घटना १: जनकपुरकी एक निकै चर्चित पत्रकार महिलालाई दुई महिनापूर्व सामाजिक सञ्जालबाट निकै प्रताडना भोग्नुप¥यो । दुई धार्मिक समुदायबीचको विवादको विषयमा समाचार लेख्दा उनलाई एक अमुक समुदायले टारगेट ग¥यो । नकारात्मक टिकाटिप्पणीबाट शुरू भएको विषय अश्लील गालीगलौज र अन्त्यमा भौतिक आक्रमणको धम्कीमा परिवर्तित भयो । करिब हजारभन्दा बढी अश्लिल र धाकधम्कीपूर्ण कमेन्टहरूले आजित पीडितलाई पछि त व्यक्तिगत रुपमै मेसेन्जरमा म्यासेज पठाएर गाली गर्न थालियो । अवस्था यतिसम्म बिग्रियो कि, उनको घरपरिवारले उनलाई काम नै छोड्न आग्रह गर्न थाले । मानसिक यातना र सामाजिक दोषारोपणले गर्दा उनी विचलित भइन् । उनले प्रहरी प्रशासनदेखि लिएर आफन्तहरूलाई सहयोगको लागि आग्रह गरिन् । सबैले एउटै सल्लाह दिए, तिमी केही दिन चुप लागेर बस । उनले त्यसै गरिन्, प्रतिकार गर्न छाडिन् । तर, यो घटनाले उनलाई निकै हदसम्म मानसिक रुपमा कमजोर बनायो ।
घटना २ ः चार महिनाअघि एक गैरसरकारी संस्थामा कार्यरत निकै प्रतिष्ठित र चर्चित व्यक्तिको नामबाट उनका साथीहरूको मोबाइलमा म्यासेज आयो । म्यासेज थियो, ‘म निकै समस्यामा परेकोले तत्कालै ४० हजार रुपैयाँ सहयोग गरिदिनुस्’ । म्यासेज हेर्दा साथीहरू एकछिन अल्मलिए र ती व्यक्तिलाई फोन गर्न थाले । पछि थाहा भयो, उनको आईडी ह््याक भएको रहेछ र ह््याकरले सबैलाई म्यासेज पठाएर झुक्याउन खोजेको रहेछ । उनी आफ्नो आईडी ह्याक भएको भनेर सबैलाई भन्दा आजिज भएका थिए । निकै हैरान भएर उनले प्रहरीको सहयोगमा आफ्नो आइडी ब्लक गराए ।
घटना ३ ः जानकी मन्दिरका उत्तराधिकारी महन्थ राम रोशन दास वैष्णवको नाम र तस्वीर राखेर सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाइयो । त्यो आईडीबाट धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई गलत र नकारात्मक सन्देश दिने सूचना पनि पठाइयो । धेरैलाई साथी बनाउन सन्देश पठाइयो । रोशनले यसबारेमा थाहा पाएपछि आफ्नो अधिकारिक पेजबाट सार्वजनिक सन्देश जारी गर्दै त्यस फेसबुक पेजबाट आएको सन्देशहरू स्वीकार नगर्न आग्रह गरे ।
माथिका यी उदाहरणहरू मात्र हुन् । प्रविधि सहयोगी लिङ्गमा आधारित हिंसाले पछिल्लो समय भयावह अवस्था सृजना गरेको छ । प्रविधिको प्रयोग गरी वा डिजिटल माध्यमको प्रयोग गरेर कसैको सम्मान, सुरक्षा र स्वतन्त्रतालाई चोट पु¥याउने हिंसात्मक कार्य हो । इन्टरनेट, मोबाइल फोन वा सामाजिक सञ्जालजस्ता डिटिजल माध्यममार्फत कसैलाई हानी पु¥याउने, डराउने, अपमान गर्ने वा उत्पीडन गर्ने गतिविधिलाई जनाउँछ । यसको असर भौतिक रुपमा नदेखिए पनि मानसिक रुपमा निकै गहिरो हुन्छ । यो प्रविधिको सहयोग लिएर जस्तै इन्टरनेट, सामाजिक सञ्जाल, मोबाइल एप्लिकेसन वा कुनै पनि डिजिटल माध्यम प्रयोग गरेर लैङ्गिक आधारमा हुने उत्पीडन, आक्रमण वा हिंसात्मक व्यवहारलाई जनाउँछ ।
प्रविधि सहयोगी हिंसालाई निरन्तर रुपमा चल्दै आएको हिंसाकै श्रृङ्खलाको रुपमा लिँदा गलत हुँदैन । फरक यत्तिमात्रै हुन्छ कि, यसमा प्रविधिको पनि प्रयोग गरेर हिंसालाई अझ परिस्कृत रुप दिइन्छ । यस्तो खालको हिंसाले विश्वभरिका लाखौं मानिसहरूलाई प्रभावित गर्छ । तर, यस्ता हिंसाको शिकार पुरुषहरूको तुलनामा महिलाहरू, किशोरीहरू र लैङ्गिक विविधता भएका व्यक्तिहरू बढी हुने गर्छन् ।
हाम्रो सामाजिक मान्यतामा महिला र सिमान्तकृत समुदायले प्रविधिको प्रयोग वा डिजिटल माध्यमहरूमा आफूलाई अभिव्यक्त गर्ने क्रममा भोग्नुपर्ने हिंसालाई मात्रै ‘पेशागत जोखिम’ का रुपमा लिने गर्छन् । जसले गर्दा यो हिंसाहरूले समाजमा खासै चर्चा पाउन सकेको छैन । महिलाविरुद्ध ‘साइबर बुलिंग’, ‘घृणास्पद अभिव्यक्ति’, ‘ट्रोलिंग’, अनलाइन धम्की, रिभेन्ज पोर्न, एआई जेनरेटेड डिपफेक र चरित्र हत्याजस्ता दुव्र्यवहार बढ्दै गएको अवस्थामा संयुक्त राष्ट्रसंघले हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म चलाउने लैंगिक हिंसाविरुद्धको अभियानमा यस वर्ष डिजिटल हिंसालाई मुख्य विषय बनाएको छ । राष्ट्रसंघले विश्वव्यापी रुपमा सबैभन्दा धेरै हुने मानवअधिकार उल्लंघनका घटनामध्ये महिला र बालबालिकाविरुद्धको हिंसा प्रमुख रहेको जनाएको छ । भौतिक रुपले हुने घरेलु हिंसा र यौन दुव्र्यवहारको समस्या यथावत् रहँदा अनलाइन प्लेटफर्मले यसलाई अझै विकराल बनाएको देखाएका छन् ।
‘सामाजिक सञ्जाल अहिले सशक्तीकरणको महत्वपूर्ण माध्यम भएको छ । तर, महिला अधिकारमा काम गर्ने र पितृसत्तात्मक संरचनालाई चुनौती दिने व्यक्तिहरूका लागि चुनौतीपूर्ण पनि बनेको छ । अपमानजनक टिप्पणी र लक्षित आक्रमणका कारण महिला अधिकारकर्मीहरू मानसिक दबाब, डिप्रेसन र आत्महानीसम्बन्धी नकारात्मक सोचसम्म पुगेको देखिन्छ । शरीरमा प्रत्यक्ष रुपमा केही नभए पनि मानसिक रुपमा यसले गहिरो क्षति पु¥याउन सक्छ,’ महिला अधिकारकर्मी डा. रेणु अधिकारी भन्छिन्, ‘कहिलेकाँही प्रोत्साहनजनक प्रतिक्रिया आए पनि, धेरैजसो हतोत्साहित गर्ने र नकारात्मक टिप्पणीहरूले मानसिक हिंसाको अनुभूति गराउँछन् । यस्ता अनुभवहरूले भित्री रुपमा अस्थिर बनाउनेमात्र नभएर शरीरमा पनि विभिन्न रुपले असर गर्छन् । यस्तो अवस्थामा स्वहेरचाह र आफैंलाई व्यवस्थापन गर्नु आवश्यक हुन्छ । मैले चाहिँ नकारात्मकभन्दा सकारात्मक कुरामा ध्यान दिने, आफूलाई केही मैले केही गलत गरेको छैन्, म किन डराउने भनेर आफैलाई सम्झाउने, गहिरो सास लिने, साथीहरूसँग अनुभव बाँड्ने र भावनाहरू लेख्नेजस्ता उपाय अपनाउने गरेको छु । यसले मलाई हल्का महसुस गराउँछ र आफैँलाई निको पारेको अनुभूति दिलाउँछ ।’
मधेश प्रदेश प्रहरी कार्यालयको गत वर्षको तथ्यांक अनुसार प्रदेशमा सामाजिक सञ्जालमार्फत भएको दुव्र्यवहार तथा अपराधका ११५६ घटना दर्ता भएका छन् । तर, घटनाको संख्या दर्ता भएभन्दा निकै बढी छ । पीडितहरू सामाजिक लाञ्छना, पीडितलाई नै दोष लगाइने, लाज मान, प्रतिष्ठा गुम्ने डर, सामुदायिक वा परिवारको नकारात्मक दृष्टिकोणजस्ता सामाजिक कारणहरूले गर्दा प्रहरीमा उजुरी गर्न नै कम जाने गर्दछन् । त्यसैगरी उजुरी गर्न हिच्किचाहट, बदनाम हुने डर, अपराधिक प्रतिशोधको भय र पुलिस वा कानूनी प्रक्रियाका झन्झटहरूले पनि प्रविधि सहयोगी हिंसाका घटनाहरू जुन मात्रामा भइरहेका छन्, त्यति रिर्पोट हुन सकेको छैन् । वर्तमान परिप्रेक्षमा आवश्यकता छ, प्रविधि सहयोगी हिंसाबाट जोगिनु र यदि हिंसामा परिहाल्यो भने यसविरुद्ध उजुरी गर्नु ।