सानो पाईला बचत तथा ऋण सहकारी संस्थाले सुस्त मनस्थिति भएका वालवालिकाको शिक्षा दिक्षाको जिम्मेवारी निर्वाह गर्दैै आएको आशा किरण केन्द्रलाई रु २५ हजार सहयोग गरेको छ । त्यसै गरी सामुदायिक प्रहरी सेवा केन्द छपकैयालाई रक्तदान कार्यक्रमको लागि रु १५ हजार सहयोग गरेको छ । संस्थाले यो सहयोग आफ्नो १० औं बार्षिकोत्सवको अवसरमा गरेको हो ।
कार्यक्रम संस्थाकी प्रमुख कार्यकारी अधिकृत तस्विरन खातुनले सामुदायिक सेवा केन्द्र्रका अध्यक्ष ज्ञासुद्दीन ठकुराई र आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तवलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् । सानो पाइलाले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगतको भूमिका निर्वाह गर्दै वीरगंजका दुई संस्थालाई सहयोग प्रदान गरेको जनाएको छ ।
शनिवार आफ्नै कार्यलयमा एक कार्यक्रमको आयोजना गरी भएको कार्यक्रममा वीरगंज महानगरपालिकाका आर्थिक प्रशासन तथा सहकारी महाशाखाका प्रमुख रामदयाल यादवले पालिका भित्र रहेका सहकारी संस्थाहरुमा सानो पाईला बचत तथा ऋण सहकारी संस्थाको प्रगति विवरण उत्कृष्ट रहेको बताए । संस्थाले आफ्नो सदस्यहरुलाई बिबिध व्यापार, व्यवसाय संचालन गर्न धन जमानत अथवा धितोको आधारमा उचित तथा सम्भावित परियोजना संचालनार्थ सरल व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ । संस्थाले सदस्यहरुलाई व्यवसाय कर्जा र कृषि कर्जाको व्यवस्था गरेको संस्थाकी प्रमुख कार्यकारी अधिकृत तस्बिरनले बताइन् छ ।
सहिकारीहरु प्रति यताआएर बढ्दै गएको अविश्वासलाई चिर्दै विश्वास कायम राख्न सानो पाईला सकृय रहेको छ । एक महिला प्रमुख बाट संचालित यो संस्था महिलाहरु पनि विभिन्न सेक्टरमा नेतृत्व गर्न सक्छन् भन्ने सन्देश दिंदै पनि आइरहेको छ ।
सानो पाइला सहकारीको सो कार्यक्रममा कृषि, व्यापार तथा उत्पादन क्षेत्रमा लागानी लगाउन सके अझ राम्रो हुने बक्ताहरुले जोड दिएका थिए । सानो पाईला बचत तथा ऋण सहकारी संस्थाकी प्रमुख कार्यकारी अधिकृत तस्वीरन खातुको सभापतित्वमा नै कार्यक्रम भएको थियो ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)