१) ट्युमर भनेको के हो ? यो कसरी हुन्छ ?
ट्युमर भनेको पाठेघरमा मासु पलाउनु हो । महिलाहरुमा धेरै किसिमको हर्मोन हुन्छ । ती मध्ये एस्ट्रोजोन र प्रोजेस्टोरोन भन्ने हर्मोनले महिनावारीलाई नियमित गर्ने गर्छ । ती हर्मोनहरुको गडबढीले गर्दा पाठेघरका मासु पलाउने बढी सम्भावना हुन्छ । अन्य धेरै कारणहरु पनि हुन सक्छन् । वंशाणुगत गुणले गर्दा पनि महिलाहरुमा इस्टा«ेजोन हर्मोनको उत्पादन आवश्यक्ताभन्दा बढी भएमा पाठेघरमा ट्युमर हुन सक्छ । आमालाई छ भने छोरीलाई हुने सम्भावना पनि बढी हुन्छ । तर यो डर लाग्दो रोग होइन । समयमा थाहा पाएर उपचार भयो भने यो रोग रोकथाम हुन नसक्ने भन्ने हुँदैन ।
२) पाठेघरमा ट्युमर कुन उमेर समूहका महिलामा बढि हुने गर्छ । अहिले धेरै महिलामा हुनुको कारण चाही के हो ?
ट्युमार भनेको हर्मोनसंग सम्बन्धित विषय हो । महिलाको महिनावारी हुने अवधि १५ देखि ४९ वर्षको उमेर समूहमा जुनसुकै उमेरका महिलामा पनि यो रोग हुनसक्छ । पाठेघरमा मासु पलाउनु वा ट्युमर भयो भन्दैमा पाठेघर फ्याल्नु पर्छ भने पनि हुँदैन । सानो १५÷१६ वर्षको बच्चाको पनि देख्न सकिन्छ भने महिनावारी सुकेको महिलामा पनि देख्न सकिन्छ । अहिले आएर पाठेघरमा ट्युमर बढी भएको होइन । पहिला पनि यो रोग हुने गरेको थियो । अहिले जाँच गर्ने प्रविधिको विकास भएर र महिलाहरु समस्या देखापर्न साथ जाँच गर्न अस्पताल जाने भएर मात्र बढी देखिएको हो ।
३) सामान्यतया महिलाहरुले ट्युमर भएको कसरी थाहा पाउने ?
धेरै महिलामा ट्युमरको लक्षणहरु देखा पर्दैन । यसको अन्य रोगको जस्तो लक्षण हुदैन । ट्युमर भयो भने महिनावारीमा गडबढी हुने हो । महिनावारीमा अनियमितता हुने, महिनावारी हुदाँ धेरै रगत बग्ने, महिनावारी हुदाँ बेस्सरी पेट दुख्ने भयो भने ट्युमर हुन सक्छ । अर्को बच्चा पाउने उमेरमा पनि ट्युमर हुन सक्छ । बच्चा पाउन पनि धेरै गाह्रो हुन्छ । गर्भावस्थामा पनि बच्चा खेर जाने बढी हुन सक्छ ।
४) कुनै महिलामा महिनामा २ पटक महिनावारी हुने धेरै पेट दुख्ने, रगत धेरै बग्ने भएको पाइन्छ । यो ट्युमरको संकेत हो त ?
महिनावारी नियमित नहुने धेरै कारण हुन सक्छ । त्यो मध्येको एउटा कारण ट्युमर हुनु पनि हो । महिनावारी हुदाँ पहिला पेट दुख्दैनथ्यो । अहिले आएर एकदमै धेरै पेट दुख्ने भएको खण्डमा ट्युमार भएको हो कि भन्ने सोच्न सक्छौं । तर महिनावारी हुदाँ पहिला देखि नै अलि अलि दुख्ने, महिनावारी हुदाँको दुखाइले दैनिक जीवनयापनमा काम गर्नमा कुनै पनि असर परेको छैन भने चाही महिनावारीको नै सामान्य दुखाई हो भनेर मान्न सकिन्छ ।
५) पाठेघरमा क्यान्सर ट्युमरबाट नै हुन्छ भन्ने गरिन्छ ? यो कत्तिको साँचो हो ?
पाठेघरमा भएको ट्युमरबाट क्यान्सर हुन सक्छ । कुनै महिलाको पाठेघरमा ट्युमर देखिएको छ भने ६ महिना १ वर्षमा भिडियो एक्स–रे गराउनु होला भन्ने गरेका छौं । पाठेघरको ट्युमर बिस्तारै बढ्ने ट्युमर हो । किनकी वर्ष दिनमा १ से.मि. पनि बढ्दैन । तर पेट फुल्यो, बाहिरबाट नै पाठेघरमा डल्लो जस्तो अनुभव भयो वा भिडियो एक्स–रेमा हामीले पाठेघरको साइज एकदमै छिटो बढेको देखियो भने क्यान्सर भएको हो की भन्ने शंका हुन्छ । पाठेघरको ट्युमरबाट १ सय जना ट्युमर भएको महिलामा १ प्रतिशतको मात्र क्यान्सर हुने सम्भावना हुन्छ ।
६) ट्युमर कत्तिको डरलाग्दो हुन्छ ?
ड्युमर खासै डर लाग्दो हुदैन । पाठेघरको ट्युमरलाई चिकित्सक भाषामा फाइब्रोइड भनिन्छ । फाइब्रोइडमा धेरै कारणहरु हुन्छन् । कसलाई उपचार गर्ने, कसलाई नगर्ने, कस्तो खालकोलाई उपचार गर्ने भन्ने हिसाबले गरिन्छ । कुनै महिलाको बच्चा भैसकेको छ तर उसको पाठेघरमा मकैको दाना जस्तो सानो ट्युमर देखा पर्दैमा पाठेघर नै फ्याँक्नु पर्दैन । ट्युमरको उपचार धेरै किसिमबाट हुन्छ । न्युनतम पैसामा पनि उपचार गर्न सकिन्छ भने कुनै खालको ट्युमरलाई धेरै खर्च पनि लाग्न सक्छ ।
७) ट्युमरको उपचार कसरी गरिन्छ ?
ट्युमरको उपचार धेरै किसिमको हुन्छ । एकदमै थोरै औषधीले हुने र धेरै औषधीले हुने पनि हुन्छ । एउटै खालको ट्युमर पाठेघरमा धेरै तिर बस्न पनि सक्छ । एकदेखि बाह्र वटा पनि पाठेघरमा ट्युमर हुन पनि सक्छन् । पाठेघरको ट्युमरले बच्चा नपाउन सक्ने बच्चा धेरै खेर जाने भएको छ पनि भेटिन्छ । बच्चाको लागि मात्र पाठेघरको अप्रेशन गर्नु पर्ने हुन्छ । अप्रेशन गरेर पाठेघर निकाल्नुभन्दा पनि पाठेघरको ट्युमर मात्र निकाल्ने हो । त्यो ट्युमर एक पटक निकाले पनि फेरि पनि हुन सक्छ । ट्युमर पलाउदैमा त्यसको इलाज गर्ने होइन । ट्युमरले गर्दा महिनावारीमा गाह्रो भैरहेको छ भने त्यसको उपचार गर्ने हो । ट्युमरले गर्दा बच्चा बस्नमा गाह्रो भइरहेको छ भने त्यसको छुट्टै उपचार गर्नुपर्छ । केही समस्या छैन सामान्य जाँच गराउन जादाँ भिडियो एक्स–रेमा २÷३ से.मि को ट्युमर देखियो भने केही नै गर्नु पर्दैन । सुगर, व्लड प्रेसर भएपछि औषधीको माध्यमले रोक्न सक्छ । औषधीले ट्युमरको साइज बढ्न दिदैन । कुनै कुनै बेलामा मासुको डल्लो धेरै नै ठूलो भयो भने पिसाबमा समस्या र दिसा गर्नमा समस्या हुन्छ । त्यस्तो भयो भने पाठेघरको मासुको डल्लो निकाल्ने हो । यो जटिल खालको सर्जरी हो । कहीले काही मासुको डल्लो निकाल्न गाह्रो भएमा पाठेघर नै निकाल्नु पर्ने खालको अप्रेशन पनि हुन सक्छ । धेरै वटा ट्युमर पाठेघरमा छ भने एउटा एउटा निकाल्नु भन्दा पनि बच्चा भइसकेको छ । ४०÷४५ वर्ष भैसकेका महिलाहरुको पाठेघर निकाल्न सकिन्छ । तर कलिलो उमेरमै गाउँघरमा ५ जना बिरामी आउँदा ३ जनाको पाठेघर हुदैन । ट्युमर थियो त्यै भएर झिकेको भनेर बताउँछन् यो चाही गर्नु हुन्न ।
८) ट्युमरको उपचार कत्तिको महङ्गो छ ? यो औषधीबाट पनि निको हुन्छ ?
ट्युमरको उपचार यसको लक्षण अनुसार न्युनतम खर्चदेखि धेरै महङ्गो खालको उपचार पनि लाग्न सक्छ । ट्युमर २÷३ से.मि. मात्र छ महिनावारी गडबढ छ भने महिनावारीलाई नियमित गराउने औषधी चलाउछौं । एकदमै ठूलो साइजको भैसकेको छ, अप्रेशन गर्न पनि गाह्रो छ भने त्यसलाई औंषधीले सानो पार्ने हो । ट्युमरको लक्षण अनुसार कुनै औषधीबाट पनि ठिक हुन्छ भने भेरै ठूलो भएको ट्युमरलाई अप्रेशननै गर्नु पर्ने हुन्छ । शरीरमा हर्मोन रहिरहने भएकोले अप्रेशन पछि पनि कसैलाई दोहोरिन पनि सक्छ ।
९) महिलाहरुले पाठेघरको ट्युमर हुनबाट कसरी बच्ने ?
अन्य रोगसंग लड्न आफ्नो जीवनशैली परिवर्तन गनुपर्ने हुन्छ । भने यो पनि त्यस्तै हो । चुरोट नखाने, सादा खाना खाने, सागसब्जीहरु धेरै खाने, मोटोपन कम गर्ने, बाहिरको खाना नखाने, दैनिक आधाघण्टा बिहान हिड्ने, भातरोटीलाई अलिकति कम गरेर फलफूल खाने, चुरोट रक्सीहरुको लत छ भने चाही कम गर्ने गर्नु पर्छ । कलिलो उमेरमा ट्युमर भयो भने चाही बच्चा पाउन गाह्रो हुन्छ । नियमित रुटिन अनुसार जाँच गर्नुपर्छ । ट्युमर भयो भन्दैमा अत्तिदै धेरै वटा डाक्टरलाई देखाउने र कागज पत्र सुरक्षित राख्ने गर्नुपर्छ । सानो मासुको गेडा जस्तो देखिएको छ । ६ महिना १ वर्षमा जाँच गर्दा पनि बढेको छैन भने डराउनु पर्दैन महिनावारी सुकेसंगै ट्युमर पनि सुकेर जान्छ ।
१०) अन्त्यमा थप केही भन्न चाहनु हुन्छ ?
महिलाहरुको बीचमा ट्युमर अहिलेको जल्दो बल्दो समस्या छ । थोरै ज्ञान धेरै नै खतरा हुन्छ । केही ज्ञान छ भने डाक्टरसंग सल्लाह लिनु पर्छ । जानकारी पुरै राख्नु पर्छ । आफूलाई स्वस्थ्य राख्नु पर्छ । आफूलाई केही समस्या हुदैछ भनेर आफै औषधी पसलमा गएर जस्तो पायो त्यस्तो औषधी किनेर खानु हुन्न । डाक्टरको सल्लाह अनुसार मात्र औषधी खानु पर्छ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो