गौर नगरपालिका वडा नं.–२, रौतहट घर भएका डा. विकाश कुमार पटेल दाँत तथा मुख रोग विशेषज्ञ हुन् । उनले गौरको श्रीजुद्ध माध्यमिक विद्यालयबाट एस.एल.सी. गरेका छन् । प्लस टु भारतबाट, त्रिभुवन विश्वविद्यालय अन्तर्गत एम. बि केडिया डेन्टल कलेज वीरगंजबाट बि.डी.एस. अध्ययन गरिसकेका छन् । विगत ४ वर्षदेखि शान्ति पोली क्लिनिक, वीरगंजमा कार्यरत रही दाँत तथा मुख रोग विशेषज्ञका रुपमा सेवा प्रदान गर्दै आएका उनै दन्त रोग विशेषज्ञ डा. विकाश कुमार पटेलसंग दाँत रोगका बारेमा गरिएको कुराकानी ः
१) दाँत, गिजा र मुखमा कस्ता समस्या बढि देखिन्छ ?
दाँत, गिजा र मुखभित्रका सबै भागहरु एकअर्कामा सम्बन्धित विषय हो । सबैभन्दा बढी समस्या भनेको बच्चादेखि लिएर वयस्क, वृद्धावस्थामा दाँतमा किरा लाग्ने समस्या देखिन्छ । मानिसहरुले बोलीचालीको भाषामा दाँत किरा लागेको भन्ने गर्दछन् । तर मुख भित्र भएका दाँत र दाँतलाई सहयोग गर्ने सबै भागहरु पर्दछन् । दाँतमा देखिने समस्या भनेको दाँतमा किरा लाग्नु हो । दाँत र गिजामा देखिने समस्या सबैभन्दा बढी पाइन्छ ।
२) दाँत, गिजामा समस्या आउने कारण के हुन् ?
हामीले खाएको खाना दाँतमा अड्किएर बसेको हुनाले दाँतमा समस्या देखिन्छ । जु्न मानिसले राम्रोसंग दाँत ब्रस गर्दैन । जसको दाँतका खानाहरु अड्किरहन्छ । अड्किएको खाना धेरै समयसम्म दाँतमा रहने मानिसको दाँतमा किरा लाग्ने समस्या हुन्छ । गिजामा समस्या आउने कारण दाँतमा फोहोर बसेर हुने गर्दछ । केही औषधीहरुको असरले गर्दा पनि गिजामा समस्या आउन सक्छ ।
३) दाँत र गिजामा आउने समस्याबाट बच्न कस्ता सावधानी अपनाउनु पर्छ ?
हामीले आफ्नो मुखलाई स्वस्थ्य राख्नु पर्छ । दाँत स्वस्थ्य राख्न सबैले दाँत माँझ्न जरुरी छ । सानो बच्चाहरुले ब्रस गर्न सक्दैनन् । पहिलो दाँत जबदेखि निस्कन्छ । त्यो समयदेखि नै ब्रस गराउनु पर्छ । ब्रस गरेर मात्र हुदैन । ब्रस कसरी गर्ने ? कुन बेला गर्ने ? के ले गर्ने ? भन्ने कुरामा फरक पर्छ । ब्रस गर्न सबैले नै गरेको छु भन्छन् । तर ब्रस गर्दा कति समयसम्म गरिन्छ । कुन बेला गर्ने समय तालिका हुनु पर्छ । अनिमात्र दाँतलाई जोगाउन सकिन्छ । हामीले ब्रस दिनको २ पटक गर्नुपर्छ । बिहानको नास्ता पछि र बेलुका खाना खाएपछि ब्रस गर्नुपर्छ । ब्रस गर्ने समय भनेको एक मिनट मात्र हो । त्यो भन्दा धेरै रगड्नु हुदैन । ब्रस गर्दा सर्कुलर मोसनमा गोलो गोलो घुमाएर ब्रस गर्ने, फ्लोराइड युक्त मञ्जनको प्रयोग गर्दा दाँत बचाउन सकिन्छ । दाँत बचाउन अरु पनि तरिका छन् । डेन्टर फ्लस (धागो) ले दुई दाँतको बीचमा अड्किएको खानाहरु निकाल्न प्रयोग गरिन्छ । यो धागोले पनि दिनको दुई पटक बिहान र बेलुका निकाल्नु पर्छ । जहाँ ब्रस पुग्न सक्दैन, त्यो ठाउँमा धागोको प्रयोग गरेर सफा गर्न सकिन्छ । मुख कुल्ला गर्न एन्टिब्याक्टेरियल औषधी हुन्छ । त्यो औषधीले बिहान र बेलुका खाना खाएपछि दिनको दुई पटक मुख कुल्ला गर्नुपर्छ । गुलियो खानेकुराहरु खाएपछि सफा पानीले मुख कुल्ला गर्नुपर्छ ।
४) मुखको सरसफाई गर्दा पनि कहिलेकाहीं समस्या देखा पर्छ नि ?
हामीले दाँतको सरसफाई गरेर मात्र हुदैन । हामीले हरेक ६÷६ महिनामा दन्त चिकित्सकसँग दाँतको जाँच गर्नुपर्छ । हामीले जसरी दाँत सफा गर्छौं । त्यो सफाइले पूर्णरुपमा सफा हुदैन । चिकित्सककोमा गएर दाँतको स्किलिङ्ग गर्नुपर्छ । दाँतको स्किलिङ्ग वर्षको दुई पटक ६÷६ महिनामा गराउँदा किरा लाग्ने समस्याबाट पनि दाँतलाई बचाउन सकिन्छ । गिजाको समस्याबाट पनि समाधान पाउन सकिन्छ ।
५) धेरै तातो, चिसो खानेकुराले दाँतको चमक जान्छ भनिन्छ नि ?
तातो, चिसो खाएर दाँतको चमक जाने होइन । ब्रस गर्ने तरीका नमिलेर दाँतको चमक जान्छ । दाँतको बाहिरी भाग सेतो हुन्छ । सेतो भित्रको दोस्रो तह पहेलो हुन्छ । दाँत माँझ्दा माथिको भाग खियाएर गयो भने दोस्रो पहेलो तह देखिन्छ । स्वस्थ्य खाना खानुपर्छ । सन्तुलित पौष्टिक खाना खानुपर्छ । गुलियो खानेकुरा कम खानुपर्छ । चुरोट, गुट्खा, सुर्तीजन्य पदार्थहरु खानु हुदैन । गुलियो खानेकुरा खानु पर्दा खाना खाएपछि खाने फेरि खाना खाएमा दाँत किरा लाग्नबाट बचाउँछ ।
६) दाँतमा समस्या आएमा कस्तो चिकित्सकसंग देखाउनु पर्छ ?
अहिले वीरगंजमा दाँत सम्बन्धी जाँच गर्ने क्लिनिकहरु धेरै खुलेका छन् । त्यसमा आफुले नै राम्रो क्लिनिक छनौट गरेर जाँच गर्नुपर्छ । आफुले जाँच गर्न क्लिनिकमा डाक्टर बसेको छ छैन । डाक्टर हो वा होइन । डाक्टर हुन नेपाल सरकारले नीति बनाएको छ । जो नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको हुन्छ । त्यसलाई मात्र डाक्टर भन्न मिल्छ । जाँच गर्न जाने व्यक्ति नै सचेत हुनुपर्छ । हामी जाँच गर्न जाने क्लिनिकमा डाक्टरको एन.एम.सी नम्बर छ कि छैन । नेपाल मेडिकल काउन्सिलको एन.एम.सी नम्बर दर्ता भएको छ । भने ढुक्क भएर जाँच गराउनु राम्रो हुन्छ ।
७) दाँतको उपचार कत्तिको महङ्गो छ ?
दाँतको उपचार जनताले उपचार गर्न सक्ने नै छ । त्यसकोलागि हामी स्वयम नै सचेत हुनुपर्छ । हामीले हरेक ६÷६ महिनामा दाँतको जाँच गराएर साना–साना समस्याहरु निरुपण गर्नु पर्छ । ती समस्याहरुमा कम खर्च लाग्छ । साना–साना रोगहरु बढ्दै गएमा दाँतको खर्च बढी लाग्छ । समयमा जाँच नगर्दा समस्याहरु जटिल बन्दै जान्छ । दाँतको किरा लागेको कुरा गर्दा पनि भरेर मिल्ने दाँतलाई छिटो उपचार नगरी दाँत दुखेर, सुन्निएर आउँदा त्यसको खर्च धेरै लाग्छ ।
८) चिकित्सकको तर्फबाट सर्वसाधारणलाई थप के सुझाव दिनु हुन्छ ?
दाँत र मुखको स्वास्थ्यलाई शरीरको अभिन्न अंग मान्नुपर्छ । ६÷६ महिनामा दाँत र मुखको जाँच गर्नुहोस् । समयमा नै दन्त चिकित्सककोमा गई दाँतको जाँच गराई समयमा नै उपचार गराउनु पर्छ । दाँत धेरै बिग्रिएर गएपछि ठूलो समस्या आउनुको साथै खर्च पनि धेरै लाग्छ । सकभर आफ्नो दाँतलाई जसरी पनि जोगाउनुस् । दाँत भएमात्र शरीर बलियो हुन्छ । शरीर स्वस्थ्य रहन्छ । मुख भनेको शरीरको गेट नै हो । मुखबाट खाएको खाना नै शरीरको भित्र जाने हो । दाँत नै भएन भने खाना चपाएर खानमा पनि समस्या हुन्छ । दाँत नभए अनुहार नै कुरुप बनाउँछ । गुट्खा, पान, सुपाडी चुरोट, सुर्तीजन्य पदार्थ खानु मुखको लागि साह्रै हानिकारक हुन्छ । यो सेवन गर्ने बानी अविलम्ब छोड्नु पर्छ ।
भिडियोहरु
यसरी गर्नुहोस् केरा खेती र कमाउनुहोस् लाखौँ रुपैयाँ
नेपालमा आधुनिक मसुरो खेती प्रयास, सम्भावना
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
तराईमा बाल विवाह
तराईमा बोक्सी प्रथा
बृहतर वीरगंज परिकल्पना