रुसले युक्रेनमाथि हालसम्मकै सबैभन्दा ठूलो हवाई आक्रमण गरेको छ, जसमा राजधानी कीभको मुख्य सरकारी भवनमा आगलागी भएको छ र कम्तीमा चारजनाको मृत्यु भएको छ । मृतकमध्ये एक शिशु पनि रहेको युक्रेनी अधिकारीहरूले जनाएका छन्।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्की का अनुसार ड्रोन र क्षेप्यास्त्र आक्रमणले देशको उत्तर, दक्षिण र पूर्वका विभिन्न क्षेत्रमा क्षति पुर्याएको छ । प्रभावित क्षेत्रमध्ये जापोरिझ्झिया, क्रिभी रिह, ओडेसा, सुमी र चेरनिहिभ रहेका छन्।
जेलेंस्कीले एक्स (पूर्व ट्विटर) मा लेख्दै भने, “यी हत्या जानाजानी गरिएको अपराध हुन्, जब कूटनीतिक संवाद सुरु हुन सक्थ्यो। यसले युद्धलाई लम्ब्याइरहेको छ।” उनले युक्रेनका मित्रराष्ट्रलाई हवाई प्रतिरक्षा प्रणाली अझै मजबुत बनाउन आग्रह गरे।
कीभमा सरकारी भवनमा आगलागी
आक्रमणपछि बिहानको सुर्य उदाउँदै गर्दा कीभको ऐतिहासिक पेचेर्स्की जिल्लास्थित मुख्य सरकारी भवनको माथिल्लो तलाबाट बाक्लो धुवाँ निस्किरहेको देखिएको थियो। अन्य आवासीय भवनहरूमा पनि क्षति पुगेको छ। स्थानीय बासिन्दाहरू blanket ओढेर सडकमा जम्मा भई उद्धारकर्मीहरूले निभाइरहेका आगो नियालिरहेका थिए।
८०५ ड्रोन प्रक्षेपण
युक्रेनी वायुसेनाले जनाएअनुसार, रुसले एकै रातमा ८०५ वटा ड्रोन र १३ वटा क्षेप्यास्त्र प्रक्षेपण गरेको थियो। तीमध्ये ७५१ ड्रोन र चारवटा क्षेप्यास्त्र खसालिएको दाबी गरिएको छ। यो संख्या युद्ध सुरु भएदेखि हालसम्मको सबैभन्दा ठूलो हो।
युक्रेनकी प्रधानमन्त्री युलिया स्विरिडेन्को का अनुसार पहिलोपटक राजधानीको मुख्य सरकारी भवनमा आक्रमण भएको हो, जुन प्रतिकात्मक रूपमा ठूलो धक्का हो।
चार जनाको मृत्यु, २० भन्दा बढी घाइते
कीभको डार्नित्स्की जिल्लामा एक चारतले आवासीय भवनमा भएको आक्रमणमा शिशुसहित दुई जनाको मृत्यु भएको छ। पश्चिमी स्व्यातोशिन्स्की जिल्लामा नौतले भवन आंशिक रूपमा ध्वस्त भएको छ। भत्किएको ड्रोनको टुक्राले अन्य आवासीय भवनहरूमा पनि आगलागी भएको मेयर भिताली क्लिच्को ले बताए।
आन्तरिक मन्त्रालयका अनुसार आक्रमणमा २० भन्दा बढी घाइते भएका छन्। राजधानीमा ११ घण्टा लामो हवाई सतर्कता जारी गरिएको थियो।
अन्तर्राष्ट्रिय प्रतिक्रिया र समर्थनको माग
पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्क ले रुसविरुद्ध ढिलो र कमजोर प्रतिक्रिया दिने रणनीतिले काम नगरेको टिप्पणी गरेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रों सँग राष्ट्रपति जेलेन्स्कीले फोनवार्ता गर्दै आगामी कदमबारे छलफल गरेका छन्।
युक्रेनले आफ्ना सहयोगीहरूसँग नयाँ बैठकको तयारी गरिरहेको छ, जसमा हवाई प्रतिरक्षा र गहिरो प्रहार क्षमताबारे सहयोग मुख्य एजेन्डा हुने बताइएको छ।
युक्रेनको प्रतिआक्रमण : रुसको तेल पाइपलाइनमा प्रहार
युक्रेनी सेनाले रुसको ब्र्यान्स्क क्षेत्रस्थित द्रुझ्बा तेल पाइपलाइनमा ठूलो क्षति पुर्याएको दाबी गरेको छ। यसलाई रुसको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। साथै क्रेमेन्चुक शहरमा डजनौं विस्फोट भए, जसका कारण बिजुली अवरुद्ध र डिनिप्रो नदीको पुल क्षतिग्रस्त भएको मेयरले जनाएका छन्।
दक्षिणी ओडेसा शहरमा आवासीय भवन र नागरिक पूर्वाधार क्षतिग्रस्त भएका छन्, जसमा तीनजना घाइते भएका क्षेत्रीय गभर्नरले जनाए।