लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीको हेन्ड ओभर टेक ओभर (पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीका अध्यक्ष लायन डा. लक्ष्मी थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि पिपएम सि.सि लायन डा.रमेश कुमार अग्रवाल विशिष्ट अतिथि फस्ट भिडिजी लायन राम विहारी पाण्डे, एरिया नं. ३ एरिया चिफ लायन श्याम कुमार गुप्ता, एरिया चिफ नोमिनेड लायन रामेश्वर गुप्ता, एक्सक्लुटिभ चिफ लायन बासु तिमिल्सिना, डिस्ट्रिक डिजिटल कोडिनेटर लायन नरोत्तम पाण्डे, अतिथि डिष्ट्रिक चिफ लायन गुड्डी जोशी, डिष्ट्रिक कमिटी चिफ लायन मिना टिवडेवाल लायन्स क्लब अफ सेन्ट्रल सिटीका सदस्यहरुका साथै पत्रकार कमला भण्डारी, मुनेश लायो, जगत राई र अभिलाश गुप्ताको उपस्थिति थियो ।

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीका अध्यक्ष लायन डा. लक्ष्मी थापाको कार्यकाल सकिएसँगै लायन सुशीला साहको नेतृत्वमा नयाँ कार्यसमितिको छनोट भएको थियो । अध्यक्ष लायन सुशीला साह, उपाध्यक्ष लायन देवन्ती साह, सचिव लायन कविता खड्का, कोषाध्यक्ष लायन डा. मनोज कुमार गुप्ता, सदस्यहरुमा लायन गुड्डी जोशी, लायन मिना टिवडेवाल, लायन अनामिका मिश्र, लायन सुगन्धी कुशवाहा, लायन सरिता सिंह, लायन रोशनी श्रीवास्तव, लायन विशाल साह रहेका छन् । वक्ताहरुले लायन सुशीला साहको नयाँ नेतृत्व समितिलाई सफल कार्यकालको शुभकामना दिएका छन् । पूर्व अध्यक्ष लायन डा. लक्ष्मी थापालाई उनको कार्यकालमा सफल नेतृत्व गर्न सक्षम भएको प्रशंसा पत्र प्रदान गरेको छ ।

लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीका अध्यक्ष लायन डा. लक्ष्मी थापाले नव प्रवेशि सदस्यहरुलाई ब्याच लगाई स्वागत गरिन् । कार्यक्रमको सहजिकरण लायन्स क्लब अफ वीरगंज सेन्ट्रल सिटीका कोषाध्यक्ष लायन कबिता खड्काले गरेकी थिइन् ।




