बुवा जागो यादव र आमा मन्टुटिया देवी यादवको कोखबाट २०२६ .सालमा धनुषाको सपही गाविस वडा नं. ८ हाल लक्ष्मीनिया गाउँपालिका वडा नं. ४ सपहीमा जन्मेका रामचन्द्र यादव २०४२ सालमा एस. एल. सी. पास गरि कृषि तथा पशुविज्ञान अध्ययन संस्थान रामपुर चितवनमा एम. एस. सी एग्रीकलचर अध्ययन पुरा गरी ताईवानको नेशनल पिन्टन युनिभर्सिटी अफ ताईवान (NPUST) बाट पी. एच. डी. सम्मको अध्ययन गरेका छन् । उनी विगत लामो समय देखि दैलेख, सुनसरी, सिरहा, धुनषा लगायतका जिल्लामा काम गर्दै यही असोज १८ गतेदेखि पर्साको जिल्ला कृषि कार्यालय हालको कृषि ज्ञान केन्द्रमा कार्यरत कार्यलय प्रमुखका रुपमा काम गर्दै आएका छन् । यादवले वीरगंज, पोखरीया, महुवन, सेढवा र विरुवागुी गरि पाँच केन्द्र (ठाउँ) बाट कृषकहरुलाई ४० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गरिरहेका छन् । शिक्षा दिवसको अवसरमा २०७१ सालमा राष्ट्रपतिबाट ‘क’ वर्गको विध्याभुषण पदक पुरस्कार समेत पाएको प्रमुख यादवसंग हाल तराईको अन्नबालीको अवस्था र सम्भावित उपायहरुको बारेमा गरिएको समसामयिक कुराकानी :-
१) हाल तराईको अन्नबालीको औषत उत्पादन कस्तो पाउँनु भएको छ ?
अहिले खास गरि धान उत्पादनको समय छ । पर्सा जिल्लाको उत्पादन पाँच दशमलव पाँच मैट्रिक टन प्रति हेक्टरको दरले मुल्य आउने अनुमान गरेका छौ ।
२) तराईमा कस्तो किसिमको खेती गर्दा किफायती हुन्छ ? यसको बजार व्यवस्थापन कस्तो छ ?
तराईमा खाद्यय बस्तुको उत्पादन मुख्य हुने भएकाले खाद्यय संकट र सुरक्षालाई पनि स्वीकार्नु पर्छ । खाद्यय उत्पादन बढाउनको लागी धान, गँहु, मसुरो यी खाद्यान्न बाली जुन हाम्रो जमीनसंग सुहाउँदो हावापानी छ त्यही अनुसारकोे खेती गर्नु पर्छ । यसैै गरी बढी आम्दनीको लागी अक्सिजन तरकारी खेती गरेर बढी उत्पादन गर्न सक्छौ । त्यस्तै तराईमा सिरहा, सप्तरी जिल्लातिर आँपको खेती गर्ने ठाँउ राम्रो भएकाले राम्रो उत्पादन गर्न सकिन्छ ।
त्यसैगरी २ नं. प्रदेशको आठै जिल्लामा पोखरी निर्माण गर्न सकिने हुँदा माछा पालन गरेर पनि धेरै आम्दनी गर्न सक्ने अवस्था छ । हामी कहाँ नदीहरु, कमलाको ७/८ सय जति बगरहरु हुने भएकाले तर्बुजा र काक्रोको खेती गरेर बढी उत्पादन गरी राम्रो आम्दनी गर्न सकिन्छ । अहिले हाम्रो आन्तरीक उत्पादन नै पर्याप्त छैन ।
अहिले पनि तरकारी भारत लगायत अन्य जिल्लाहरुबाट आईरहेको छ । २ नं. प्रदेशकै बढी उत्पादन भएर निकासी नहुने अवस्था छ । आन्तरिक खपत बढि हुने भएकाले हाम्रो उत्पादनले पुगिरहेको छैन ।
३) नयाँ आधुनिक खेतीको लागी विभिन्न प्रविधि भित्रिएको छ, कस्तो किसिमको प्राविधी प्रयोग गर्दा कृषकहरुले कम लगानी मै बढी उत्पादन गर्न सक्छन ?
अहिलेको समयमा कृषकहरुलाई काम गर्न मजदुर (लेबर) पाईरहेको छैन । ज्यामी नपाएको कारण कतिको खेत नै खाली रहेको अवस्था छ । त्यसकारण सरकारले पनि पावर टिलर, थ्रेसरहरु, रिपरहरु, द राईस प्लान्टरहरु जस्ता विभिन्न टेक्निकल उपकरण कृषि आन्तरिकरणमा ५० प्रतिशत अनुदानमा दिईरहेको छ । त्यो चाही पर्याप्त छैन । त्यसकारण त्यो यान्त्रिकरणमा हामीले जोड दिनु पर्ने अवस्था छ । मजदुर (लेबर) महंगो र समयमा नपाएकोले यन्त्रबाट नै काम गर्न सस्तोमा हुन्छ ।
४) अहिले उत्पादन हुने प्रायः अन्नबाली विषदीयुक्त हुने भएकाले यसले स्वास्थ्यमा कतिको असर पार्दछ ?
विषादीको प्रयाग भईरहेकै छ । तर यो नेपालमा मात्र नभई सबै मुलुकमा नै यसको प्रयोग हुन्छ । हामी कहाँ करिब १२०/१४२ ए.आई.पी पर हेक्टर छ, जुन अन्तर्राष्ट्रिय मापदण्ड अनुसार एकदमै न्युन छ । तद्यापी विषादी भनेको विषादी नै हो । सकेसम्म यसको न्युन प्रयोग गरेर बढि भन्दा बढि उत्पादन गर्नुपर्छ जस्का लागी प्राङ्गगारीक मल विषादीहरु, अर्गानिक फारमिङ्गतिर पनि जाुन पर्ने अवस्था छ । किन भने अहिलेको तरकारी खाएर धेरै मानिसहरुको स्वास्थयमा पनि असर परेको छ । तर वास्तवमा विषादीयुक्त तरकारी खाएरै कि अन्य कुनै कारण भन्ने कुराको जाँच हुन अहिले बाँकी छ । त्यसपछि भन्सारबाट आउने तरकारीहरुमा पनि विषादीको मात्रा चेकजाँच गरी आयात निर्यात हुने व्यवस्था पनि हुनुपर्छ ।
५) विषादी युक्त तरकारी सेवन गर्नको लागी कसरी प्रयोग गर्ने सकिन्छ ? यसको घरेलु उपायको बारेमा पनि बताईदिनुस न ?
विभिन्न विषादीलाई पर्खिने एउटा समय हुन्छ । विषादी प्रयोग गरिएको तरकारी कति दिनसम्म पर्खेर खादाँ उपयुक्त हुन्छ भन्ने कुरा सबै विषादीमा लेखिएको हुन्छ । तर कुन तरकारीमा कुन विषादी प्रयोग गरिएको छ भन्ने कुरा उपभोक्ताले पनि बुझिरहेको हुदैन । त्यसकारण उपभोक्ता र कृषकले विषदी प्रयोग गर्दा त्यसको लेबल अनुसारको समय अवधी बुझेर मात्र खानु पर्छ ।
६) हालसम्म नेपाल सरकार कुनै पनि उपभोग्य बस्तुमा आत्मनिर्भर हुन सकेको छैन ? आत्म निर्भर हुन सक्ने कृषि अन्नबाली कुन कुन हुन ? र कसरी आत्मनिर्भर बन्न सकिन्छ ?
कृषिमा आत्म निर्भर बन्न पूर्ण रुपमा मान्न सक्दिन । किन भने हाम्रो बानी ‘मिठो मसिनो’ खाने । हामी कहाँ उत्पादन भएको चामल त्यती खादैनौ । मान्छेको स्वादमा पैसा पनि छ भन्ने गरिन्छ । त्यसैले राम्रो स्वादको राम्रो चामल खाने गर्दछ ।
हामी कहाँ उत्पादन भएको धान भारतमा गएर त्यहाँको राम्रो राईस मिलबाट बनाई राम्रो प्यकिङ्ग गरेर आयो भने त्यसैलाई खान्छन् । नेपाल सरकारको उद्योग मन्त्रालयले पनि भारतजस्तो यहाँ पनि उद्योगको व्यवस्था गरे भने यहाँबाट जाने कच्चा पद्धार्थलाई सदुपयोग गर्न सकिन्थ्यो ।
पूर्ण रुपमा सबै जिल्ला आत्म निर्भर छैन । जस्तै सिरहा, सप्तरी धानमा निर्भर छ । समयमा सिचाई नभएकोले पहिला सन्चित क्षेत्रको विकास हुनुप¥यो । कृषकहरुलाई सिचाई उनीहरुको हातमा भई रसायनीक मल्ल, प्राङ्गगारिक मलहरुको पर्याप्त मात्रामा उत्पादन गरी यान्त्रिकरणमा बृद्धिको साथै उन्नत जातको बिउ लगायतका कुरामा जोड दिईयो भने हाम्रो उत्पादनले आत्मनिर्भर बनाउन सक्छ ।
७) धान, गहुँ, मकै, बाख्रापालन, पशुपालन जस्तामा नेपाल सरकारले के कस्तो सुविधा दिदैँ आएको छ ?
नेपाल सरकारले विभिन्न बिउ, बालीबस्तुहरुमा अनुुदान पनि दिने गर्छ । यान्त्रिकरणमा ५० प्रतिशत र साना सिचाईमा ८५ प्रतिशत अनुदानका कुराहरु छन् । कृषि कार्यको लागी आवश्यक विभिन्न सिपमुलक तालिम दिई बिमा पनि संचालनमा ल्याएको छ ।
८) यो सुविधा आम कृषकले कसरी उपभोग गर्न सक्छन ?
अहिले सबै स्थानीय तहमा कृषि विकास शाखा छ । सिंह दरबारको सबै अधिकार स्थानीय तहमा भएकोले यो पनि सम्पर्क गर्ने ठाउँ हो । जस्तै, पर्सा जिल्लामा भएको कृषि ज्ञान केन्द्रमा आएर पनि त्यो कुराको फाईदा लिन सकिन्छ । मुख्यतः स्थानीय तहमै सबै कुरा निहित भएको र कृषि विकासको शाखा पनि खुलेकोले स्थानीय तहबाट नै सबै कुरा पर्याप्त हुनेछ ।
९) ग्रामिण भेग उत्पादनका लागी तर कृषि प्राविधिक शहरमा रहेर हुने समस्यालाई कसरी अन्त्य गर्न सकिन्छ ?
स्थानीय सरकारले आफ्नो निति नियम बनाएर कृषि सम्बन्धी कर्मचारी राख्न सक्ने अधिकार छ । स्थानीय सरकारले आवश्यकता अनुसार प्राविधिक राख्न सक्छन । स्थानीय सरकारलाई कृषिको कार्यक्रम संचालन गर्न केही बाधाहरु, प्राविधिक ज्ञान तथा तालिम जस्ता विभिन्न कुराहरुको मद्दत गर्नको लागी प्रदेश सरकारले कृषि ज्ञान केन्द्र खोलेको छ । हाम्रो देशभरीमा लगभग ५१ वटा जति कृषि ज्ञान केन्द्र छ ।
१०) स्थानीय तहमा निहित भएपछि कृषि कार्यालयले के कस्तो काम गर्दै आएको छ ? पहिले र अहिलेमा कृषकहरुलाई के कस्तो सुविधा पाइरहेका छन ?
हामी प्रदेश सरकार अन्तर्गतको कृषि ज्ञान केन्द्रमा कार्यरत छौ । यो कृषि ज्ञान केन्द्रले वीरगंज, पोखरीया, महुवन, सेढवा र विरुवागुी गरि पाँच केन्द्र (ठाउँ) बाट कृषकहरुलाई ४० प्रतिशत अनुदानमा गहुँ वितरण गरिरहेका छौ । पहिले कृषि विकास कार्यालय हुँदा कृषिसंग सम्बन्धीत बिउ अनुदान, तालिम, यान्त्रिक उपकरणका लागी औजार जस्ता विभिन्न कार्यक्रमको लागी हाम्रो समुह र सेवा केन्द्र थियो । त्यो अनुसार कृषि सम्बन्धी कुनै पनि काम गर्न सजिलो हुन्थ्यो ।
अहिले मुख्य समस्या के छ भने कृषि ज्ञान केन्द्रको तल कुनै युनिट छैन । त्यसकारण स्थानीय सरकारसंग समन्वय गरेर मात्र काम गर्न सक्ने अवस्था छ । हामीले स्थानीय सरकारलाई सल्लाह सुझाव, जिल्लामा जैविक प्रकोप, खडेरी, बाढी अथवा केही रोगकिराको प्रकोप, विषादी, मल खाद्य, बिउबिजनको लाईसेन्सको नबिकरण र सहजीकरण गर्ने काम प्राप्त भएको छ । तर किसानहरुबाट बुझ्दा कृषिको लागी जस्तो सेवासुविध, स्रोत साधन, सिप, ज्ञान, तालिम कृषि कार्यालयबाट मिल्थ्यो त्यो चाही स्थानीय सरकारबाट नपाएको अवस्था छ ।
स्थानीय तहमा रहेको कृषि कार्यालयको शाखामार्फत कृषि सम्बन्धी कार्यक्रम हुन्छ भने कुरा धेरै कृषकहरुलाई थाहा पनि छैन । त्यसकारण हरेक नगरपालिका र गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ, जस्ता विभिन्न कार्यक्रमहरु स्थानीय तहमा रहेकोले कृषकलाई खाद्यमल, बिउबिजन, तालिम, माटो जाँच जस्ता विभिन्न कार्यक्रम स्थानीय सरकारले नै संचालन गर्छ भन्ने कुराको बारेमा प्रत्येक वडामा जनचेतना फैलाउन एकदमै आवश्यक छ ।