नीति नियम बनाउनु र बन्नु कृषकको किसानी कर्म जस्तै सांसदको ुखेतीु हो । उब्जाउ जमिनमा पसिना चुहाएर पौरख गरी खेती नगर्ने र सुकिला–मुकिला पहिरन लगाएर सदनमा पुगी मुखौटे खेती गर्न मात्र तम्सिने राजनीतिकर्मीको खेती भनेको नै नयाँ नीति नियम बनाउने हो ।
अनि त्यसलाई कार्यान्वयन तहमा लाने र कार्य सम्पादनमा नियाल्ने पनि हो । कार्य सम्पादनका क्रममा पनि केही कमि कमजोरी देखिए फेरि सच्याउने उनीहरुको यो काम किसानी कर्म झैं हो । यतिका लागि बर्षौं लगाएर जनताको नाममा एकोहोरो रटान गरी राजनीतिु गरेको भनी उनीहरुले भन्ने गरेका छन् । राजनीति विशुद्ध सेवाको कार्य भए पनि पछिल्लो समयमा राजनीतिमा लागेका कतिपय मानिसहरुले त्यहीं राशलिलासम्मको कार्य गर्न पाउने भएपछि पछिल्लो समयमा राजनीतिलाई ुपेशाु भन्ने जमात ह्वात्तै बढेको छ ।
तपाईको पेशा के होु ? भनी सोध्दा राजनीतिमा लागेका सामान्य नेता कार्यकर्ताले पनि विना संकोच राजनीति भनी फ्याट्टै भन्छन् । सोचेर भन्न पनि उनीहरु तत्पर छैनन् । राजनीति सेवाकै क्षेत्र बनाइनु पर्छ भनी भूईंतहबाट चर्को विरोध आए पनि यो कुरा राजनीतिको रापमा रापिएका नेपालका नेता कार्यकर्ता र सदनमा पुगेका सांसदहरुले पनि वास्ता गरेका छैनन् । त्यसैले नागरिकता विधेयक जस्तो बिषयमा पनि राजनीति घुसाए ।
संविधानले दिएको अधिकार प्रयोग गरी मुलुकको संरक्षकले सदनलाई पुनर्विचार गर्न विधेयक फिर्ता पठाएको कुरामा पनि सत्तापक्ष र प्रतिपक्षको दम्भमा उनीहरुको यो साताभरी नै रोइलो मच्चाए । देशको एउटा सांसदले मेरो भूमिका के हो ? मैले गर्नुपर्ने काम कर्तव्य र अधिकार के हो ? भन्ने सम्म पनि ज्ञान नराखी बेतुकको हुँकार ओकलिरहे । नेपाली जनताको करबाट घर चलाएका वेसरमहरुले एउटा पिंढीको त के पाँच बर्षसम्मको पनि दीर्घकालिन सोच प्रत्युत्पादन गर्न गर्न सकेका छैनन् ।
समानुपातिक र पार्टीका नाममा सदनको गरिमा बुझ्न नसक्ने व्यक्तिहरु पार्टीहरुले छिराएको रहेछ ? भन्ने पनि छताछुल्ल भयो । नागरिकता विधेयक जस्तो ुमुलुकको धमनीु का बिषयमा कोही अगुवा नेताका हनुमान, कुनै संस्थाका हनुमान या पार्टीका हनुमान जस्ता मात्र नेपाली सांसदहरुको शैलीले झल्काउनु समाज रुपान्तरणको गहन बिषयमा अनुत्तरित प्रश्नै–प्रश्न छोडेको छ । जन्मभूमि र सन्ततिका लागि नेता सांसदले आफ्नो प्राणको आहुती दिन किंचित पछि पर्दैनन् । तर यहाँ त त्यस्ता कुराहरुको प्रशंग त तमाशा जस्तो मात्र लाग्ने गरी आम देशवासी र मुलुकको हुर्मत लिने उनीहरुको शैली छचल्किनु राम्रो संकेत होइन ।
राजनीतिमा लागेकै कारण चप्पले जीवनशैलीबाट केही बर्षमा प्राडो र पजेरो जीवनशैलीमा पुगेका अवैध अर्थलाभका पर्यायहरुले मुलुक रहे राजनीति रहन्छ, आफूहरु रहन्छौं भन्ने हेक्का समेत नराखेको देख्दा सर्वसाधारण चकित भएका छन् । नागरिकता विधेयकमा भएका कमजोरी सच्याउन समेत तत्पर नहुनेहरुले लाखौं बञ्चित भएको भनी रोइलो मात्र गाए । जन्मसिद्धका सन्ततिलाई बर्षौं नागरिकता विहिन बनाउने उनीहरु वाहेक यो देशमा ठूलो को हो ? आमाबुबालाई नागरिकता दिएर सन्ततिलाई विलखबन्धमा पार्ने नाटकवाजहरु पनि राजनीतिकर्मीहरु नै हुन् ।
यसमा अरु क्षेत्रका व्यक्तिहरु दोषी छैनन् । तर एक हातमा सिन्दुर र अर्को हातमा नागरिकता बाड्न नतम्स मात्र भन्ने राष्ट्रपतिको संकेतलाई लाखौंलाई नागरिकता विहिन बनाएकाहरुकै छद्मभेषले राजनीतिको रंग पोत्न बाँकी राखेनन् । अरुको मात्र कमजोरी देख्नेहरुले समयछँदै आफ्ना कमजोरी नसच्याए भोली जनताले उनीहरुलाई राम्रो पाठ नसिकाउलान भन्न सकिन्न ।