श्रावण महिनामा कृषिकर्म सम्पन्न गर्न किसानहरुलाइ भ्याइ न भ्याइ भएको हुन्छ । आषाढ़ महिनामा वर्षे बाली धानको रोपाइ भइसकेको हुन्छ । श्रावण महिनामा धानको गाज आउन थाल्दछ । नेपालको प्रमुख खाद्यात्रको रूपमा धान बाली अति महत्वपूर्ण त हुन्छ नै साथै धार्मिक रूपले पनि श्रावण महिना अति नै महत्वपूर्ण हुन्छ । श्रावण पूरै महिना शिवमय रहेको हुन्छ । अन्य महिनाहरुमा शिवार्चन गर्नकोलागि शिववासको साइत जुराउनु पर्दछ तर श्रावण महिनाको प्रतिपदा देखि पूर्णिमासम्म त्यसको आवश्यकता पर्दैन । श्रावण महिनामा हिन्दू धर्मावलम्बिहरुले पवित्र जलाशयबाट जल भरि देश विदेशका विभित्र शिवमन्दिरमा जलाभिषेक गर्ने परम्परा रहेको पाइन्छ जसलाइ काँवर यात्रा पनि भन्दछन । यसै महिनामा पार्थिवपूजन, रूद्राभिषेक, लखराँव, सोमारी व्रत आदि शिवजीलाइ प्रसत्र पार्नकोलागि गर्ने गरिन्छ ।

हिन्दू धर्ममा देउताहरुको संख्या तेतीस कोटी रहेको जनविश्वास छ । त्यस मध्ये कुनै पनि देउता कुनै अर्को देउता भन्दा बढी वा कम्ति महत्वका छैनन । अतः हिन्दूहरुले प्रत्येक देउताको पूजा–आजा गर्नु नै पर्द छ जुन प्रायः सम्भव हुदैन । यसको समाधानकोलागि हाम्रा पुर्खा–पुरानीयाहरुले एउटा बड़ो वैज्ञानिक ढङ्गको उपायको परिकल्पना गरेका थिए जुन हाम्रो गांउ–ठांउमा अद्यापि पनि प्रचलीत नै रहेको छ । उनीहरुले देउताहरुको तीन भाग गरेका थिए–ग्राम देउता, कुलदेउता तथा इष्ट देउता । ग्रामदेउताको पूजा आजा गाँउभरिका हिन्दूहरुले सामुहिक रूपमा गर्ने गर्दछन । ग्राम देउताको मन्दिरको स्थापना प्रायः गांउको पूर्व दिशामा गरिए हुन्छ जसलाइ ब्रह्मबाबाको मन्दिर भन्दछन । गांउको पश्चिम वा उत्तर दिशामा देवीको मन्दिर स्थापना भएको हुन्नछ जसलाइ सातोमाइको मन्दिर भन्दछन ।
ब्रह्मबाबा देउताको पुलिङ्ग रूप हो तथा सातोमाइ देउताको स्त्रीलिङ्ग रूप हो । ब्रह्मबाबालाइ गांउको मालीकको रूपमा तथा सातोमाइलाइ मातृशक्ति स्वरूपा दैवी शक्तिको मान्यता रहेको हुन्छ । गांउमा बस्ने सम्पूर्ण जनको घरमा आयोजना हुने शूभ कार्यको सर्वप्रथम निम्तो यीनै देवी–देउताहरुलाइ दिइन्छ तथा यिनीहरुबाट नै आर्शिवाद लिएर सम्पन्न हुन्छ । बीरगञ्जमा स्थापित रहेको माइस्थान मन्दिर, वीरतामाइको मन्दिर तथा प्रत्येक गांउमा स्थापित माइस्थानहरु यसका उदाहरण हुन । पुरााणमा दुर्गा भगवतीको नौवटा रूप रहेको भन्ने उल्लेख रहे पनि गांउका मातृरूपा शक्तिस्थलहरुमा सातवटा पिड़ीया मात्र स्थापित रहेको हुन्छ । त्यस्तै परिकल्पना अनुसार प्रत्येक परिवारको आफ्नो वेग्ला वेग्लै कुल देवी–देउताहरु रहेका हुन्छन जसको पूजा आजा त्यस कुलका मानिसहरु मात्रले गर्ने गर्दछन । कसैको कुल देउता शोखाबाबा हुन्छन, कसैको कालीमाता, कसैको नरसिंह भगवान त कसैको महावीरजी आदि कुल देउता हुन्छन । त्स्तै इष्ट देउता व्यक्ति पिच्छे फरक फरक हुन्छन जस्को पूजा व्यक्तिगत रूपमा गर्ने गरिन्छ ।
तस्बिर : सौजन्यवस्तुतः विभिन्न पूजाहरुको क्रम श्रावण महिनाको शुक्ल पञ्चमी तिथिदेखि थालनी हुन्छ । सबै भन्दा सो पञ्चमीको दिन विधिवत नाग पूजा गर्दछन जसलाइ नागपञ्चमी भन्दछन । त्यस दिन नाग पूजा गर्नुको साथै सोही दिन विभिन्न स्थानहरुमा महावीजीको झण्डा मेला पनि लाग्ने गर्दछ जसमा स्थानीय स्तरका पहलवानहरु बीच कुश्ति(दंगल, लड़ाइ) प्रतियोगिताको आयोजन हुने गर्द छ । त्यस दिन पछि सोही सप्तमी वा नवमीको दिन मदेशी समुदायका घर घरमा कुल पूजा हुने गर्दछ । सप्तमी वा नवमी तिथिको दिन रात्री समयमा बेलको पातले गाँउको सातो मन्दिरमा मेहदी अर्पण गर्ने गरेको परम्परा छ जसलाइ ‘बेलपानी’ भन्दछन । देवीलाइ सृंगारकोलागि मेहदी अर्पण गरेर परिवारका आइमाइहरुले आफ्नो धन सम्पति तथा आइमाइहरुका साथै लोग्ने मान्छेहरुलाइ शरीरको कुनै अङ्गमा मेहदीको टिका लगाइदिने प्रचलन छ । सोही दिन देवीलाइ मेहदीको साथै सृंगारसामग्री अर्पण गरेपछि सधवा आइमाइहरुले हरियो सारी, चूरा तथा अन्य सृंगारका सामग्रीहरुको प्रयोग थाल्दछन ।
त्यसपछि श्रावणको पूर्णिमा आउदछ । श्रावण महिनाको पूर्णिलाइ जनै पूर्णिमा, रक्षाबन्धन तथा राखी त्योहार पनि भन्दछन । तराइ तथा नेपालको पहाड़ी र हिमाली प्रदेशका विभिन्न वासिन्दाहरुमा पनि यो अवसर महत्वपूर्ण रूपमा मान्ने परम्परा रहेको छ । कतै जनै पूर्णिमाको पर्व त कतै क्वाटी खाने परम्परा त कतै दाज्यु–भाइ र दिदी–बहिनी बीच स्नेहमय राखी पर्वको उत्साह ! श्रावण महिना वास्तवमा एक महिनासम्म विभिन्न कारणले अति महत्वपूर्ण अवसरको रूपमा मनाउने गरिन्छ ।
यस वर्ष नेपालको साथै सम्पूर्ण विश्वकै जनजीवन अस्त–व्यस्त र त्रस्त छ । यस्तो अवस्थामा समयानुसार श्रावण महिना पनि लागि नै सकेको छ । धार्मिक रूपले यो महत्वपूर्ण महिना भए पनि कसैको मनमा कुनै पनि किसिमको उत्साह–उमङ्ग देखिइरहेको छैन तर परम्परा अनुसारको पूजा आदि तथा पारम्परिक चलनको पालन गर्नु पर्ने वाध्यता त छंदै छ । यस्तो स्थितिमा कोरोना संक्रमणको प्रसार रोक्नकोलागि आवश्यक सावधानी दृढ़ता पूर्वक पालन गर्नु अनिवार्य छ । ग्रामदेउताको सामुहिक पूजामा सामाजिक दूरी, अनावश्यक भीड़–भाड़बाट बचौ, सचेत तथा सतर्क रहौं । माथि उलैेखित पूजाकोलागि आवश्यक सामग्री कित्र सकभर बजार न गएर सम्भव भएसम्म स्थानीय स्तरबाटै परिपूर्ति गरौं । राखी बाध्नकोलागि दिदी बहिनीको घरमा जानु अथवा उनीहरुलाइ घरमा बोलाउनु अत्यन्त जोखिमपूर्ण हुनेछ ।
अतः आउ–जाउ गर्नु भन्दा सो काम अथवा शूभकामना वा आशिष आदान–प्रदान गर्नकोलागि सामाजिक सञ्जालको प्रयोग गरेर यसको समाधान गर्न सकिन्छ । सकभर त्यस्तै गरौ–आपूm बचौ तथा अन्य स्नेही आफन्तलाइ बचाऔं । जान रहे, जहान रहे...!
पिसिआर परिक्षणमा तिब्रता | हरेक वडामा टेष्ट गरिने | Madhya Nepal
निषेधाज्ञाले सुनसान वीरगंज, कोरोना संक्रमित राख्ने ठाउँको अभाव | Madhya Nepal TV
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
अर्बौको प्रोजेक्ट, दशकौँको पिडा, शहरमा बाढी | रमिते सरकार | Madhya Nepal TV
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
एकल महिलालाई बोक्सीको ओरोपमा पेटीकोट मै गाऊँ परिक्रमा | यसरी पोखिन ती कालो दिनको दुर्वयव्हार !
नेपालमा भारतीय हस्तक्षेप अक्ष्मय,वीरगंजको दुतावास हटाईनुपर्छ | दुईवटा दुतावास किन ? युवा नेता गुप्ता
वीरगंजमा यूवा समाजकाे भुमिका के ? सरकारलाई जवाफदेही नबनाउने, आफैले समाजसेवामा लाग्नुकाे कारण के !
यस्तो छ वीरगंज महानगरमा बाढी तथा उद्धारको तयारी | राजा नभई सेवक भएर काम गरिरहेको छु नगरप्रमुख सरावगी
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा |
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न