हरि राउत कुर्मी शिक्षा क्षेत्रको लागी नौलो नाम भने पक्कै होईन । हाल पर्सा जिल्लाको शिक्षा विकास तथा समन्वय ईकाई पर्साको प्रमुख भई कार्य गदैछन । आजको अंकमा मध्य नेपाल सन्देशको लागी पर्सा जिल्लाको शिक्षाको अवस्था कस्तो छ ? र सुधार गर्नको लागी के कस्ता नीति तथा कार्य योजना बनाउनु पर्छ भन्ने बिषयमा केन्दि«त रहेर गरिएको कुराकानी जस्ताको त्यस्तै :
१) पर्सा जिल्लाको शिक्षाको अवस्था कस्तो छ ?
समग्र रुपमा भन्ने हो भने पर्सा जिल्लाको शिक्षाको अवस्था त्यति चिन्ताजक छैन । पछिल्लो एइइ र +२ को परिक्षाको अवस्था हेर्ने हो भने मर्यादित तरिकाले परिक्षा सम्पन्न भएको छ । म जिल्ला भरीको विद्यालयको अवलोकन गरिरहेको छु । पहिले भन्दा सुधार हुदै गइरहेको छ । विद्यालय व्यवस्थापन समितिको सकृता बढेको छ । ईजिआरपी कार्यक्रमले पनि धेरै परिवर्तनहरु आएका छन ।
२) अहिले माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहमा गएको छ, स्थानीय तहमा गईसके पछिको के फरक पाउनु भएको छ ? समस्या बढेको छ की घटेको ?
अहिले नै मुल्यांकन गर्ने बेला भईसकेको छैन । नयाँ संरचना गए पछि माध्यमिक तह सम्मको व्यस्थापन गर्ने जिम्मेवारी स्थानीय तहले पाएको छ । वहाँहरु व्यवस्थापन गर्दै हुनुहुन्छ । पहिले व्यवस्थामा श्रोत व्यतिmको व्यवस्था थियो त्यो अहिले छैन जसले गर्दा विद्यालयको अनुगमनमा कमी छ । बाकी त वहाँहरु गर्दै हुनुहुन्छ । अहिले सम्मपुर्ण अधिकार स्थानीय सरकारमा छ । पालिका प्रमुख, उपप्रमुख स्वयमले विद्यालयको अनुगमन गरेर व्यवस्थापनका लािग काम गर्दै हुनुहुन्छ । प्रत्येक पालिकामा शिक्षा हेर्ने व्यतिm तोकिएको छ । समग्रमा भन्नु पर्दा सुधार भईरहेको छ ।
३) प्रदेश नं. २ मा शिक्षा क्षेत्र पहिले देखि नै कमजोर छ, यस वर्षको एसइइ परिक्षाको नतिजामा प्रदेश कमजोर रहयो । लगानी अनुसार सामुदायिक विद्यालयको प्रतिफल कमजोर हुनुको कारण के हो जस्तो लाग्छ ?
राम्रो प्रतिफल ल्याउनका लागि सवैले आ आफनो जिम्मेवारी बुझनु पर्छ । सामुदायिक विद्यालयका शिक्षकहरु निजि विद्यालयको तुलनामा कुनै पनि किसिमले कमजोर हुनुहुन्न, तालिम प्राप्त हुनुहुन्छ, दक्ष हुनुहुन्छ । वहाँहरुले आफनो जिम्मेवारी बुझेर अध्ययन गराउनु पर्छ । निजि विद्यालयका अभिभावले आफनो बच्चाको पढाईको बारेमा चासो राख्नु हुन्छ तर त्यही सामुदायिक विद्यालयको अभिभावकले चासो राख्नु हुन्न । अहिले ईजिआरपीले त्यही कुरामा जोड दिएको छ की घरमा पनि पढने वातावरण होस । बच्चा विद्यालयबाट आए पछि पढाईको वारेमा अभिभावकको चासो होस । हामी सवै जना आ आफनो तर्फबाट बच्चाको पढाईमा चासो लियौ भने राम्रो हुन्छ ।
४) स्थानीय तहमा शिक्षालाई व्यवस्थित बनाउनका लागि ऐन, कानुनको आवश्यता छ तर धेरै स्थानीय तहले बनाउन सकेका छैनन यसका लागि तपाईहरुको तहबाट के पहल भईरहेको छ ? यसले प्रभाव पारेको छ की छैन ?
यसमा के छ भने संघिय ऐन बनिसके पछि प्रदेशले त्यसमा नबाझिने गरी ऐन बनाउछ । स्थानीय तहले कुनै पनि ऐन बनाउदा प्रदेशसंग स्वीकृती लिनु पर्छ । कतिपय स्थानीय तहले ऐन बनाएको छ तर जवसम्म संघ र प्रदेशको ऐन बन्दैन तवसम्म यसको प्रभावकारी कार्यान्वयन हुन सक्दैन । अहिले संघिय शिक्षा ऐन खारेज भएको छैन तर हामी स्थानीय तहसंग समन्वय गरेर काम गरिरहेका छौ । ऐन निर्माण नहुदाँ समस्या त भई नै रहेको छ ।
५) सामुदायिक विद्यालयमा लगानी बढी तर प्रतिफल प्राप्त हुन सकिरहेको छैन यसको कारण के होला ?
जुन विद्यालयमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति र शिक्षकको समन्वय राम्रो छ, आ आफनो जिम्मेवारी बहन गर्नु भएको छ त्यहाँ अवस्था राम्रो छ ।
जुन ठाउँमा गएर पढाउने मात्र काम भएको छ त्यो ठाउँको अवस्था कमजोर छ । अवको शिक्षण सिकाई भने कक्षामा मात्र गएर हुदैन । शिक्षकले पढाएको कुरा कति विधार्थी बुझे कतिले बुझेनन त्यसको मूल्यांकन स्वयमले गर्नु पर्छ । खाली किताव पाठ सकाएर हुदैन । आज मैले विधार्थीलाई के सिकाए ? बिधार्थीले कति कुरा सिके भन्ने कुरामा ध्यान दिनु पर्छ । अहिले प्रत्येक विद्यालयमा थप शैक्षिक सामाग्रीको व्यवस्था गरिएको छ त्यसको प्रयोग गरेर शिक्षकले पढाईलाई अझ राम्रो बनाउन सक्नु हुन्छ । हामीले आफनो तर्फबाट विद्यालयमा अनुगन तथा ईजीआरपी मार्फत शैक्षिक सामाग्रीको सहयोग तालिम दिने लगायतका काम गरिहरेका छौ । शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन तथा प्रधानाध्यपक सवैले वच्चाको सिकाई उपलब्धिलाई ध्यानमा राखे अगाडी बढयौ भने हाम्रो सामुदायिक विद्यालय कुनै पनि किसिमले निजि भन्दा कमजोर छैन ।
६ ईजीआरपी के हो यसको बारेमा बताईदिनस न ?
ईजीआरपी (भ्बचथि न्चबमभ च्भबमष्लन एचयनचबm) को नेपाली पुरा नाम हो प्रारम्भि कक्षा पढाई कार्यक्रम हो । एउटा शोधबाट पता लागेको छ की कक्षा २ का ३७ प्रशित र कक्षा ३ का १९ प्रतिशत विधार्थीलाई शुद्धसंग पढन आउदैन । यसबाट प्राथमिक तहको पढाईको अवस्था खस्केको प्रमाणित हुन्छ । यस अन्र्तगत बच्चाहरुलाई शुद्धसंग लय मिलाएर पढने, बोल्ने सिकाईन्छ । बच्चाहरु आफनो शिक्षक वा अभिभावकको अगाडी शुद्धसंग बोल्न, लेख्न सक्छन यसलाई नै ईजीआरपी भनिन्छ । विधार्थीमा बोल्ने कला भयो त्यही नै ईजीआरपी कक्षा भन्छौ । यो पर्सा जिल्लाको सवै विद्यालयमा लागु भएको छ । एक देखि तीन सम्मका कुनै बालबालिका शुद्धसंग पढने, लेख्ने र त्यसको अर्थ बताउन सक्ने बताउने नै यसको मुख्य काम हो ।
७) यो कार्यक्रम जिल्लामा कतिको सफल भएको छ ?
अहिले दुई कक्षाको विधार्थीको पढाई हेर्दा हामी छक्क पर्छाै । यो कार्यक्रम लागु हुनु भन्दा पहिले कक्षा ८ का विधार्थीहरुको लेखाई पढाई हेर्दा दुख लाग्थ्यो तर अहिले २÷३ कै बच्चाको शैली हेर्दा खुशी लाग्छ । अहिले शिक्षक विधार्थी सवैमा पढाई प्रतिको सोच परिवर्तन भईरहेको छ । कुनै पनि बच्चा अरुको अगाडी पढन सकेन भने मेरो बदनामी हुन्छ त्यसैले अहिले सवै शिक्षक आफनो बच्चाको पढाई प्रति जागरुक हुनु भएको छ । यो ईजीआरपीकै देन हो । पहिले भन्दा धेरै परिवर्तन भएको छ ।
८) कुनै समयमा पर्सा जिल्लाको परिक्षालाई मर्यादित बनाउन अभियान नै चलाउनु परेको थियो । यसमा कतिको परिवर्तन भएको छ ?
यसमा सत प्रतिशत परिवर्तन भएको छ । पछिल्लो एसइइको परिक्षामा कुनै पनि स्थानमा भिडभाड थिएन । २२ वटा परिक्षा केन्द्र रहेकोमा सवैमा शान्तिपुर्ण तरिकाले परिक्षा सम्पन्न भएको थियो । पहिला पहिला भिडभाड हुन्थ्यो तर अहिले त्यो अवस्था छैन ।
९) अहिले माध्यमिक तहसम्मको विद्यालय व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय तहमा छ, वडाध्यक्ष लगायत अन्य जनप्रतिनिधि विद्यालयको नजिक पनि हुनुहुन्छ वहाँहरुको भुमिका कस्तो हुनुपर्छ ? विद्यावलय प्रति ?
वडाध्यक्ष लगायत निर्वाचित जनप्रतिनिधिहरु बिद्यालयमा रहेका शिक्षकसंग समन्वययात्क भुमिका निर्वाह गर्नु भयो भने राम्रो हुन्छ । नकारात्कम भन्दा पनि सकारात्मक सोच लिएर विद्यालयमा प्रवेश गर्नुुस । विद्यालयमा शिक्षकको रुपमा आफनै गाउघरका कोही छोरा होला, कोही बुहारी होला, कोही आफनै घरपरिवारका सदस्य होलान वहाहरुसंग सकारात्क व्यवहार गरेर विद्यालयलाई कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नुस । विद्यालयको विकासमा जनप्रतिनिधिको धेरै महत्वपुर्ण भुमिका छ तर कसै पनि रिसराग नराखेर सकारात्मक व्यवहारबाट विद्यालयको विकास हुन सक्छ । शिक्षकहरुमा केही कमिकजोरी छ भने त्यसलाई सम्झाएर बुझाएर विद्यालय प्रतिको सकारात्मक सोच वृद्धि गरौ । सवै जना मिल्यो भन्दा नीजि भन्दा हाम्रो सामुदायिक विद्यालय राम्रो भएर जान्छ ।
१०) अन्त्यमा के भन्नु हुन्छ ?
म सम्मपुर्ण अभिभावकलाई यहि अनुरोध गर्दछु की तपाईको विद्यालयबाट आउदा के पढयो त्यसको पढाईको बारेमा चासो राख्नुस । उसको पढाईको बारेमा जाँच गर्नुस । उसको होमवर्क जाच गरि दिनुस । प्रत्येक घरमा सानो भए पनि एउटा स्टडी गर्ने रुमको व्यवस्थापन गरि दिनुस ता की त्यहाँ गए पछि बालबालिकालाई पढन मन लागोस । समय सयमा विद्यालयमा गएर आफनो बालबालिकाको बारेमा जानकारी लिनुस ।