-बिनिता बुढाथोकी/
सकड संजाल र सवारी साधनको प्रचुरताले मानिसलाई सहजता त भएको छ । तर सवारी साधन चलाउने नियमलाई पूर्णरुपले सबै चालकले पालना गरेको पाइदैन । शहरबजारमा त अझ सवारी चाप हुने साँघुरा गल्ली सडक र मानिसको बाक्लो उपस्थिति समस्याका रुपमा पनि देखिने गरेको छ । यो समस्यालाई न्यूनिकरण गर्न राज्यले नै ट्राफिक प्रहरीको छुट्टै संगठन पनि स्थापना गरेको छ । यो प्रहरी संगठनले सडकमा हुने ट्राफिक समस्या न्यूनिकरण गर्न बिशेष कार्यहरु गरिरहेको हुन्छ । मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जमा पनि ट्राफिक समस्या हुने गरेको छ । यहाँको समस्यालाई चाही पर्सा ट्राफिक कार्यालयले कसरी नियालिरहेको छ ? पछिल्लो ट्राफिक अवस्था कस्तो छ ? लगायतका बिषयमा केन्द्रित रही पर्साका ट्राफिक प्रहरी प्रमुख (इन्चार्ज ) प्रहरी निरिक्षक ध्रुव प्रसाद दाहालसँग गरिएको बिशेष कुराकानी :-
१) वीरगंजमा ट्राफिक व्यवस्थापनको वर्तमान अवस्था कस्तो छ ?
वीरगंजमा ट्राफिक व्यवस्थापन समग्रमा राम्रो छ । सडकको अवस्थाहरु सुधारोन्मुख छन् । विगतमाभन्दा समग्रमा अवस्था सुदृढ भएको छ । त्यति नराम्रो छैन । वीरगंज छिमेकी जिल्लाहरुभन्दा राम्रो छ । तर काठमाडौंसंग चाहि तुलना गर्न सकिदैन । किन कि काठमाडौं ठूलो ठाँउ, ठूलो सहर हो । वीरगंज भनेको काठमाडौं भन्दा सानो ठाँउ हो । व्यवस्थित तरिकाले चलिरहेको छ । भद्रगोल छैन । पहिलेको अनुपातभन्दा अहिले सुधार भइरहेको छ । जुन ठाँउमा पार्किङ्ग गर्ने हो त्यहि ठाँउमा मात्र पार्किङ्ग अलि भइरहेको छैन । केही सुधार गर्नु पर्ने अवस्था छ ।
२) वीरगंजको ट्राफिक व्यवस्थापनका चुनैति र सम्भावना के छन् ?
बैंकहरु अरु संघ संस्थाको त आफ्नो मापदन्ड हुन्छ । त्यहि मापदन्डमा सबै प्रक्रियामा हुन्छन् । तर हामी त्यो समग्रमा वाहिर हेर्दा त्यति भद्रगोल देखिदैन । पार्किङ्ग पुगिराखेको छ । अलि चाप त बढिराखेको छ । बैंक, स्कुल, संस्थाहरुको अगाडी हेर्दा त पार्किङ्ग अझ अपुग जस्तो छ । यहाको चुनैतिमा चाहि प्रत्यक्ष देखिएको सडक पेटीहरुको चुस्ततामा केही कमी नै हो । ट्राफिक नियम नजानेकोभन्दा पनि जानेको व्यक्तिबाट चुनौति थपिएको छ । नजानेको व्यक्तिलाई सिकायो भने खुसी भएर मानेर जान्छ । तर जानेकोले नै बढि जिद्धि गरी नियम उलंघन प िनगरिरहेको देखिन्छ ।
३) ट्राफिकमा जनशक्ति र पार्किङ्गको अभाव महसुस गरिएको छ ?
सडकहरु फराकिलो बनाइदै र सुधार गरिदै छ । सडक लाइटहरु सुधार गर्न पनि मेयरसँग सल्लाह सुझाव लिनेदिने भइरहेको छ । उहाँहरु पनि सकारात्मक हुनु हुन्छ । आवश्यकता अनुसार ट्राफिक जनशक्ति बढाउने र पार्किङ्ग लगायतका सवालमा व्यवस्थित गर्दै जाने हो ।
४) ट्राफिक व्यवस्थापन चुस्त राख्न थप के गर्नु पर्छ ?
ट्राफिक व्यवस्थापन राम्रो बनाउन ट्राफिक नियमलाई पालिना गरिनु पर्छ । गाँउमाभन्दा सहरमा बढी दुर्घटना हुने कारण पनि कतिपय चालक र यात्रु अनि सडक सञ्जालको कमजोरीले नै हुने हो ।ट्राफिकले चेक नगर्नाले पनि कतिपय चालकको अहंकार बढेको हुन्छ । कुनै चालकले त विना लाइसेन्सको पनि सवारी चलाइरहेको हुन्छ । ट्राफिकले चेक गर्दिए भने उनीहरु सचेत भएर गाडी चलाउछन् । बाइकमा ३–४ जना चढ्ने, अटेर गर्ने, सवारी नियम उलंघन गर्ने कुरामा न्यूनिकरण गर्न स्थानीय सरकार, जिल्ला प्रहरी कार्यालय र स्थानीय भद्र भलादमीहरुको साथ सहयोग चाहिन्छ ।
५) ट्राफिक जनचेतनाको अवस्था कस्तो छ ?
प्रदेश नं २ मा अत्याधिक मात्रामा दुर्घटना भइरहको छ । किन कि अबुझपन, घमण्डीपन, बाटो अप्ठेरो थोरै अज्ञानता जस्ता कुराले गर्दा दुर्घटना घट्छ । कुनै कुनै ठाँउमा बाटो जाम हुन्छ । विभिन्न माध्यमबाट मानिसमा जनचेतना फैलाउनु पर्छ । ट्राफिक चुस्त दुरुस्त राम्रो हुनको लागि स्थानीय पालिका, समाज र सर्वसाधारण तथा चालकहरुको सहकार्य अपरिहार्य हुन्छ ।