१. ग्यासट्राइटिस् के हो ?
ग्यासट्राइटिस्लाई साधारण बोलीचालीको भाषामा ग्यास्टिक भनिन्छ । खाएको कुनै पनि खाना खाना नलीको माध्यामबाट पेटमा जम्मा हुन्छ । पेटको काम खानालाई मसिनो पारेर पाचन प्रणाली हुदै सानो आन्द्रामा पुग्छ । सानो आन्द्राबाट शरीरले चाहिने तत्वहरु लिन्छ । नचाहिने तत्वलाई ठूलो आन्द्रासम्म पु¥याएर दिसाको रुपमा बाहिर निकाल्छ । ग्यासट्राइटिस् भनेको हामीले खाएको खाना गएर बस्ने ठाउँको बाहिरी सतहको भागमा कुनै किसिमको इन्फेक्सन हुनु, घाउ हुनुलाई ग्यासट्राइटिस् भनिन्छ ।
२.ग्यासट्राइटिस्मा कस्ता लक्षणहरु देखिन्छ ?
ग्यासट्राइटिस्को विभिन्न लक्षणहरु देखिन्छ । खाएको खाना नपच्ने, वाकवाकी लाग्ने,थोरै खाएपनि पेट ढुस्स भएर आउने, थोरै खाएपनि अघाउने, बिरामीको तौल घट्दै, पेट दुखेर आउने, अल्सर भएपछि रातिराती पेट दुख्ने हुन्छ । यस्ता कुनै पनि लक्षण भएमा ग्यासट्राइटिस् भएको बुझ्न सकिन्छ ।
३.ग्यास्टिक के कारणले हुन्छ ?
समाजमा ग्यास्टिक हुने ९० प्रतिशत खानपान राम्रो नभएको कारण नै ग्यास्टिक भएको हो । खाना पानीबाट सर्ने ब्याक्टेरीलाई हेलिको ब्याक्टर पाइलोरी (एच पाइलोरी) भनिन्छ । हामीले खाएको खानाको माध्यामबाट व्याक्टेरीया पेटमा पुग्छ । पेटको लड्ने क्षमता कम भएपछि पेटको सतहमा घाउ बनाउन सुरु गर्छ । नर्मल रुपमा भएको एसिडले खानालाई पचाउने काम गर्छ । बढी एसिड भएपछि पेटमा घाउ बनाउन सुरु गर्छ । त्यहि घाउ बन्दै गएर पछि अल्सरमा परिणत हुन्छ । अल्सरको उपचार समयमा गरेन भने क्यान्सर हुन्छ । जसको उपचार पछि गर्न गाह्रो छ ।
४. ग्यास्टिकको बिरामीलाई अल्सर कसरी हुन्छ ?
पेट दुखिरहेको छ । ग्याँसको औषधी किनेर खाइरहेको छ । वाकवाक लागिरहेको छ । वान्ता गरिरहेको छ । तौल घटिरहेको छ । खानेकुरा अपच भइरहेको छ । यस्ता कुरालाई वास्ता नगरेर बस्दा ग्यास्टिकले पनि अल्सर हुन्छ । अर्को खानपान र पानीबाट हुन्छ । अहिले मधेशमा पानीको हाहाकार भएको छ । जताततैबाट निकालेको पानी हामीले खाइरहेका छौं । त्यो मिसावट पानीलाई नतताई, फिल्टर नगरिकन त्यसै खान्छौं । भने पेटको सहन सक्ने क्षमता छैन । त्यहीबाट नै इन्फेक्सन भएर ग्याँस्टिक बढेर अल्सर हुन्छ । डक्टरको सिफारिस बिना नै औषधी पसलहरुबाट दुखाई कम हुने औषधीहरु निम्स, ब्रुफिन किनेर खाइदिदाँ भित्र गएर एसिड बनाउँछ । जसले अल्सर गराउँछ । नशालु पदार्थ सेवन गर्ने मानिसलाई पनि अल्सर हुने सम्भावना हुन्छ । मानिसलाई तनाबको कारणले पनि ग्यास्टिक भइरहेको छ । पोस्टा ग्ल्याण्डिङ्ग भन्ने हर्मोन शरीरमा हुन्छ । धेरै तनाब भएपछि निस्कने हर्मोनलाई रोकदिन्छ । यो हर्मोनको काम पेटको सतहलाई बचाएर राख्ने हो । पेटमा अल्सर, घाउ हुन नदिने हो । त्यो हर्मोनको कमी भएपछि स्वत पेटमा घाउ हुन थाल्छ । बिरामीहरुले जीवनशैली परिवर्तन गर्नु पर्छ ।
५.ग्यास्टिकबाट बच्न कस्तो सावधानी अनाउनु पर्छ ?
कुनै पनि रोग भएको बिरामीहरुलाई बचाऊ र उपचारको मूल मन्त्र भनेको ३ डी हो । पहिलो डी भनेको डिसिप्लिन (अनुशासन) हो । अनुशासन मानिसको जीवनमा एकदमै महत्वपूर्ण छ । भनेको बिहान समयमा उठ्ने, व्यायाम गर्ने, मनिङ्ग वाक गर्ने मानिसलाई कुनै पनि रोग कम लाग्छ । दोस्रो डी भनेको डाइट हो । कस्तो खाना, पानी खाइरहेको छ । खाना राम्रोसँग पकाएर खाएको छ वा छैन । फास्टफूड, ठेलाको खाना खाइरहेको जुन खाना पचाउन सक्दैनन् । तेस्रो डी भनेको (ड्रग्स) औषधी हो । पहिलो र दोस्रो डी मा बचाउन सकेमा तेस्रो डी मा जानु पर्दैन । पहिलो र दोस्रो चरण व्यक्तिको हातमा हुन्छ भने तेस्रो चरणको उपचार डक्टरको हातमा हुन्छ । जुन औषधीको माध्यमबाट उपचार गरिन्छ । ग्यास्टिक कस्तो चरणमा छ हेरर त्यसको उपचार गरिन्छ ।
६. ग्यास्टिकको उपचार कसरी गरिन्छ ?
जहाँत्यहीबाट औषधी किनेर खानु हुदैन । धेरै ग्यास्टिकको औषधी खाएर पनि पेटको क्यान्सर भइरहेको छ । ग्यास्टिकको औषधी धेरै सेवन गरेर क्यान्सर भएको तथ्यांकहरु पनि हामीसँग छ । त्यसैले ग्यास्टिक भइहाल्यो भनेर औषधी किनेर खाइहाल्नु हुदैन । हरेक मानिसले आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नुपर्छ । खानपानमा ध्यान दिनु पर्छ । त्यसबाट पनि भएन भने चिकित्सकसँग सल्लाह लिनु पर्छ । ग्यास्टिकको उपचारकोलागि दुई तिनवटा विधिहरु छन् । के कारणले वान्ता भइरहेको छ, पेट दुखिरहेको छ ? इन्डोस्कोपीबाट उपचार गर्छौ । इन्डोस्कोपी भनेको क्यामेरा लागेको पाइपको नली जस्तो हुन्छ । जुन पेट भित्र मुखबाट छिराएर पेटको आमाशयदेखि लिएर सानो आन्द्रासम्म हेर्ने प्रविधि हो । यसबाट बिरामीलाई के भएको छ ? के गर्ने भन्ने एकिन गर्न सकिन्छ । घाउ छ भने घाउको उपचार गर्ने । अल्सर छ भने अल्सरको उपचार गर्ने । साधारण ग्यास्टिक छ भने ग्यास्टिकको उपचार गर्ने । अचेल भरी गाउँ, शहर जताततै रगतबाट एच पाइलोरीको परिक्षण गरिन्छ । परिक्षण पोजेटिभ हुने बित्तिकै औषधी खुवाइदिन्छन् । यो भनेको अपराध हो । बिरामीलाई एक वर्ष पहिला नै एच पाइलोरी भएको छ भने त्यसको एन्टीबडी शरीरमा बसेको हुन्छ । कोरोनाको भ्याक्सिन पनि एन्टिबडी हो । एन्टीबडीले परिक्षणमा पोजेटिभ देखाइदिन्छ । त्यो भनेको गलत रिपोट हो । यसैको आधारमा उपचार गर्नु जरुरी छैन । इन्डोस्कोपीबाट पनि यदि एच पाइलोरी पोजेटिभ देखाए पनि किराले पेट भित्र कुनै नोक्सान गरेको छैन भने त्यस्तो अवस्थामा पनि उपचार गर्न जरुरी हुदैन । साधरण ग्यास्टिकको औषधीले पनि ठिक हुन्छ । त्यसैले सबैले बुझ्न जरुरी छ ।
७. ग्यास्टिकको सबै बिरामीलाई इन्डोस्कोपी गर्न जरुरी छ ?
ग्यास्टिकको सबै बिरामीलाई इन्डोस्कोपी गर्न जरुरी छैन । ग्यास्टिक भएर अन्तिम अवस्थामा पुगेको बिरामीहरुमात्र ग्यास्ट्रो क्लिनिकमा आउने गरेका हुन्छन् । औषधी मात्र होइन सुई नै लगाएको हुन्छन् । ग्यास्टिकको साधारण बिरामीहरु ग्यास्ट्रो क्लिनिकमा आइपुग्दैनन् । ग्यास्टिक बिगारी सकेपछि मात्र ग्यास्ट्रो क्लिनिकमा आइपुगेका हुन्छन् । स्पेशलिष्टको काम भित्र के भएको छ हेर्ने र उपचार गर्ने हो । अत्याधिक औषधीको प्रयोगले हो । अल्सरले गर्दा हो कि नचाहिदो उपचार दिएर गर्दा भएको हो । पत्ता लगाएर उपचार गर्छौं ।
८. ग्यास्टिक भएको कति समय पछि अल्सर हुने सम्भावना हुन्छ ?
ग्यास्टिक भएको यति नै समयमा अल्सर हुन्छ भन्ने हुदैन । मानिसको शरीरको प्रतिरोधात्मक क्षमता अनुसार नै रोगले च्याप्ने गर्दछ । मानिसको शरीर हृष्टपुष्ट छ भने साधारण किराले पनि केही गर्न सक्दैन । जो मानिस चिनीको रोगी, थाइराइड र अन्य रोग भएको बिरामीलाई, ५० वर्षभन्दा माथिको उमेर भएका मानिसहरुमा छिटो अल्सर हुने सम्भावना हुन सक्छ । दुखाई हुनसाथ दुखाई कम गर्ने औषधी सेवन गर्ने मानिसहरुलाई अल्सर हुने सम्भावना बढ्छ ।
९.ग्यास्टिक र अल्सरका लक्षणहरु कस्ता हुन्छन् ?
साधारण ग्यास्टिकमा पेट फुल्ने, भोक नलाग्ने, वाकवाकी लाग्ने हुन्छ । अल्सर विभिन्न प्रकारका हुन्छन् । पेटको अल्सर, आन्द्राको अल्सर, खाना नलीको पनि अल्सर हुन्छ । सबै अल्सर भएमा पेट दुख्ने हुन्छ । आन्द्राको अल्सर छ भने रातिराती पेट दुख्छ । पेटकोे दुखाई छ भने खाना खानसाथ पेट दुख्छ । वान्ता आाउने, पछिपछि गएर मुुखबाट रगत आउने, तौल कम हुदै जाने हुुन्छ ।
१०.अल्सरको उपचार कसरी गर्न सकिन्छ ?
पहिला पेटको कारणले धेरै अप्रेशन भएका छन् । अहिले नयाँ–नयाँ प्रविधिहरु धेरै आएका छन् । अहिले पेटको अप्रेशन हुनबाट धेरै रोकिएको छ । पहिला आन्द्रा फुटेर पेटमा पानी जमेको कुराहरु सुन्न पाइन्थ्यो । मृत्यु पनि भएको थियो । अहिलेको अनुपात हेर्दा पहिलो अवस्थामा नै पत्ता लगाई उपचार गरिन्छ । बिरामीहरुमा पनि सचेतना आएको छ । समयमा नै अस्पताल आउँछन् । अल्सरबाट क्यान्सर हुने सम्भावना बढी भएकोले पेटको उपचार समयमा गरेर क्यान्सर हुनबाट केही रोकिएको छ । तर पनि समाजमा महिनाको ४÷५ जना क्यान्सर रोगी निस्किरहेको पाइन्छ ।
११.इन्डोस्कोपी गर्दा गाह्रो हुन्छ भनिन्छ नि ?
पहिलो पटक कुनै पनि काम गर्दा अप्ठ्यारो जस्तो लाग्छ । इन्डोस्कोपी गर्दा कुनै दुखाई हुदैन । यो पेन लेस प्रविधि हो । जान्ने, पढेलेखेको अनुभवी विशेषज्ञले सजिलोसँग गर्दछन् । हामीले खाना खाएको जस्तो मात्र अनुभव हुन्छ । बिरामीहरु डराएर मात्र गाह्रो लागेको हो । इन्डोस्कोपी गर्दा बेहोस बनाइदैन । त्यसैले गाह्रो हुदैन ।
१२. अन्त्यमा अझ के सुझाव दिनुहुन्छ ?
कुनै पनि रोगबाट बच्न आफ्नो जीवनशैलीलाई परिवर्तन गर्नु पर्छ । समाजलाई उत्थान गर्न सकिन्छ । ३ डीको धारणामा हामी हिड्न सकेमा हाम्रा बच्चाले पनि त्यही धारणा सिक्न सक्छन् । हामीले खाएको खानपान, अनुशासनबाट ५० प्रतिशत रोगकोलागि चिकित्सककोमा जानु पर्दैन । बाँकी ५० प्रतिशत रोगलाई उपचार गर्छौं । अन्तिम अवस्था नपुगेसम्म उपचार सम्भव छ ।