सामान्य अर्थमा व्यापार विजनेश गर्ने कुरा पैसा कमाउन र सौखिन जीवनयापन गर्न नै प्रायः गर्ने गरिन्छ । नेपाल जस्तो गरीब मुलुकको लागि त व्यापार व्यवसाय र उद्योगधन्दा गर्नु राज्यलाई सवलीकरणको पाटोमा नीजि क्षेत्रले जोडबल गर्ने कुरा अझ सान्दर्भिक मान्निछ । तर नेपालमा जसरी राजनीतिक क्षेत्रमा लागेका मानिस राजनीतिलाई पेशाका रुपमा अंगाली पैसा कमाउने अस्त्रका रुपमा गलत कर्म गर्दैछन् ।
यो किंमार्थ सकारात्मक मान्न सकिन्न । वैध अवैध सबै कार्य पहुँचका भरमा चोख्याउने जमर्को हुर्कदै गएको छ । यो नितान्त राम्रो सन्देश होइन । वैध बाटोबाट अवैध ढंगले मुङको दालमा जसरी चुरोट आयात गर्ने काठमाण्डौको कालिका इन्टरप्राइजेज फन्दामा फस्यो ।
नेपालका राजनीतिक दल र तीनका नेता कार्यकर्ताको पनि गलत कार्यको भण्डाफोर हुने दिन नजिकैदै छ । कालिकाले पनि गलत कार्य गरेकै कारण उसले कारोवार गर्ने एक्जिम कोड नै रद्द भएको छ । त्यसै गरी यो समाजबाट गएका राजनीतिकर्मीहरुको पनि ढिलो चाँडो कानूनी दायरामा ल्याउन पर्छ नै । र कानूनी दायरामा आउँछ पनि समयको प्रतिक्षा मात्र ठूलो कुरा हो ।
स्वःघोषणा कालिकाको यल्लो च्यानलबाट मगाएको सामानमा कर्तुत भेटिनु सिंगो आयात निर्यातकर्ता मध्ये उ मात्र दोषी चाही होइन । भ्रष्ट नेता, कर्मचारी र पाका मात्र नभई युवापिंढी समेत गलत कार्यमा मुछिन थालेको यो समाजमा अन्य आयात निर्यात कर्ताको विभिन्न च्यानलबाट स्वःघोषणा आएको सामान पनि छड्के गर्ने हो भने अधिकाँशको कैफियत फेला पर्न सक्छ । तर यसमा भन्सारका कर्मचारीको अपर्याप्तता, आँखा चिम्लिएर दुई पैसाको लोभमा स्वतः पास हुने कारणले अरु पनि जोगिरहेका छन् ।
यसमा स्वःघोषणा मालबस्तु आयात निर्यात गर्न पाइन्छ भनी कैफियत फेला परे त्यसको परिणाम के हुने रहेछ ? भन्ने नमूना यो पटक नेपालको पहिलो सुख्खा बन्दरगाह भन्सार कार्यालयले देखाइदिएको छ । योभन्दा ठूलो भन्सार वीरगन्जमा नभएको पनि होइन । तर त्यहाँका कर्मचारी प्रायः आयातकर्ताको एजेन्टसँग मिलिभगतमा सहजै मालबस्तु पास गरिरहेका छन् भन्नेमा कुनै द्विविधा नहुन सक्छ । नत्र यत्रो अवधिका बीचमा गत्तिलो आयातकर्ताको पर्दाफास बाहिर ल्याउन वीरगन्ज भन्सार कार्यालय किन चुक्दैछ ? उक्त घटनाले प्रश्न उता पनि मोढिएको छ ।
भन्सारका जाँचकी वा कर्मचारीलाई शंका लागेमा ग्रीन च्यानल वाहेक अरु सबै च्यानलको सामान चेकजाँच गर्न सकछन् । त्यो खासै छड्के नहुने गरेको त्यहींका भुक्तभोगी नै बताउँछन् । ुच्यानलवाइज आएको सामानु भौतिक रुपमा खासै जाँच हुँदैन ।
त्यसैले राजनीतिमा धमिरा छिरेझैं नेपालको आयात निर्यातको जगमा पनि त्योभन्दा ठूला धमिरा सल्बलाएका छन् । यो पर्दाफास गर्न खुद भन्सारका कर्मचारीको सकृय तत्परता आवश्यक पर्छ । ुयुएईबाट खासै नआउने दाल कालिकाले ल्याएकोमा केही शंका गर्न मिल्ने आधार त्यहिबाट मिलेको र प्रायः २० फुटे कन्टेनरमा आउने दाल ४० फुटे कन्टेनरमा आउँनु पनि अनुसन्धानको प्रवल पक्ष मानिन्छ ।
यस्तो कार्यमा वीरगन्ज भन्सारका कर्मचारीले पनि गलत गर्नेको पर्दाफास गर्न सक्नु पर्छ । स्वः घोषणा भन्ने साथ भ्रष्ट समाजका व्यवसायीको पनि सधैंको कुरा हुबहु मानिराख्न हुँदैन । भन्सार ऐन २०६४ दफा ५७ को उपदफा १८ अनुसार आयातित मालबस्तुको फरक घोषणा, परिमाण बस्तु फरक र चारित्रिक बिशेषता पनि फरक नपाइने भन्ने कुरै हुँदैन ।