मायालु चन्चले स्वभाव र सबैको प्यारी ७ वर्षिय श्रीजु श्रेष्ठ नेपाल काबेरी एकाडेमी स्कूलमा अध्ययनरत छात्रा हुन् ।उनका बुबा जनक श्रेष्ठ र आमा शोभा कटुवालका दुई सन्तान मध्ये दोस्रो श्रीजु हुन । उनको एक दाजु कक्षा ७ मा अध्ययनरत छन् ।
हाल वीरगंज महानगरपालिका वडा नं ८ मा बसोबास गर्दै आएको उनले बताए । उनको स्थायी घर इटहरी रहेको र आमाको जागिर वीरगंजमा नै रहेकोले उनी यही बसोबास गर्दै आएको उनले बताए । उनका बुबाको जागिर नेपाली सेनामा रहेको उनले बताए ।
सानै भएपनि अत्यन्तै बोल्ने तर चाहिने कुरा बाहेक अरु कुरामा ध्यान नदिने सबैले भनेको कुरा पहिला ध्यान दिएर सुन्ने अनि आफ्नो कुराको जवाफ दिने उनको बानी रहेको उनले बताए । पढाई पनि राम्रो रहेको उनको आमालेउनले तर्क गरिन । स्कूलबाट घर आएपछि सबै भन्दा पहिले मोबाईलमा माइन्डक्रफ गेम खेल्ने गरेको र गेम सकेपछि आफनो गृहकार्य गर्ने बानी रहेको छ ।
गृहकार्य सकेपछि उनी आफनो पढाइलाई निरन्तरता दिने गरेकी छिन् । सबैभन्दा मनपर्ने विषय अंग्रेजी हो । पढ्न र लेख्न मनलाग्ने विषय अंग्रेजी रहेको पढ्न असहज हुने विषय नेपाली रहेको उनको तर्क छ । उनलाई अंग्रेजी पढाउने शिक्षक खुस्बु मनपर्ने बताइन् । उहाँले धेरै बुझ्ने गरेर सम्झाएर पढाउने भएकोले खुस्बु शिक्षक मनपर्ने बताइन् ।उनको एकदमै मिल्ने र मनपर्ने साथी निखत खातुन हुन् । निखतसंग मिल्ने आफ्नो गृहकार्यहरु एक अर्कोमा सेयर गर्ने आफुलाई नआएको कुराहरु उनीसंग सोधेर गर्ने भएकाले उनलाई निखत खातुन आमालाई घरको काममा पनि सहयोग गर्ने गरेको उनले भनिन ।
करेला बाहेक उनलाई सबै खानेकुराहरु मनपर्ने उनलाई आँखाको डाक्टर बन्ने चाहना रहेको उनले तर्क गरिन । उनको आमा पनि डाक्टर पेशा रहेकोले उनलाई पनि डाक्टर बन्ने चाहना भएको उनले बताइन् । उनी आँखाको डाक्टर बनेर बुढाबुढीहरुको सेवा गर्ने उनको चाहना रहेको छ । उनलाई स्कूलमा हुने गरेको क्रियाकलापहरु मध्येमा मनपर्ने खेल ब्याटमिन्टर हो । उनी एकदमै ज्ञानी,सबैले भनेको मान्ने कसैसंग नरिसाउने सबैलाई माया गर्ने बानीरहेको उनको आमाले बताईन ।
उनलाई डाक्टर बन्ने मन छ । घरका सदस्य डाक्टर छन् । अहिले त सानै छिन भोलीका दिनमा के पढछिन् । त्यहि पढाउने हो । हाम्रो कर्तव्य भनेको शिक्षा र ज्ञान दिने,बाटो देखाउने हो । उनको आमाले मुस्कुराउदै बताईन ।