व्यवहार परिपक्व भए पनि उमेरमा आठ वर्ष भएकी आँचल रोयल पाठशाला एकेडेमीको कक्षा २ मा अध्ययनरत छात्रा हुन । उनका वुवा भोला महत्तो व्यवसायी हुन् भने आमा सञ्जु देवी गृहणी हुन् । भारतको रक्सौल खास घरभए पनि उनी सानैदेखि आफ्नो मावलमै बस्दै आएकी छिन् । नेपाली भाषा सिक्ने रहरले आएकी उनी अहिले भने यहीं बस्न रुचाउँछिन् ।
निकै जिज्ञासु स्वाभकी उनी नेपाली भाषा रहरले नै सिक्दै गरेको बताउँछिन् । उनको जिज्ञासु स्वभावले नै गर्दा सुरुमा केही नजान्ने उनी छोटो समयमै नेपाली भाषा पूरै बोल्न सक्ने भएकी छन् । उनलाई गर्न भनेका गृहकार्यहरु उनले निकै गम्भिरता पूर्वक गर्ने गरेको उनकी सानीआमा अञ्जली चौहानले बताइन् । घरमा मात्रै होइन विद्यालयमा पनि सबैको प्यारी छिन् आँचल उनले भनिन् । अध्ययन, खेलकद लगायत अन्य अतिरिक्त व्रिmयाकलापमा समेत सक्रिय सहभागिता जनाउने उनको बानीले सबै विषय सहज लाग्ने गरेको आँचलको भनाइ छ । त्यसमा पनि अलि गणित विषय भने अझ धेरै मन पर्ने उनले बताइन् ।
आफूसंगै बस्ने, कुराहरु भन्ने, सहयोग गर्ने भाग्य उनको मिल्ने साथी भएको र आफूलाई बुझाएर पढाउने पढाएको कुरा बुझ्यो कि बुझेन भनी सोध्ने अञ्जली म्याम निकै मन पर्ने उनले तर्क गरिन् । आमा बुबाले ठूलो मान्छे बन्न राम्ररी पढ्न पर्छ भन्नु हुन्छ । तर मलाई मेरी सानी आमा जस्तै संचारकर्मी बन्नु छ उनले अर्की सानीआमा ( मौसी ) तर्फ देखाउँदै बताइन् । संचारकर्मीले समाज देशलाई सुसुचित गर्छ, हरेक कुराको बयान गर्न सक्छ ।
नयाँ नयाँ कुराको जानकारी सहजै लिन सक्छ उनले सिकाएजस्ती गरी फटाफट भनिन् । संचारकर्मी बन्दा नयाँ मान्छेहरुसंग भेट हुन्छ । त्यो मलाई एकदमै राम्रो लाग्छ उनले थपिन् । समयमा नै सबै गृहकार्य गर्ने र याद गर्न दिएका सबै पाठहरु समयमा नै तयारी गर्ने उनका गुरुआमाहरुले बताए । समयमा नै सबै गृहकार्य गर्ने भएकोले उनलाई विद्यालयमा पनि सबैले माया गर्ने उनीहरुको भनाइ छ । हरेक कुरा जान्ने उत्सुकता भएकोले उनी नयाँ परिवेश र मान्छेसंग पनि सजिलै घुलमिल गर्न पछि पर्दिनन् ।
खानामा उनलाई गुलियो असाध्यै मन पर्ने गरेको उनका सानीआमाहरुले बताए । उनलाई मन नपर्ने खाने कुरा भन्ने खासै नभएको उनीहरुको भनाइ छ । अर्को उनको राम्रो वानी भनेकै सबैलाई समान देख्ने हुनाले दुई जना बीचमा झगडा हुन लागेको छ भने उनी तुरुन्त उनीहरु मध्ये तल परेकाको समस्या समाधान गर्न तत्पर हुने गरेको उनकी सानीआमा माधुरी महतोले बताइन् ।अध्ययन पनि निकै राम्रो छ ।
अध्ययनसंगै घरको काममा पनि उत्तिकै चासो राख्ने उनी घरको सरसफाइ, कोठाहरु मिलाई चिटिक बनाउन तल्लिन रहन्छिन् । आँचललार्ई हरेक कुरा सफा चाहिन्छ । त्यसैले पनि घरका कोठाहरु मिलाउने, पानी ल्याएर राख्ने र चित्र बनाउने गर्छिन् उनले प्रष्ट पारिन् ।