लैङ्गिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नाराको साथ लैङ्गिक हिंसा विरुद्ध अभियानको पुर्व सन्ध्यामा वीरगंजमा दिप प्रज्वलन गरिएको छ ।
हरेक बर्षको २५ नोभेम्वर देखी १० डिसेम्बर गरी १६ दिनसम्म चल्ने अभियानमा विभिन्न जनचेतना मुलक कार्यक्रमहरु आयोजना हुँदै आएको छ । अभियानको पुर्व सन्ध्यामा शनिवार साझा वीरगजको घण्टाघर अगाडी लैङ्गिक हिंसा विरुद्धका क्षेत्रमा काम गर्ने माईती नेपाल, सानो पाईला, के आई नेपाल, दिव्य युवा क्लब, दलित महिला संघ, जिल्ला समन्वय समिती तथा सामाजिक संस्था, रेस्ट लेस डेभलपमेन्ट, महिला अधिकार मंच, मध्य नेपाल संन्देश पत्रिका, वीरगंज महिला जागरण समाज पर्सा तथा चेली कृषि सहकारी संस्था लगायतको संस्थाको सहयोग रहेको थियो । भने कार्यक्रम वीरगंज महानगरपालिकाले आयोजना गरेको थियो ।
पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालको प्रमुख अतिथिमा भएको कार्यक्रम दिप प्रजवलन गर्दै उनले अबको आधुनिक समाजमा कोही कसैले पनि हिंसा गर्दा कसैले पनि स्वीकार्य गर्न नहुने बताएका थिए ।
यस्तै कार्यक्रमको अध्यक्ष समेत रहेका महानगरका मेयर विजय कुमार सरावगीले समाजमा सकारात्मक सन्देश प्रवाह गर्नका लागी समेत यस्ता
अभियानले बल पुग्ने बताएका थिए । उनले महिला, बालबालिका तथा बृद्धबृद्धाहरु हिंसामा पर्दा हामी राजनीतिककर्मीहरु नै प्रहरी प्रशासनमा भनसुन गर्न गएकाले हिंसा पिडीतले अधिकार पाउन नसकेको बताउँदै यस्ता काम नगर्न आग्रह समेत गरेका थिए ।
यस्तै उप मेय शान्ती कार्कीले सबैको साथ र सहयोगले लैङ्गिक हिंसा विरुद्ध आवाज बुलन्द गरे महिला हिसाँ कम गर्न मदत पुग्ने विश्वास व्यक्त गरेकी थिईन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रेवती ढकाल, अधिकारकर्मी महिला लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमलाई दिव्य युवा कल्बकी कार्यक्रम संयोजक कोपिला चौलागाइले संयोजन गरेकी थिईन ।