बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नं. ३ मोतिबाग स्थित आगलागी पीडितहरुको ८ घर टहरा निर्माण सम्पन्न भएको छ ।
सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा विभिन्न सहयोगी हातहरुबाट प्राप्त सहयोग रकमले ति ८ परिवारको घर टहरा निर्माण गरिएको हो । गत जेठ ३२ गते अचानक वस्तीको एउटा घरमा आगलागी भएपछि त्यहाँ रहेको ८ वटै घर परिवारको ७ वटा घर जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।
घर पूर्ण रुपमा जलेर नष्ट हुनुका साथै घरमा रहेका खाद्यान्न, कपडा लगायतका सामानहरु पनि जलेर नष्ट भएको थियो । त्यस पश्चात दुई दिनपछि स्थलगत अनुगमन गर्न पुगेका सामाजिक अभियन्ता प्रकाश थारुले आफैबाट सहयोग गर्ने शुरुवात गरि आफूसँग भएको रु २० हजार रुपैया उनीहरुलाई दिएर त्यहीबाट उनीहरुको टहरा निर्माण गर्ने अठोट लिएका थिए । त्यस पश्चात थारुले आफ्नो सामाजिक सञ्जालमा सहयोगको लागि आह्वान गरेका थिए । सहयोगका आह्वानलाई मध्यनजर गर्दैै नेपाल सहित विदेशमा बस्ने नेपाली नागरिकहरुले सकेसम्म रु ५ हजारदेखि १० हजारसम्म सहयोग गरेका थिए ।
त्यही सहयोग रकमबाट थारुले ति परिवारका व्यक्तिरुको टिनको छानो सहितको बाँसको टहरा निर्माण गरिदिएका छन् । आगलागीबाट पूर्ण रुपमा गाँस, बास तथा कपास पूर्ण रुपमा जलेको कारण तत्काल उनीहरुलाई खाद्यान्न तथा कपडाको व्यवस्था मिलाएका थिए । वीरगन्ज स्थित कपडा बैंकको सहयोगले ति परिवारलाई कपडाहरु उपलब्ध गराएका थिए भने सहयोग प्राप्त रकमबाट खाद्यान्न उपलब्ध गराउनुका साथै विस्तारै विस्तारै घर निर्माणका सामानहरु जुटाएका थिए । ति गरिब परिवारहरु कलैया उपमहानररपालिका भित्र बसोबास गरेतापनि उनीहरुलाई सरकारी निकायबाट कुनै किसिमको भने सहयोग प्राप्त भएन तर एक व्यक्तिको पहलमा अन्य सहयोगी हातहरुको कारण ति ८ परिवार अहिले खुशी भएका छन् ।
उनीहरुले घर निर्माणमा पहल गरेका प्रकाश थारु आफूहरुको लागि भगवान सरह नै रहेको बताउँदै खुशी व्यक्त गर्छन् । आफूहरु घरविहीन हुँदाको बखत सरकारी स्तरबाट कुनै किसिमको सहयोग प्राप्त नभएको कारण आफूहरु नेपाली नागरिक नै नभएको महसुस भएको बेला भगवान स्वरुप आएका थारु तत्कालै खाद्यान्न तथा कपडा उपलब्ध गराई टहरा निर्माण गर्ने आश्वासन दिएपछि अहिलेपनि समाजमा सहयोगी हातहरु रहेको भनेर महसुस भएको उनीहरु बताउँछन् । उनीहरु अहिले निर्माण भएको टहराको भित्तामा माटो दल्ने काम गर्दैछन् । साना साना बालबालिकाहरु पनि उत्साहपूर्वक तरिकाले घरको भित्तामा माटो लगाई रहेका देख्न सकिन्छ ।
उनीहरुको टहरा निर्माणको कार्य पूर्ण रुपमा सम्पन्न भइसकेको छ भने उक्त टहरामा ढोका लगाउने कार्य मात्रै बाँकी छ । त्यो ढोका लगाउनका लागि पनि सामाजिक अभियन्ता थारुले सहयोगको लागि आह्वान गरिसकेका छन् र उनीहरुलाई अझै सहयोग प्राप्त हुने विश्वास पनि रहेको सामाजिक अभियन्ता थारुको भनाई छ । उनका अनुसार आगोले गर्दा विचल्ली भएका परिवारको आँशु देखेर आफ्नो हृदय नै दुःखित भएको बेला यिनीहरुको घरपरिवारको मुखमा हाँसो ल्याउने आफूले गरेको अठोट विभिन्न सहयोगी हातहरुको कारण सफल भएको बताउँछन् । सामाजिक सञ्जालबाट जसरी सहयोग प्राप्त भयो, यसले समाजमा अहिलेपनि सहयोगी हातहरु रहेको भनेर उदाहारण दिएको बताउँछन् ।
ऐलानी जग्गामा सडक छेउमै छाप्रो बनाई पुस्तौपुस्तादेखि बसोबास गर्दै आएका ति ८ परिवारमध्ये २ घरपरिवारका व्यक्तिहरुसँग स्थायी बसोबास भएको नेपाली नागरिकता पनि रहेको छ । घुमन्ते परिवार रहेकै कारण सायद सरकारी स्तरबाट कुनै किसिमको सहयोग प्राप्त नभएको होला तर मानवीयताको हिसाबले भने सामाजिक अभियन्ता थारुले गरेको पहल एकदम सह्रानीय छ । सधैं दुःखमय रहने त्यस्ता परिवारहरु अहिले थारुलाई हेर्ने वित्तिकै खुशी मुद्रामा आउँछन् । आफ्नो जीवनमा कहिलेपनि यस्तो घर बनाउन नसक्ने भएपनि एक व्यक्तिको पहलमा हामीले खुशीमय जीवन प्राप्त गरेको उनीहरुको भनाई छ ।
उनीहरुको बस्तीमा ३४ जनाको परिवार रहेका छन् भने ति परिवारको मुखमा हाँसो ल्याउनका सहयोगी हातहरु कतारमा बस्ने रामजन्म ठाकुर रु ५ हजार, डा. कृष्णचन्द्र शाह रु १० हजार, भरतपुर क्यान्सर अस्पतालका गोमा कँडेल रु १० हजार, पर्साको कालिकामाई गाउँपालिकाको प्रशासकीय अधिकृत राजु साह रु १० हजार, श्री गुरु नानक सेवा प्रतिष्ठानबाट पवन अग्रवाल रु १० हजार, पर्साको धोबिनी गापा निवासी सन्तोष पटेल रु ५ हजार, विभिन्न दाताहरुबाट संकलन गरेर भरतपुर क्यान्सर अस्पतालकी गोमा कँडलले रु १० हजार तथा नाम सार्वजनिक गर्न नचाहने गोप्य दाताहरुबाट ३५ हजार गरि १ लाख ४ हजार ५ सय ५ रुपैया प्राप्त भएको थियो ।
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न