वीरगंज महानगरको १५ नं. वडा स्थित भिस्वामा आफ्नै परिवारसंग बस्दै आएका राज गुप्ता सेन्ट जोन सेकेन्ड्री बोर्डिङ स्कुलको कक्षा पाँच मा अध्ययनरत छात्र हुन् । उनी एक मध्यमवर्गिय परिवारका सदस्य हुन् । १ दाजु, २ दिदी र आमा बुबा सहितको ५ जनानको परिवार छ उनको । आमा संगीता देवि गृहणी हुन ,घरधन्दा र परिवारको हेरचाहमा उनको समय बित्छ भने बाबा प्रमोद साह किराना पसल व्यवसायी हुन् । पहिला उनी नेपाल प्रहरीमा जागिरे थिए । आफ्नो जागिरे जिवनबाट अवकास भएपनि उनले किराना पसल व्यवसााय सुरु गरेका हुन् । सबै भन्दा सोझा स्वभावका राजु चार सन्तान मध्यका सबै भन्दा कान्छो सन्तान हुन् ।
अरु भन्दा सोझा र ईमान्दार राजु पढ्न र खेल्न उत्तिकै रुचाउँछन् । उनको मनपर्ने खेल भनेकै क्रिकेट हो । अरु खेल आफूलाई मन नपर्ने उनले बताए । आफूलाई विज्ञान विषय मनपरे पनि पढ्न र हिसाब बनाउन नआउने भएकोले गणित विषय नभएपनि हुन्थ्यो भन्ने ठान्छन । आफू भविष्यमा वैज्ञानीक बनी नयाँ नयाँ खोज अनुसन्धान गर्ने लक्ष्य बोकेका राजु मेहेनति र ईमान्दा र भएको कुरा उसरी छिमेकी काकी गिताले बताईन् ।
आफ्नो लक्ष्य, कक्षा, र बसाई संगै भएको र मिलनसार भएकोले आसमान घिमिरे आफ्नो मिल्ने साथी भएको समेतबताए । त्यस्तै बुझउने, माया गर्ने र हसाउने भएकोले विज्ञान विषय पढाउने हिरालाल सर मेरो मन पर्ने शिक्षक हो उनले थपे ।
खानामा भात र दाल मात्रै हो यसले खाने ।साग सब्जी कहिल्यै खाएको छैन् । र माछा मासु पनि उनले खादैन् । अरु छोरी र छोरा भन्दा ज्ञानी छ । पढेर मात्रै खेल्ने बानी छ उसको । कहिलेकाहि घरको काममा पनि सघाउने गरेको छ उनले । आफ्नो सबै काम सकेर टिभि हेर्न बस्छन् । उनी । टिभिमा प्राय कार्टुन र फिलिम हेर्ने बानी छ उनको ।
पढाईको लागि सरकारी र नीजि विद्यदालयको कुरा चलिरहदा निजी विद्यालय नै राम्रो र सेवा प्रदायक भएकाले नीज विद्यालयमा नै पढाउने निधो गरेको बताउछिन् राजुकी आमा संगिता । नीजि विद्यालयमा जस्तो राम्रो पढाई र सेवा सुविधा सरकारी विद्यालयमा नरहेको र उनको पढाई राम्रो होस् भनेर नै हामीले उनलाई नीजि विद्यालयमा पढाएका हौ ।
हामीले अहिले केही सोचेका छैनौ । तर पनि उनीहरुको लक्ष्य र आफ्नो आर्थिक अवस्था हेरर पढाउछौ ।