रानी जोन
घण्टाघर, वीरगन्ज तीज भनेको महिलाहरूको पर्व हो । यसलाई हामीले उत्सवको रुपमा मनाउँने गर्छौं । पहिला हामीहरूले तीजलाई एकदम महत्वको साथमा मनाउने गथ्र्यौं । सबै चेलीबेटीहरूले मिलेर ठाउँठाउँमा गएर तीजको दर खाने गथ्यौं । पहिला सबैजना मिलेर तीज पर्व मनाउने गथ्र्यौं । तर, अहिले जसको पैसा छ, त्यो होटलमा गएर नाँचगान गरेर तीज मनाइरहेको छ । जो गरीब छ, त्यो आफ्नै घरमा साधारण खाना खाएर आफ्ना चेलीबेटीहरूलाई घरमा बोलाएर रमाइलो गर्छन् । पहिलाको तीज धेरै राम्रो थियो । सबै दिदिबहिनीहरू एक ठाउँमा भएर तीज मनाउथे । दर खाने कायक्रम गर्थे । त्यति बेला पैसाको महत्व थिएन । दिदीबहिनीको महत्व थियो । अहिले आएर पैसाको महत्व छ । अहिले जसको पैसा छ, त्यो तीज मनाउने होटलमा जाने फेशन गर्ने, नाच्ने गाउने यो फेशन छ । पहिला हामी तीज कसरी मनाउने भनेर सल्लाह गथ्यौं भने अहिले तीजमा के लगाउने, के खाने, कता जाने भनेर सल्लाह भइरहेको छ । अहिले आएर तीजको धार्मिक मान्याताभन्दा पनि यो फेशन बढी भयो ।
काशी साह तुरहा (वरिष्ठ सल्लाहकार)
न्यु सुनौलो सम्झना क्लब, वीरगन्ज–७तीज पर्व भनेको महिलाहरूको लागि एकदम कठिन पर्व हो । यसमा महिलाहरूलाई रातभरि जागराम गर्नुपर्छ । उहाँहरूलाई चोखो भएर बस्नु पर्छ । हामी महिलाहरूको लागि हरेक वर्ष न्यु सुनौलो सम्झना क्लबबाट तीजको कार्यकक्रम मनाउने गर्छाैं । महिलाहरूको रातभरि
जागरमको लागि हामी यो कार्यक्रम गर्छौ । त्यसमा हामी महिलाहरूको लागि स्टलहरू लगाउँछौं । तीजका गीतहरू बजाएर उनीहरूको पर्वलाई राम्रो बनाउछौं । पहिलाभन्दा अहिले धेरै विकास भएको छ । पहिलामा पहाडतिर यो तीज पर्व राम्रोसँग मनाइन्थ्यो । अहिले आएर तराई भेगमा पनि यसको चहलपहल बढेको छ । तीज आउदा घरपरिवार तथा व्यापारी सबै खुशी हुन्छन् । तीज पर्वमा आर्थिक व्यवसाय पनि जोडिएको छ । यो पर्व मनाउन शैलीमा परिवर्तन त धेरै भएको छ, तर त्यो परिवर्तनले विकास पनि गरेको छ ।
मेनु भण्डारी
घण्टाघर, वीरगन्ज
तीज भनेको छोरीहरूले आफ्नो दुःखपीडा वा थकान मेटाउने एउटा पर्व हो । यसमा माइत गइन्छ । सबै दिदीबहिनीले मिठोमसिनो जेजस्तो हुन्छ मिलेर दर खाइन्छ । तीजभन्दा एकदिन अगाडि हामी आफ्नो माइतमा गएर मनाउने पर्व हो । तर, अहिले हाम्रो तीजको जुन टे«ण्ड चलिरहेको छ । त्यो चाहिँ मलाई अलिकता विकृतजस्तो लाग्छ । किन भने होटलहरू बुक गर्ने, हरेक संघसंस्थाले गु्रप बनाएर तीजको कार्यकक्रम राख्ने चलन चलेको छ । हामीहरूले एक महिना पहिला नै तीज पर्व मनाउँदै हिडिराखेका छौं । यो चाहिँ मलाई विकृति लाग्छ । किन भने हामीले मनाउने दर भनेको तीजको एक दिन पहिला हो । हामीले तीज मनाउनु पर्छ । तर, ठूलो होटलमा जानुको साटो खान नपाउँने दिदिबहिनीहरूलाई आफूभन्दा निम्न आर्थिक अवस्थाका दिदीबहिनीहरूलाई दिएर सहयोग गर्नुपर्छ ।
उमेशकुमार श्रेष्ठ
माइस्थान – ६, वीरगन्ज
तीज भन्ने चाहिँ पहिला पहाडि क्षेत्रका मान्छेहरू मनाउँथे । अहिले आएर तराई क्षेत्रका धेरै मान्छेहरूले सिकेबुझे र मनाउने गरेका छन् । तीजमा व्रत राख्ने भनेको लोग्ने राम्रो पाओस्, लोग्नेको राम्रो होओस्, लोग्नेको स्वास्थ्य राम्रो होओस्, लोग्नेको उमेर धेरै बढोस्, उसको प्रगति उन्नतिको लागि खास गरि यो वर्त राखिन्छ । अहिले यो पर्वलाई वर्त गरेर ढुलो प्रोग्राम गरेर नाच गान गरेर अझै प्रख्यात बनाइ रहेका छन । तीजको दिन सबैजनासँग मिलेर रमाइलो गर्ने गरिन्छ । पहिलाको व्रत गर्दाखेरि सबैको भेला गरेर भगवानको दैलोमा बसेर भजनकिर्तन गरिन्थ्यो । तर, अहिलेको तीजमा अलिकति फेशनएल भएको छ । आफ्नो लुगाहरू देखाउने, राम्रा गहनाहरू लगाएर ठूला होटलहरूमा नाँचगान गर्ने चलन चलिसकेको छ ।
सोनम चौधरी
माइस्थान –६, वीरगन्ज
तीजलाई हामी हरितालिका भनेर पनि बुझ्छौं । तीज भनेको हामी महिलाहरूको लागि ठूलो पर्व हो । यस पर्वलाई मैले घरमा रहेर पनि मनाएकी छु र बाहिर एउटा व्यापारीको रुपमा पनि रहेर मनाइरहेकी छु । हामीले वीरगन्जमा पनि तीज पर्वलाई धेरै राम्रोसँग गरेर मनाइराखेका छौं । तीजमा सबैको व्यापार पनि पहिला राम्रो जान्थ्यो । तर, अहिले रक्सौलको बजारले गर्दा वीरगन्जको बजार खत्तम भयो । तीजमा जसको पैसा छ, त्यो राम्रोसँग तीज मनाउँछ । जोसँग छैन, त्यो साधारण नै गरेर मनाउँछ । पहिला हामीले आफ्नो घरमा तीज मनाउँदा एकदम धार्मिकताको साथमा मनाउने गरिन्थ्यो । अहिले महिलाको हुल बनाएर नाँचगान गरिराखेका छौं । यो विवाहित महिलाहरूले मनाउँछन् । यो व्रत अविवाहित महिला तथा पुरुषहरूको लागि पनि उत्तिकै श्रेष्ठ मानिएको छ । तीजमा भगवान शिव, मता गौरी एवम् गणेशजीको पूजा आराधनाको महत्व रहेको छ ।
रन्जु हाडा
पानीटंकी–८, वीरगन्ज
पहिला र अहिलको तीज पर्वमा धेरै फरक पाएको छु । पहिला हामीले देखेका थियौं कि, टोल छिमेकमा चेलिबेटीहरू आएर रमाइलो गर्ने चलन थियो । अब आफ्नै तालमा माइती पनि जान छोडेका छन् । अहिले माइतीघरलाई बिर्साइदिएका छन् । समाजलाई बिर्सिसकेका छौं । तीजको कार्यक्रम होटलमा पनि गर्न ठीक छ । हामीले तीज पर्वको गीत बजाउनु पर्छ । तर, अहिले आएर भोजपुरी गीतहरू बजाउन शुरू भएको छ । अहिलेको तीज आएर धेरै खर्चिलो पनि बनिसकेको छ । पहिला तीज पर्व आउँदा खुशी लाग्थ्यो भने अहिले तीज आएमा मान्छेहरूलाई टेन्सन हुन थाल्छ । अहिले सबैको सोच बनीसकेको छ कि, नयाँ कपडा लगाउनैप¥यो, नयाँ गहना देखाउनैप¥यो । तीज पर्व मनाउने कम र देखाउने धेरै भएको छ । पहिलाभन्दा अहिले धेरै फरक भएको छ । मान्छेहरू रीतिरिवाजलाई छोडेर उछृङ्खलतापट्टि बढी लागेको छ । पहिलाको हरेक थोक राम्रो थियो । आमाकहाँ जाने, रमाइलो गर्ने सबैसँग भेटघाट गर्ने । पहिला आमाहरूले आफ्नो छोरीहरूको बाटो हेरेर बस्थे । मेरो छोरी आउँछे, म उसलाई राम्रो खाने कुरा पकाएर खुवाउँछु । अब अब आफैं होटलमा जाने, खानेपिउने रमाउने । यो एउटा व्यस्तताले गर्दा पनि हो । पहिलाभन्दा धेरै कुरा फरक छ ।
रितिका सर्राफ
माइस्थान–६, वीरगन्ज
हरितालिकाको प्रसिद्ध नाम तीज हो । हाम्रो सनातन संस्कृतिमा हरितालिका तीजको ठूलो महत्व रहेको छ । यो तीज भाद्र महिना शुक्लपक्षको तृतीयाको दिन मनाइन्छ । यो पर्व विवाहित महिलाले गर्ने हो । तर, यसको वर्त चाहिँ अविवाहित महिला र पुरुषले पनि गर्न सक्छन् । यो विशेषगरी नारीहरूले मनाउने पर्व हो । तीजमा निराहार व्रत बसी पार्वतीसहित भगवान शिवको पूजा आराधना गर्ने प्रचलन छ । तर अहिले आएर मान्छेहरूले आफैं विभिन्न नियमहरू चलाएका छन् । यसैगरी तीज मनाइरहेका छन् ।
भावना उप्रेति
भिस्वा – १५, वीगरन्ज
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्धितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथै नाँचगान मनोरञ्जनसमेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरूद्वारा स्वतन्त्र र आनन्दमय रुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्यरुपले नेपालभरि मनाइन्छ भने भारतका कुनैकुनै क्षेत्रमा पनि मनाइन्छ । हिमालय पुत्री पार्वतीले भगवान शिवलाई पतिको रुपमा प्राप्तिको लागि पहिलो वर्त राखेकी थिइन् । त्यो दिन हरितालिका तीजको दिन थियो । त्यसै दिनदेखि आजसम्म हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएका छन् भन्ने विश्वास गरिन्छ ।