श्रीधरराज भण्डारी (सचिव)
विकास नेपाल, पर्सागणतन्त्र आफैमा राम्रो व्यवस्था हो । गणतन्त्रको अनुभूति सामान्य रुपमा जनतालाई दिनु पर्ने सेवा सुविधा हो । किसानलाई उन्नत बिउ र मलको समस्या छ । अस्पतालमा उपचार गर्न जनताले अप्ठ्यारो महशुस गरेका छन् । स्वास्थ्य बिमा गर्ने जनताले छिटो छरितो स्वास्थ्य सेवा पाएका छैनन् । विमाका बिरामीहरुको उपचार छिटो छरितो हुन सकेको छैन । अन्य सरकारी कार्यालयमा जादाँ पनि काममा ढिला सुस्ती गर्ने गरिरहेको भेटिन्छ । जसले अवैध रकमको चलखेल गर्छ उसको काम छिटो–छिटो हुने गरेको पनि देखिन्छ । गणतन्त्र राम्रो व्यवस्था हुदाँहुदैँ पनि जनतामा गणतन्त्र प्रति नैराश्यता भने छ । शिक्षा, स्वास्थ्य, रोजगारको क्षेत्रमा जनतालाई प्रत्यक्ष लाभ हुने गरी दिनु पर्ने सेवा सुविधाको लागि व्यवस्था मिलाउन सरकारले नसकेको हुनाले जनतामा नैराश्यता छाएको हो । यता तर्फ सरकारहरुले ध्यान दिनु पर्छ ।
जुली श्रेष्ठ (अध्यक्ष)
सृजनशील आमा समूहदेशमा गणतन्त्र ल्याउनकालागि हामी पहिला उत्सुक थियौं । हामी सबैमा उल्लास थियो । हामी जनताले जे सोचेको थियो, त्यसको परिणाम पाउन सकेका छैनौं । देशमा गणतन्त्र आएपछि देश र जनतामा जुन परिवर्तन आउँछ भन्ने सोच थियो । जनताले सोचे अनुरुपको काम हुन सकेको छैन । देशमा भएका कलकारखानाहरु सरकारको पहलमा खुलेर रोजगार दिन सकेको भए राम्रो हुन्थ्यो । देश र जनताको आर्थिक अवस्थामा सुधार हुने थियो । संचालन भइरहेका कलकारखानाहरु पनि बिस्तार बन्द हुदैँ गएका छन् । रोजगारकालागि युवाहरु परिवार छाडेर विदेश जान बाध्य भइरहेका छन् । कृषि प्रधान देश भए पनि किसानले समयमा उन्नत बिउ, रसायनिक मल पाउन सकेका छैनन् । कृषि क्षेत्र, उद्यमहरुमा युवालाई अनुदान दिएर स्वरोजगार बनाउनु पर्नेमा युवाको विदेशी रेमिटान्सबाट नेताहरुले देश चलाएका छन् । यो ठूलो विकृति बढ्दै गएको छ ।
ताजुदिन अन्सारी (अध्यक्ष)
नेपाल औषधी व्यवसायी संघ, पर्सागणतन्त्रमा जनताले केही नपाएको भन्ने कुरा होइन । तर जनताले जति पाउने अपेक्षा गरिएका थिए । सो अनुरुप पाउन सकेको अवस्था भने होइन । गणतन्त्रमा गाउँगाउँ पुग्ने सडकहरुको विकास अपेक्षाभन्दा धेरै भएकै छ । देशभरीका सडकहरु फराकिलो भएका छन् । यातायातको सुविधा जनताले उपयोग गर्न पाएका छौं । वैदेशिक रोजगारीकामा युवाहरु विदेश पलायन भइरहेका छन् । गणतन्त्रको मूल विक्रिति भएको मध्ये एउटा विकृति युवा पलायन हुनु हो । गणतन्त्रमा धेरै कुरा पाएका पनि छौं । जनताले धेरै आशा राखेका कुरा पुरा हुन सकेका छैनन् । वीरगंज बोर्डरसँग जोडिएको छ । रक्सौलका बजार नेपाली मानिसले भरिएको छ । नेपाली त्यहाँ खाद्यान्न, लता–कपडादेखि औषधीहरु किन्न त्यहाँ पुग्ने गरेका छन् । नेपालमा १६ प्रतिशत छुट दिन्छ भने रक्सौलको औषधी पसलमा २० प्रतिशतदेखि ९० प्रतिशतसम्म छुट पाइन्छ भन्ने । गणतन्त्रको उपलब्धी जनताले अपेक्षा गरेजति हुन सकेन । शिक्षाकोस्तर माथि छ । तर शिक्षा संचालन गर्ने उच्च तहमा केही व्यक्तिगत स्वार्थ देखिएकाले चाहे अनुरुप शिक्षाको गुणस्तर बढ्न सकेको छैन ।
रामजनम प्रसाद महतो (व्यवस्थापक)
सुनौलो बचत तथा ऋण सहकारी संस्था लि.गणतन्त्र कुनै पनि देशको दिगोपना, विकास, समृद्धिकोलागि राम्रो हो । लगभग १० वर्षदेखि गणतन्त्र दिवस मनाउदै आइरहेका छौं । कोरोना कहरको समयमा दुःखदायी जीवनयापन गरेका छौं । कोरोना अघि गणतन्त्र दिवसलाई खुशी हर्सोल्लासका साथ मनायौं । कोरोना पछि गणतन्त्र दिवस हौसल्लाका साथ मनाउने आशा गरेका थियौं । तर सोचे अनुरुप महशुस गर्न पाएका छैनौं । देशमा अर्थतन्त्रको दृष्टिकोणले जनता धेरै कमजोर भइसकेका छैन् । जनताको आर्थिक अवस्था कमजोर भएको हुनाले आफ्नो सन्तानलाई राम्रोसँग पालनपोषण गर्न सकेका छैनन् । आफ्नो इच्छा अनुसार जीवनयापन गर्न सकेका छैनन् । पटक–पटक सरकार फेरिरहनुले देशको आर्थिक अवस्थामा समस्या आएको छ । गणतन्त्र दिवस मनाइरहदाँ खुशी हुने दिन भएता पनि हामीले खुशी हुन सकेका छैनौं । गणतन्त्र आएको बेलादेखि तराईमा पनि धेरै विकास भएको छ । गणतन्त्र आउनुभन्दा अगाडी गाउँगाउँमा बिजुली बत्ति, ढलान सडक, प्लस टु कलेज, नापी शाखा, मालपोत कार्यालयका शाखाहरु अहिले पुगिसकेका छन् ।
राजनन्दन मिश्रा (सदस्य)
जनमत पार्टी, मधेश प्रदेशसंविधानमा भएका कमजोरीहरुलाई समयमा सच्याउनु पर्छ । आर्थिक, सामाजिक, स्वास्थ्यका विषयहरु र आम दलित, जनजाति, मुस्लिम, मधेशी सम्पूर्ण सम्वाहकहरुको हक अधिकारलाई सुनिश्चित गर्नकालागि संविधान भित्र छुटेका कुराहरुलाई दलहरु मिलेर संशोधन गर्नुपर्छ । आम जनताको मनोभावनालाई बुझेर संविधान संशोधन नगर्दा गणतन्त्र व्यवस्थाप्रति वितृष्णा भएको हो । तर गणतान्त्रिक प्रणाली राम्रो हो । दलका भ्रष्ट नेताहरुको बोली, व्यवहार,आचरण, परिपक्वता, दुरदर्शिता नभएको कारणले गर्दा गणतान्त्रिक प्रणालीमा जनता दुखी भएको हुन् । गणतन्त्रप्रति वितृष्णा भएको होइन । दलिय वर्गका नेताहरुका कारण जनताले वितृष्णा पोखिरहेका छन् । यो दुःखद् अवस्था हो । गणतन्त्र व्यवस्थालाई सुदृढ गर्नकालागि आफ्नो पार्टी भित्र पनि जनतालाई अनुभूति दिनकोलागि सम्पूर्ण जनताले राम्रो शिक्षा, स्वास्थ्य र सुशासन पाओस् । हरेक जनताको मनोभावनालाई संविधान भित्र संशोधन मार्फत जनताको हक, अधिकार सुनिश्चित हुनुपर्छ । गणतान्त्रिक व्यवस्था एकदम राम्रो व्यवस्था हो । गणतन्त्रमा नै सबैको हक, अधिकार सुनिश्चित हुन सक्छ ।
शम्भु यादव (संचालक)
अमृत पुस्तक भण्डार, वीरगंजनेपालमा गणतन्त्र आउनु पहिलाको अवस्थाभन्दा गणतन्त्र आएपछि धेरै परिवर्तन भएको छ । गणतन्त्रवादी नेताहरुले नेपालमा गणतन्त्र ल्याउनु अघि जनतासँग गरेको वाचाहरु पक्कै पुरा गरेका छैनन् । गणतन्त्र आइसकेपछि गणतन्त्रवादी नेताहरुको हातमा पावर आयो । शासन सत्ता चलाउने अवसर पाए । जनताको हकहितमा फलदायी काम भने गर्न सकका छैनन् । गणतन्त्रवादी नेताहरु स्वार्थी, व्यक्तिवाद, परिवारवाद भए । देशभक्त हुन सकेनन् । त्यसैले जनताको हकहितमा काम गर्न सकेनन् । पहिलाको व्यवस्थाभन्दा गणतन्त्र राम्रो व्यवस्था हो । गणतन्त्र व्यवस्था भनेको जनताको हकहितको लागि ल्याएको व्यवस्था हो । नेपालमा गणतन्त्रको आवश्यक्ता छ । गणतन्त्रवादी नेताहरुको विचारमा कमी भएको छ । गणतन्त्रवादी शासक शासकले जनताको हकहितमा काम गर्नुपर्छ । विगतका कुरालाई आत्मसमिक्षा गर्दै जनताहरु के मा खुशी हुन्छन् । देशको भलो केमा छ भन्ने तर्फ गणतन्त्रवादी नेताहरुले सोचेर काम गर्नुपर्छ ।
सुनिता दाहाल (समाजसेवी)
वीरगंज वडा नं.–५
गणतन्त्र आएपछि जनताले जुन उपलब्धि पाउने आशा गरेका थिए । त्यो उपलब्धि पाउन सकेको छैनन् । अहिले पनि गणतन्त्र आएपछि युवाहरु विदेश पलायन हुन रोकिन्छ । देशमा नै रोजगारीको सृजना हुन्छ । युवाहरुले देशकोलागि नै श्रम पसिना बगाउने छन् भन्ने सोच हरेक जनताको थियो । तर अहिले पनि युवा वैदेशीक रोजगारकोलागि विदेश पलायन भइरहेका छन् । वैदेशिक रोजगारमा गएका युवाहरुको रेमिटान्सले सरकारले देश चलाइरहेका छन् । गणतन्त्र आफैमा राम्रो व्यवस्था हो । गणतन्त्रलाई चलायमान गर्ने नेतृत्वकर्ता सक्षम, निस्वार्थी नहुनाले जनताले सास्ती भोग्नु परेको छ ।