प्रायः हरेक कुराको निदानको विकल्प शिक्षा अर्थात ज्ञानलाई मानिन्छ । जुन शिक्षा वा ज्ञानबाट प्राप्त उपलब्धी नै मानव जीवनको समुच्च फलको आधारशिला पनि हुने गर्छ । अझ २१ औं शताब्दीमा त यसको प्राप्ति विना अन्य कुराको कल्पना पनि गर्न असम्भव हुने भएको छ । यसकै लागि त हरेक जसोले आफ्नो भविष्यको रेखांकन अर्थात नक्सा तयार गरेको भनेको नै शिक्षा आर्जन गर्नुसँग जोडिएको हुन्छ ।
शिक्षा आर्जनमा समय बढि खर्चने कारण पनि यहि हो । ज्ञान आर्जन र व्यक्तित्व विकासको श्रोत शिक्षा प्राप्तिकै लागि हरेक मुलुकले ठूलो रकम विनियोजन गरेका छन् । जुन आफ्ना नागरिकलाई दक्ष बनाउन र मुलुकको भविष्यका कर्णधार गतिला बनाउन । नेपाल पनि यो सन्दर्भमा घिस्रिरहेको छ । अझ खुलेर भन्नु पर्दा बल्ल मुलुकमा ठूला शिक्षालयको विस्तार हुँदै गरेको अवस्था विद्यमान छ । त्यसैको पछिल्लो उदाहरण वीरगन्जवासीले २५ वर्ष कुरेर पाएको नाम मात्रको ुमधेश विश्वविद्यालयु स्थापना ।
नजिकमै उच्च शिक्षा प्राप्त गर्न पाउने वीरगन्जवासीको चाहनामा मधेश सरकारले नामै मात्रको भए पनि सुरुमा दिने आँटसम्म चाहि गरेको छ । यसको बजेट विनियोजन, भौतिक पूर्वाधार, संचालन गर्ने चुश्त जनशक्ति जस्ता कुरामा सरकार निकै पछाडी नै रहे पनि वीरगन्जले नामैको भए पनि अहिलेलाई एउटा विश्वविद्यालय पाएकोमा थोरै गौरव गर्नै पर्छ । अढाई दशकको प्रतिक्षापछि भव्य महलमा उच्च शिक्षा पढ्न हिडेका दिग्गज विद्यार्थीहरु हेरिहाल्न पाउने सपना भने आवश्यक पूर्वाधार, आवश्यक जनशक्ति र तयारी विना चुनावी झड्कामा हतारमा ल्याइएको नामले ठोस् गतिलिन अब गर्न पर्ने धेरै कुरा बाँकी छन् ।
एकै पटक तल्लोस्तरको टिक्का टिप्पणी गरिहाल्नुभन्दा पनि यसलाई फलाउन फूलाउन अब वीरगन्जवासीले गर्नुपर्ने कामको भार भने आइपरेको छ । हिजो माथिले टेरेन भने पनि अब ुनामु मात्र भए पनि वीरगन्जले पाएको छ । यसलाई फलाउन फूलाउन जिम्मेवारी यो क्षेत्रलाई पनि आइपरेको छ । अझ यसै क्षेत्रका शिक्षाविद्लाई उपकुलपति बनाइदिएर आशाको दियो भने मधेश सरकारले जगाइदिएको छ । नाम मात्रको विश्व विद्यालयमा उपकुलपति पनि उतै–उतैका कोही नियुक्त गरिदिएको भए त्यसले अझ शंकाको घेरालाई बढावा दिने थियो ।
तथापि जिम्मेवारी दिएको व्यक्ति पनि वीरगन्जकै हुनुले यो क्षेत्रले पाएको नामलाई साकार रुपमा प्राप्त गर्न सकिन्छ कि भन्ने चाँदीको धेरा चाही बनाइ दिएको छ । बोर्ड झुण्ड्याउन हतार गर्नेले केही व्यवस्थापनको लागि बजेट पनि विनियोजन गरिदिएको भए अझ वीरगन्जवासीको विश्वासको आधार मजबुत हुने थियो । यसले कहि निर्वाचनलाई नै लक्षित गरेर यो काम गरिएको त होइन ? भन्ने सन्देह चाहीसँगै जोडिएको छ । तथापि लामो समयको प्रतिक्षा पछि समिक्षा गर्दै अगाडी बढ्न अवसर प्रदान गरेकोमा भने मधेश सरकारलाई धन्यवाद भन्न पर्छ ।
नियत त आगामी दिनमा प्रष्ट हुँदै जान्छ । अर्को कुरा विश्वविद्यालय भनिएको परिषरका गेटमा देखिएका भेटिएका सिमित नीजि कलेजका प्रचारले भने काम सुम्पेको व्यक्तिले पनि प्रा.लि.कै शैलीमा गतिविधि गर्छन् कि ? भन्ने सर्वसाधारणको शंकाको ठाउँ खडा गरिदिनु युक्तिसंगत होइन । यस्ता कुरालाई सुधार गर्दै अगाडी बढ्नु पर्ने देखिन्छ । त्यो ठाउँमा अन्य नीजि कलेजका प्रचारका बोर्डहरु त्यहाँ नहुँदा चाही आँशंकाको धेरा बढाइदिएको हो । यो कुरालाई मनन् गर्दै लक्ष्यमा अगाडी बढ्न चुक्नु हुन्न ।