियो । यो नेपाल कै तेस्रो र काठमाडौं बाहिरको पहिलो टेडेक्स थियो ।
२०१७ मा तीन तहको निर्वाचनले गर्दा हामीले टेड एक्स गराउन सकेनौ । अब बिरगंजमा दोस्रो पटक भेरी टेड ए बिरगंज २२ डिसेम्बर २०१८ मा टाउन हलमा आयोजना गर्ने हाम्रो प्रयास छ । ताकि आउने हरेक वर्षमा हामीले यसलाई आयोजना गर्न सकियोस् ।
३) टेडेक्सले अन्तराष्ट्रिय जगतमा कस्तो खालको प्रभाव देखाउन सक्छ ?
आशु : टेडेक्सले अन्तराष्ट्रिय जगतमा ठूलो प्रभाव देखाउन सक्छ । यसले एउटा सानो सहरको व्यक्तिको आइडिया, सोच र कार्यलाई संसार समक्ष पु¥याउन सहयोग गर्छ । त्यस्को यूट्युब च्यानलमा अपलोड गरिएको भिडियोहरुलाई विश्वका विभिन्न विश्वविद्यालयदेखि लिएर मल्टी नेशनल कम्पनिहरुमा समेत पाठ्यक्रमका रुपमा देखाउने गरिन्छ ।
आज वीरगंजमा बसेर हामीले इटलीको एउटा सानो सहरको एक कृषकले कसरी सस्तो प्रविधि प्रयोग गरेर आफ्नो उत्पादन बढाएको छ भन्ने कुराका बारेमा बुझ्न सक्छौं । यति मात्र हैन यस्ता धेरै विषयहरु छन् जस्का बारे हामि अनिविज्ञ छौं । त्यसका बारेमा समेत हामीले बुझ्न मौका पाउने गरेका छौ । यो एउटा यस्तो माध्यम हो जहाँबाट हामि सधै केहि न केहि सिक्ने मौका पाउछौं । साथै यस्ले राम्रो कार्य गर्ने व्यक्तिहरुलाई सहयोग जुटाउन पनि मदत गर्ने गरेको छ । नेपाल कै सन्दर्भमा कुरा गर्ने हो भने, टेड स्पिकर बनेर पुष्पा वस्नेत, अनुराधा कोईराला र अन्य धेरै व्यक्तिहरुले आफ्नो परियोजनाका लागि आर्थिक सहयोग मात्र प्राप्त गरेका छैनन् । आफै जस्तो कार्य गर्ने कयौं व्यक्तिलाई प्रेरणा समेत दिएका छन् ।
४) २०१६ को टेडेक्सले वीरगंजलाई के दियो ?
शैलि : मुख्य कुरा टेडेक्स २०१६ राजधानी काठमाडौभन्दा पहिला आयोजना गरिएको कार्यक्रम हो । यसले युवा व्यवसायी, फल्क म्यूजिक, युवालाई डूगको भाईरस नभई प्रगतिको भाइरस दिन, वीरगंजलाई अन्तराष्ट्रिय जगतमा पत्रकारले पु¥याएको योगदान लगायतको बारेमा वीरगंजले मात्र हैन टेडेक्स यू–ट्यूब च्यानल मार्फत पनि करोडौँले धेरै कुराहरु सिकेका छन् । यससँगै वीरगंजको नाम समेत अन्तराष्ट्रिय जगतमा टेडेक्सले पु¥याउन सफल भएको छ ।
५) टेडेक्सले कुन क्षेत्रमा कसलाई फाइदा दिने गर्दछ ?
आशु : टेडेक्सको सबैभन्दा रमाइलो कुरा के हो भने कि यो कुनै एउटा क्षेत्रमा निहित छैन । यो यस्तो कोर्पोरट प्रोमोसन, पोलिटिकल (राजनीतिक) विभेद र पैसा कमाउने जरिया नभई हरेक क्षेत्रमा भएका व्यक्तिको आइदिया (सोच) लाई सामान्य जनतासम्म पुर्याउने र फाईदा दिने गर्दछ । मुख्य कुरा त के भने यस भित्र राजनीतिक र धार्मिक विषयमा कुनै कुरा बोल्नै मिल्दैन । विगतका वर्षहरुमा टेडेक्स वीरगंजले यहाँका युवाहरुलाई एउटा मन्च दिने प्रयास ग¥यो । यहाँ यस्तो सृजनात्मक कोन्फेरेन्स धेरै कम मात्रामा हुने गरेको छ । जस्ले गर्दा यहाँ युवा चाहेको एक्स्पोजर पाउन सकेको छैन । यस्तो कोन्फेरेन्सले हामीले न सोचेको कुराहरु पनि हुन सक्छ भन्ने विश्वास यहाँका युवाहरुमा सृजना गर्ने काम गरेको छ ।
६) अहिले २०१८ मा आयोजना हुन लागेको टेडेक्सबाट वीरगंज र यस भेगले के पाउने विश्वास लिनु भएको छ ?
शैलि : अहिले २०१८ मा हुन लागेको टेडेक्स वीरगंजले युवाहरुले धेरै कुरा लिन सक्छन् र त्यसमा सबै भन्दा ठुलो टेक्नोलोजी हो । भन्छै वीरगंजमा ५/६ महिना अगाडी मात्र वाईफाई आयो तर कर्णाली जहाँ राम्रो सडक छैन् त्यहाँ २० वर्ष अगाडी नै वाईफाई चलाईरहेको थियो । त्यो चाही कसरी भयो ? टेक्नोजोजी त्यो बेला पनि राम्रो थियोे र अहिले पनि राम्रै छ । त्यो कुरा हामीले कसरी गर्न सक्छौ ? कसरी भयो ? भन्ने कुराको बारेमा महावीरले बताउनु हुन्छ । वहाँले टेक्नोलोजीको कसरी सदुपयोग गर्नु भयो र कसरी यो कुरा सम्भव भयो भन्ने बारेमा जानकारी गराउनु हुन्छ ।
त्यसरी नै मान्छेले मान्छेसंग विवाह गर्न पाउन संविधानमा पनि लेखिएको छ । तर त्यो कुरा संविधान मै मात्र सिमित छ । हामीले अहिले पनि तेस्रोलिङ्गी समुहका दिदीहरु, भाईहरुलाई अपनाउन सकेका छैनौ । यो तेस्रोलिङ्गीको बारेमा बोलेर रुकसाना कपालीले बताउनुहुन्छ । वहाँले के के सहनु परेको छ र हामीले वहाँलाई स्वीकार गर्नको लागी के गर्नुपर्छ बारेमा पनि बताउनु हुन्छ ।
त्यसतै विक्रम उपाध्यायले नासा जस्तै युरोपमा रहेको सर्न कमपनी एटलस प्रोजेक्टमा के काम कसरी गर्नु भयो र वहाँको प्रोजेक्टले फिजिक्स, साईन्समा रुची भएका मान्छेले कसरी खोज गरी अगाडी बढ्न सक्छन भन्ने कुराको जानकारी लिन सक्छन् । त्यसतै महिला शशक्तिकरणको कुरा गर्दा पर्सा जिल्लाकै उदाहरण सल्मा खातुमलाई लिएका छौ । जुन हाम्रो स्पीकर हुनुहुनुहुन्छ र महिला शशक्तिकरणको राम्रो उदाहरण पनि हुनुहुन्छ । मुसलिम समुदायबाट विवाहित भएर पत्रकारीता गर्दै उपमेयरको पदमा निर्वाचित भएर काम गर्नु ठुलो कुरा हो । वहाँले यस बारेमा कुरा गर्नुहुन्छ ।
७) टेडेक्सको खर्चहरुको व्यवस्थापन कसरी गर्नुभएको छ ?
आशु : टेडेक्स कमाई खाने माध्यम नबनोस् भनेर नै टेडेक्सको व्यानर बाहेक कुनै संस्थाको आयोजना वा सहजिकरण त्यस्तो केही हुँदैन ।
हामीले खर्चहरुको व्यवस्थापनका लागी विभिन्न संघ संस्थाहरुको सहयोग लिएका छौँ । अझै सहयोग गर्नु हुने व्यक्ति र संस्थाहरुको खोजी पनि गरिरहेका छौँ । मुख्य कुरा हामीले सानो दरकै टिकेट राखेका छौँ । जसबाट खर्चहरु उठन सकुन र यसको परादर्शिताका लागी हामीले कार्यक्रम पछि सार्वजनिक रुपमा पत्रकार सम्मेलन गरेर वा पत्रिका मार्फत नै हामीले सबै खर्चहरु सर्वाजनिक गर्ने सोच राखेका छौँ ।