वीरगंज । चन्चले स्वभाव भएकी उमेरमा पनि सानै तर सबैलाई माया आदार गर्ने ८ वर्षिय सारिका लोहनी ओम शान्ती एकेडेमी भरतपुर ७ एकताटोल कक्षा ३ मा अध्ययनरत छात्रा हुन् । उनको बुबा हरिराज लोहनी र आमा सावित्रा पंतका दुई सन्तान मध्यकी दोस्रो सन्तान हुन उनी ।
उनको दिदि साहिरा लोहनी पनि सोही स्कूलको कक्षा ९ मा अध्ययनरत छात्रा हुन । उनको बुबा छिमेकी लद्युबित्त विकास बैकको मानव शसोधन (विभागिय प्रमुख) काठमाडौ कार्यरत छन ,भने आमा भरतपुर क्यान्सर हस्पिटलमा प्रशासनमा शाखामा कार्यरत छिन। चन्चले स्वभाव भएकी सारिका भविष्यमा आफु शिक्षक बनेर विद्यार्थीलाई पढाउने चाहना उनले वताईन ।
उनलाई पढन लेख्न मनपर्छ । पढाईमा धेरै मन लाग्ने साथै चित्रकाला प्रति पनि उनको निकै चासो रहेको बताईन । एक छिन सौच्दै उनले भनिन मेकअप आट्रिस बन्न र आफु पनि राम्री बन्न पाईने र अरुलाई पनि मेकअप गर्न पाईने भएकाले मेकअप आट्रिस बन्न पनि मन लाग्ग्ने उनले बताईन ।कुनै कुनै समयमा चित्र बनाउने पेन्टीङ गर्ने काममा पनि रुचि रहेको उनी भन्छिन । विद्यालयमा धेरै समय सम्म बस्न मनपर्छ । किनभने स्कूलमा धेरै कुराहरुको जानकारी पाईन्छ । आफुलाई नआएको कुराहरु सिक्न बुझन पाईन्छ ।साथिहरु सगं मनोरन्जन गर्न पाईन्छ ।
त्यसैले मलाई स्कूलमा धेरै समय विताउन मन लाग्छ । उनलाई सबै भन्दा मनपर्ने विषय भनेको गणित विषय हो । सबै भन्दा पर्ने शिक्षक नेपाली विषय पढाउने अम्बिका भण्डारी शिक्षक हुन । उनको एमदमै मिल्ने साथी भनेको इन्दिसा सानाभाट नुमेसा साथी भनेर वताइन । उनलाई स्कुलमा हुनेगरेको क्रियाकलापहरु मध्य एकदमै मनपर्ने क्रियाकलाप भनेका लुडो , फुटवल , व्याडमिन्डर खेल मनपर्ने उनको भनाई छ ।
उनी भन्छिन मलाई घरको खाना मध्य सबैभन्दा मनपर्ने खाना भनेको पनिर, घ्यू भात भनेपछि रमाइलो मानेर खानेगर्छु ,भने मनैनपर्ने भनेको चाही कटहर हो । मनाई सबै भन्दा पनपर्ने मौसम भनेको गर्मि मौसम हो किनभने मेरो दिदि साहिरालाई चिसो मौसम मनपर्दैन त्यसैले मलाई नि चिसो मौसम मनपर्दैन । म घरमा बुबाआमा दुबैलाई माया गर्छु तर धेरै माया दिदि साहिरालाई गर्छ । उनलाई मनपर्ने ठाउँ भनेको मनकामना हुन किनकि मनकामनामा केबुलकार चढन पाइने हुनाले मनकामना मनपर्छ ।
पढाईको साथसाथै मलाई भाडाकुटी खेल्न असाध्यै मनपर्छ ,बेबीडल बनाउन मनपर्छ भने गेम पनि मन पर्छ । गेममा मनपर्ने गेम भनेको पेपीसुपर स्टोर पेयी अन्डरवल्र्ड पेपी हाउस गेम मनपर्छ । उनको दिदिलाई भने बालविर,शंकरजैसिन ,सिरियल,छोटावीम ,इकान्स कार्टुन मनपर्छ । उनि घरको काममा आफनो आमालाई सघाउन मनपर्छ तर उनको आमाले केही पनि काम गर्न दिनु हुदैन उनले बताइन । चञ्चले सारिकाले भनिन पढाई मेरो पहिलो प्राथामिक हो ।
उनि आफु विद्यार्थी भएको हुनाले आफुपनि भविष्यमा शिक्षक बनेर आफु जस्तै विद्यार्थीलाई पढाउने उनको चाहाना उनले बताए । उनको भविष्य हो जे मन लाग्छ त्यहि बन्छिन उनि उनको आमाले बताईन। उनको इच्छा पढेर के बन्ने छ हामीले त त्यही बनाउने हो । हामीले साथदिने हो बाटो देखाउने हो बाटोमा हिड्न त आफैले सिक्ने हो उनको परिवारले बताए ।