पर्साको ग्रामीण भेगका विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था भएपछि हाल किशोरीहरुलाई सहज भएको बताएका छन् । विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था नहुँदा महिनावारीका बेला पढाइमा असर पर्ने गरेको थियो । तर सेनेटरी प्याड विद्यालयमा नै व्यवस्था भएपछि विचमै विद्यालय छाड्ने बाध्यता हटेको उनीहरुले बताए् ।
पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयहरुमा सेनेटरी प्याडको व्यवस्था नहुदा महिनावारीका बेला किशोरीहरु चार पाँच दिन सम्म विद्यालय नै नगइ घरमा बस्न बाध्य हुने गरेको विद्यालयका शिक्षक शिक्षिकाको भनाइ छ । तर पर्सा जिल्लाको ग्रामीण भेगमा रहेका आधारभुत र मावि तहका सामुदायिक विद्यालयहरुमा निशुल्क रुपमा सेनेटरी प्याडको व्यवस्था भएपछि कक्षा संचालन भईरहेकै बेला विचमै अचानक घर जानुपर्ने बाध्यता हटेको पर्साको ग्रामीण भेगका विभिन्न विद्यालयका किशोरीहरु बताउँछन् ।
विद्यालयमा पहिले पहिले आर्थिक श्रोत जुटाएर प्याड खरीद गरी व्यवस्थापन गर्नुपर्ने अवस्था रहे पनि हाल निशुल्क रुपमा रोजबानी सिर्जनशील संस्था लगायत स्थानीय तह तथा विद्यालयबाटै पर्याप्त सेनेटरी प्याडको व्यवस्था हुन थालेपछि छात्राहरु मात्रै अध्ययनरत विद्यालयमा सहज भएको पर्सा विरन्चीवर्वामा रहेको दिव्य कन्या मा वि.मा अध्ययनरत आर्या तिवारीले बताईन् ।
कक्षा संचालन भइरहेको बेला महिनावारी भएकै कारण विचमै पढाई छोडी घर जानु पर्ने बाध्यताले किशोरीहरुको पढाई समेत प्रभावित हुने गरेको थियो । अहिले काठमाण्डौका एक दाताले भने आफ्नै व्यतिmगत खर्चमा सेनेटरी प्याड वितरण गरेपछि हाल छात्राहरुको उपस्थिति कक्षा संचालनको अन्तिम सम्म हुने गरेको छ । छात्राहरुको पठनपाठनमा असर नपर्ने विद्यालयका प्राध्यानाध्यापक रामयतन प्रसादले बताए । विभिन्न भोजभतेर तथा अनावश्यक रुपमा गरीने खर्चलाई व्यवस्थित गरी आर्थिक रुपले विपन्न समुदायलाई सहयोग गर्ने उद्देश्यले उतm दाताको पुरै परिवारका सदस्य नै लागि परेको दाता माधव प्रसाद भण्डारीले बताए ।
छोरीको सहयोगी भावनालाई अभियानको रुपमै अगाडी बढाउँदै आर्थिक रुपले विपन्न किशोरीहरु अध्ययनरत ग्रामीण भेगका सामुदायिक विद्यालयलाई लक्षित गरी देशभरी नै निशुल्क रुपमा सेनेटरी प्याड वितरण गर्दै आएको रोज बहिनी सिर्जनशीलका भण्डारीको तर्क छ । त्यस्तै स्थानीय तहका जनप्रतीनीधीहरुले पनि हाल सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुको लागि सेनेटरी प्याडको व्यवस्थापन तर्फ ध्यान दिन थालेको छात्राहरु बताउँछन् ।
ग्रामीण भेगमा आर्थिक रुपले विपन्न समुदायका किशोरी र युवतीहरुले रजश्वला भएका बेला घरमा रहेका पुरानो , फोहर कपडाको टालो प्रयोग गर्दा प्रजनन् अङगमा संक्रमण हुन गइ अनेका खालाका रोग लाग्ने उच्च जोखीम पनि हुने भएकोले किशोरीहरुलाइ निशुल्क रुपमा प्याड दिएर महिनावारीका बेला प्याड नै प्रयोग गर्नु पर्छ भन्ने बानी पनि बसाल्ने उद्देश्यले समेत यो अभियान चलाएको सहयोगी दाताको भनाई छ ।