सवारी चालक अनुमति पत्र लिन ईच्छुकले परिक्षा पास गरेको एक महिना भित्र सवारी अनुमति पत्र (लाइसेन्स) पाउने भएका छन् । गत वर्ष यातायात व्यवस्था विभागले खरीद गरेको ‘मास प्रिन्टर’ ले ठूलो क्षमतामा अनुमति पत्र ( लाइसेन्स ) छपाई गर्न सक्ने भएपछि नयाँ सवारी चालकले आफू परीक्षामा पास भएको एक महिना भित्र लाइसेन्स प्राप्त गर्न सक्ने भएका हुन् ।
यातायात व्यवस्था विभागले अनुमति पत्रको परीक्षा पास गरेका सेवाग्राहीलाई एक महिना भित्रमा लाइसेन्स दिइसक्ने योजना बनाएको यातायात विभागका रामचन्द्र पौडेलले बताए । प्रिन्टरको क्षमता एक घण्टामा ४५० अनुमति पत्र छाप्न सक्ने रहेको छ । एक दिनमा १० घण्टा सञ्चालन गर्दा पनि ४ हजार ५०० छापिने र २४ घण्टा चलाए १० हजार बढी छापिने उनको भनाइ छ । विभागले कोभिड–१९ नियन्त्रणका लागि सरकारले जारी गरेको बन्दाबन्दीको समयमा तीन ‘सिफ्ट’ मा उपकरण सञ्चालन गरेको थियो । ‘कति घण्टा चलाउने भन्ने कामको चापमा भर पर्छ निर्देशक पौडेलले बताए ।’
अहिले तत्काल कार्ड स्टक थोरै संख्यामा भएकाले छाप्न नसकिएको भए पनि नयाँ कार्ड आउना साथ लाइसेन्स छपाइ तिब्र हुने छ । विभागले १४ लाख कार्ड खरीदका लागि प्रक्रिया अघि बढाएको निर्देशक पौडेलले खुलासा गरे । कोभिड–१९ का कारण झण्डै १० महिनादेखि अवरुद्ध नयाँ लाइसेन्स सरकारले गत पुसमा पुनः खुलाएको थियो । देशभरबाट अनलाइन माध्यमबाट पाँच लाखभन्दा बढी सेवाग्राहीले आवेदन दिएकाले ती मध्ये ३० प्रतिशतको हाराहारीमा पास दर हुँदा नयाँ मात्र १४ लाख कार्ड एकै पटक तयारी अवस्थामा राख्नु पर्ने आँकलन रहेको विभागका निर्देशक पौडेलले तर्क गरे ।
‘मास प्रिन्टर’ सँगै विभागमा साना क्षमताका उपकरण पनि छन् । तत्कालका लागि तीनको प्रयोग नभए पनि प्रयोग गर्न सकिने अवस्थामा रहेको विभागको भनाइ छ । विगत दुई वर्षदेखि प्रदेश सरकार अन्तर्गतका यातायात व्यवस्था कार्यालयले नयाँ लाइसेन्सको परीक्षा संचालन, नविकरण र वितरण गरिरहेका छन् ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)