१. बाल्यवस्थालाई कसरी सम्झनु हुन्छ ?
तराई क्षेत्रमा जब एउटा छोरीको जन्म हुन्थ्यो । त्यहिबेला मानिसहरु डाक्टरकोमा गएर आफ्नो गर्भको पहिचान गराउँथे । त्यही समयदेखि महिलाको अवाजकोलागि कसरी अगाडी बढ्ने भनेर लागेका हौं । छोरी गर्भमा भएपछि भूर्णहत्या गर्न एउटा आमा अस्पतालसम्म पुग्नु भनेको एकदमै गाह्रो कुरा हो । त्यो चित्कारलाई चिर्न महिलाको क्षेत्रमा काम गर्न थाले । छोराभन्दा कुनै पनि छोरी कम हुदैन । आमाबुबाले छोरा र छोरीलाई गर्भमा राख्दा प्रक्रिया एउटै हुन्छ । विज्ञान प्रविधिको युग भनिरहदाँ जब एउटा महिलाले पुरुषहरुलाई आर्थिक रुपमा साथ दिदैन भने नेपाल र विश्व कसरी उज्यालो हुन्छ । उज्यालो बाउनको लागि म आफ्नो परिवारबाट बाहिर निस्केको हो । म सामाजिक काम गर्न निस्के पछि नेगेटिभ कुराहरु धेरै गर्थे । समाजमा केही परिवर्तन हुन्छ भने दुःख लाग्छ । प्लान नेपालमा सामाजिक अभियन्ताको रुपमा काम गर्न सुरुवात गरे । बारामा प्लान नेपालमा भोलेन्टियर्समा ९ महिनासम्म काम गरे । मामाघर इण्डिया भएकोले मामा घरमा बसेर पढे । इण्डियामा पढेर नेपालमा केही गर्नु पर्छ भन्ने सोच थियो । नेपाली शुद्ध बोल्न आउँदैनथ्यो । त्यो बेला नेपालको पाल्पा, तातोपानीका विभिन्न स्थानहरुमा तालिम दिने श्रोत व्यक्तिका रुपमा, लैङ्गिक समानता कसरी कायम हुन्छ । मानव अधिकारको अनुभूति सबैले गर्छौ । मानव अधिकारको अनुभूति सबैले गरिरहेको छ । विश्व नै महिला र पुरुषले बनेको छ । भने देश नेपाल पनि महिला विना रहन सक्दैन । महिला र पुरुष दुबैको अहम भूमिका हुन्छ । त्यो भूमिकामा एउटा ईटा राख्ने काम गरेको छु ।

२. बाल्यकालमा पनि स्वभाव हुन्थ्यो ?
बाल्यकालमा लजाउने, केटाहरुसँग त्यति नबोल्ने, बाहिर निस्केर आफ्नो अनुभूति नदिने, जब नेताहरुको भाषण सुन्थे । टेलिभिजनमा महिला नेतृत्वमा आएमा विश्व नै परिवर्तन हुन्छ । मेरो विवाहको कुरा चल्दा पनि बालविवाहको गित बनाएर बुबाको अगाडी गाउँथे । त्यो गित चाहे भने महिलाले जे पनि गर्न सक्छ । तर वातावरण दिनु पर्छ । विवाह भनेको जिम्मेवारी पद्दति हो । म त्यो पद्दतिको लायक छैन भने मैले विवाह गर्नु उचित छैन भनेर बुबालाई सम्झाए । उहाँहरुसँग बिताएको याद छ । उहाँहरुको मायाले म अगाडी बढेको छु । जति पनि काम गरिरहेको छु सम्पूर्ण महिलाहरुको प्रेरणको लागि पनि छ । मानिसले काम राम्रो गर्छ भने समाजले वा कुनै एक व्यक्तिले नराम्रो भनिदिदैमा केही हुदैन । कहाँ जाने, के गर्ने , के गर्नु हुन्छ । के गर्नु हुदैन भन्ने सबै कुरा छोरीले बुझेकी छ । छोरीमाथि मेरो पूर्ण विश्वास भएको बताए ।
३. विवाहपछि पनि समाजसेवामा लाग्न कत्तिको सहज भयो ?
विवाहपछि केही समय अल्मलियो । राजपुतको जातमा छोरी वा महिलाहरु घर बाहिर गएको राम्रो मान्दैनन् । परिवारको मानिसलेभन्दा अरु मानिसले नकारात्मक सोचले हेर्छन् । परिवारलाई मनाउन मेरो श्रीमान सफल हुनु भयो । यदि तपाईमा दम छ भने दाग लगाएर कसैलाई हराउनु राम्रो हुदैन । मानिस अगाडी बढिरहेको छ भने साथ दिन सक्नु पर्छ । जात भनेको त पुर्खाले बनाएको हो । विज्ञानले महिला, पुरुष, तेस्रो लिङ्गी तीन जात बनाएर पठाएको छ । पुरुषको भरमा मात्र बाँच्यौ भने कसरी परिवर्तन हुन्छ ।
४. नेतृत्व गर्दा कस्ता चुनौतिहरुको सामना गर्नु पर्यो ?
तीन दशकदेखि मधेश प्रदेशमा महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छु । काम गर्दा विभिन्न आरोपहरु आउँछ । म त्यो आरोपमा डुब्ने मानिस होइन् । मलाई जसले जुन दृष्टिले हेर्दछ । त्यो उसको सोचाई हो । म के गरिरहेछु । म कस्तो छु । त्यो मेरो बुझाई अर्को हुन्थ्यो । त्यसैले गर्दा म यहाँ सम्म पुग्न सफल भए । म त्यही सोचमा डुबेको भए फर्केर घरको चुल्होमा घर भित्रको महिला बनेर बस्थे । मधेश प्रदेशमा मात्र होइन । नेपालमा नै चिनिन सफल भएको छु । पहिला हाम्रो जन्म हुन्थ्यो । बुबाको नामबाट पहिचान हुन्थ्यो । विवाह गरेर श्रीमानको घर जाँदा श्रीमान र ससुराको नामले चिनिन्छ । जब बच्चा जन्मिन्छ । आफैले जन्माएको पहिचानको नामले पहिचान हुन्थ्यो । त्यसलाई चिर्न सफल भएको छु । मेरो पहिचान मेरो नामले हुन्छ ।
५. विदेशमा बस्ने अवसर त्यागेर नेपाल किन फर्कनु भयो ?
मैले इग्लैण्ड जाने अवसर पाएको थिए । बुबा मलाई पु¥याउन एयरपोर्ट जानु भएको थियो । हामी दुबै जना रोइरहेका थियौं । एक जना मलाई चिनजानको मानिसले मेरो बुबालाई निभा जि को बुबा हुनुहुन्छ । भनेर सोध्नु भयो । तर बुबाले घर आएर आमासँग भन्नुभयो । एक दिन मेरो नामले छोरीको पहिचान थियो । आज छोरीको नामले मेरो पहिचान भएको छ । म धेरै खुशी लाग्छ । इग्लैण्डमा नै विवाह गरेर बस्न मलाइ भनेका थिए । तर मेरो सोच त्यो थिएन । इग्लैड भ्यापर लाइट बलिरहेको देश हो । तर हाम्रो देशको लाइट कमजोर छ । हामी जस्तो मानिसको आवश्यक्ता नेपाललाई नै छ । यदी भ्यापर लाइट बनाउनु छ भने हाम्रो देशमा नै बाल्नु पर्छ । हामी नै समाजलाई परिवर्तन गरे अगाडी बढ्नु पर्छ । विदेशी भूमिमा बसेर पैसा कमाएर चिल्लो भूमिमा बस्दैमा महिलाको पहिचानलाई कहिले गुमाउनु हुदैन ।
६.पहिला र आजको मधेशको स्थितिमा के फरक पाउनु भएको छ ?
पहिला र अहिलेको मधेशको महिलाको स्थितिमा धेरै फरक छ । यो स्थिति आउन हामीले धेरै वर्ष प्रयास गरेका छौं । आमाको नामबाट नागरिकता बन्ने अभियान सञ्चालन हुन्थ्यो । काठमाण्डौंमा पहाडका महिलाहरुले आफ्नो ठाउँबाट अभियान चलाउथे । त्यो दिन हामी पनि बारा, पर्सामा अभियानको बिगुल बजाउथ्यौं । मधेशको महिलाहरुको आवाज केन्द्रसम्म पुगोस् । इतिहास बदल्ने हो भने सम्पूर्ण महिलाको अस्तित्वबाट बदल्नु पर्छ ।
७. महिलाहरुलाई घरबाट बाहिर निकाल्न कस्तो चुनौति आए ?
सबै भन्दा पहिला महिला समक्ष पुग्न नै गाह्रो हुन्थ्यो । उनीहरुको ससुरालाई महिला के हो ? महिला किन अगाडी आउन जरुरी छ । भनेर सम्झाउँदा उहाँहरुले तपाई पनि घरमा बस्नुस यस्तो काममा नलाग्नुहोस् । कहिले काही रुन्थे । मेरो दुखेको चित्त बुझाउन फेरि समाजमा नै जान्थे । कहिले उनको छोरालाई भेट्ने, कहिले उनको श्रीमानलाई, कहिले ससुरालाई भेटेर कुरा गर्दागर्दै बाहिर निकालेर सम्बन्धित निकायसम्म महिला पुग्ने वातावरण सिर्जना भएको छ । २० वर्ष अगाडी काठमाण्डौंमा जादाँ जिल्ला प्रहरी कार्यालयमा महिला हिंसाको घट्नाहरु धेरै छ । तर त्यो घट्नाहरु बाहिर आइरहेको छैन । त्यही महिलाहरु बुझेर बाहिर आउन थाले । विभिन्न संघ–संस्था, पार्टीले आफ्नो ठाउँबाट महिलाको क्षेत्रमा काम गर्न थाले । सम्झाउन थाले । महिलाहरु घट्ना भएपछि सम्बन्धित निकायमा पुगेर आफ्नो अधिकारको बारेमा बोल्न थाले । काठमाण्डौं जादाँ भन्थे जिल्लामा घट्नाहरु बढ्न थाले । महिला सिंसाको घट्ना बढेको होइन् । घट्ना त पहिला पनि थियो । तर सम्बन्धित निकायमा पुग्न सकेको थिएन । आजको अवस्था त्यो भन्दा फरक अवस्था छ । महिलाहरु स्वयंम आफै गएर सम्बन्धित निकायमा समस्याहरु राख्ने काम गरिरहेका छन् । बच्चा जस्तै हात समाएर लानुपर्छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालतसम्म पु¥याउने काम गर्थे । सबै महिलासँग पैसा हुदैन । कानुनका न्यायकोलागि पनि पैसा चाहिन्छ । न्याय पनि सस्तो छैन । कुन वकिलले सस्तोमा काम गरिदिन्छन । बुझेर त्यहाँसम्म पनि आफैले लैजानु पथ्र्यो । सबै महिला पढेलेखेको छैनन् । उनीहरुको फारम समेत आफैले भरिदिनु पर्छ । अहिले महिलाहरु स्वयंम जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय वा अदालतमा जान्छन् । उनीहरुको कुरा सुनिएन भने मात्र हामी जान्छौं । मानव अधिकार दिवस, महिला दिवस वा विभिन्न खालका अभियानमा हामी पनि कुरा राख्ने अवसर पाउछौं । महिलाहरु ति कुराहरु सुनेर बुझेर आफ्नो काम आफै गर्नुपर्छ भन्ने बुझ्नुहुन्छ । कति नबुझेका महिलाहरुसँग हामी बाराको महिला अधिकारकर्मीहरु हातमा हात, काँधमा काँध मिलाएर काम गरिरहेका छौं ।
८. सम्झन लायक कुनै घट्ना छ ?
काम गर्दाको घट्नाहरु धेरै छन् । तर केही घट्नाहरु भन्न पनि मिल्दैन । जब तपाई न्यायकोलागि र महिलाको लागि काम गर्दै हुनुहुन्छ भने एउटा विपक्षी बनेर पक्षधरको रुपमा होइन । पीडित व्यक्तिको न्यायको लागि काम गथ्र्यौ भने पिडकले हामीलाई पिडक सम्झिने उनीहरुको सोच थियो । त्यो बेलामा कहिले काही कुनै कुनै मानिसले गलत काम गरे होलान् । मलाई मजदुरको काम गर्नु परे मञ्जुर छ । तर कसैको पैसा लिएर विकास गर्न मञ्जुर छैन । बरु आफ्नो खर्च गरेर सम्बन्धित निकायमा पु¥याउने काम गरेको छु । आरोपहरु नआउने होइनन् । पिडीत महिलाहरुले जब न्याय पाउँछ । त्यो समय जति नै आरोप आए पनि खुशी लाग्छ । न्यायकोलागि सधै लड्नु पर्छ ।