बिहीबार सेयर बजारमा गिरावट आएको छ। नेप्से परिसूचक १०.८९ अंकले घटेर २ हजार ६३६ विन्दुमा झरेको छ। अघिल्लो दिन भने नेप्से ८.६६ अंकले बढेको थियो।
नेप्सेसँगै कारोबार रकममा पनि कमी आएको छ। बुधबार ६ अर्ब १४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बिहीबार घटेर ५ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ।
यस दिन ८६ कम्पनीको सेयर मूल्य बढ्दा १७९ कम्पनीको घटेको छ भने १४ कम्पनीको मूल्य स्थिर रहेको छ।
कारोबारमा आएका समूहगत सूचकमध्ये लगानी समूह मात्रै बढेको छ। उक्त समूहको सूचक ०.७२ प्रतिशतले बढेको हो। बाँकी सबै समूहका सूचक घटेका छन्।
बैंकिङ समूह ०.९३, विकास बैंक ०.४८, फाइनान्स ०.४१, होटल तथा पर्यटन ०.६२, जलविद्युत् ०.०९, जीवन बीमा ०.३४, उत्पादन तथा प्रशोधन ०.१८, निर्जीवन बीमा ०.४२, अन्य ०.१३ र व्यापार समूह १.५२ प्रतिशतले घटेका छन्।
यस दिन युनिक नेपाल लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ४.८८ प्रतिशतले बढेको छ। गार्डियन माइक्रोलाइफको ४ प्रतिशत, हाथवे इन्भेस्टमेन्टको ३.९८ प्रतिशत र अपोलो हाइड्रोपावरको ३.०२ प्रतिशतले मूल्य बढेको छ।
यता एभरेस्ट कलरको सेयर मूल्य सबैभन्दा धेरै ४.६० प्रतिशतले घटेको छ। सर्वोत्तम पेन्ट्स र स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३.४८ प्रतिशत तथा जनउत्थान सामुदायिक लघुवित्तको ३.४१ प्रतिशतले मूल्य घटेको छ।
कारोबार रकमका आधारमा हिमालय ऊर्जा विकास कम्पनी, पिपुल्स हाइड्रोपावर, एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक, साहस ऊर्जा, ग्लोबल आईएमई बैंक, हाथवे इन्भेस्टमेन्ट र कुमारी बैंक अगाडि रहेका छन्।