वीरगंज । मायालु चन्चले स्वभाव र सबैको प्यारी १२ वर्षिय दिपा ठाकुर विरगंज एकेडेमी स्कूलको कक्षा ६ मा अध्ययनरत् छात्रा हुन् । बुबा शुसिल ठाकुर र आमा इन्दु देवी तीन सन्तान मध्ये दोस्रो दिपा हुन् । दिदी र भाइ पनि उनकै स्कूलमा अध्ययनरत छन् । घर बारा जिल्ला परवानीपुर वडा नं ४ मा रहेको बताइन् । उनको बुवा फार्मासिस्ट हुन् ।
उनलाई पनि बुवा जस्तै बन्ने इच्छा भएको बताइन् । सानै भए पनि चाहिने बाहेक अनावश्यक कुरामा ध्यान नदिने,सबैले भनेको कुरा पहिला ध्यान दिएर सुन्ने र जबाफ दिने बानी भएको उनले बताइन् । स्कूल बाट घर गएपछि सबै भन्दा पहिले आफनो गृहकार्य गर्ने बानी छ । गृहकार्य सकेपछि उनी आफनो पढाइलाई निरन्तरता दिने गरेकी छिन् ।
उनलाई मनपर्ने विषय अंग्रेजी र सामाजिक हो । उनलाई पढ्न,लेख्न असाध्यै रुचि भएको बताइन् । उनलाई अंग्रेजी पढाउने शिक्षकले धेरै बुझाएर पढाउने भएकोले संजिव साह शिक्षक मनपर्ने बताइन् । उनको एकदमै मिल्ने,मनपर्ने साथी प्रिंका हुन् । प्रिंकासंग मिलेर आफनो गृहकार्य गर्ने,आफुलाई नआएको कुराहरु उनीसंग सोध्ने, खानेकुराहरु बाढेर खाने भएकोले प्रिंका मनपर्ने साथी भएको बताइन् । उनलाई अरु विषय खासै गाहे नलाग्ने बताइन् । घरको काममा पनि आमालाई सहयोग गर्ने गर्छिन् । सबै भन्दा मनपर्ने खाना दालभात रहेको उनले बताइन् ।
खाने कुराहरु कुनै त्यस्तो मन नपर्ने भन्ने छैन सबै खाने कुराहरु मनपर्ने बताइन् । उनलाई घरपरिवारमा सबै भन्दा बढी माया भाईको लाग्छ लाग्ने र पढनको लागि कसैले भन्नु नपरेको उनले बताइन् । उनी बढी समय घरमा भन्दा स्कूलमा बस्न रुचाउने उनको तर्क रहेको छ । उनलाई स्कूलमा हुने गरेको क्रियाकलापहरु मध्ये सबैभन्दा मनपर्ने ब्यडमिन्टन र सुइमिगं खेल्न मनपर्ने उनले बताइन् ।
उनी एकदमै ज्ञानी, सबैले भनेको मान्ने, कसैसंग नरिसाउने, सबैलाई माया गर्ने बानीरहेको उनको परिवारले बताए । उनलाई पनि आफनो बुवाको जस्तै बन्ने मन छ ।उनको परिवारले भने भोलीका दिनमा जे पढ्ने इच्छा हुन्छ त्यही पढाउने हो । राम्रो शिक्षा दिने वातावरण मिलाउनु हाम्रो कर्तव्य हो मेहनत त उनीले नै स्वयम गर्नुपर्ने परिवारले बताए ।