मायामितु न्यौपाने
पछिल्ला केही समय महिलाका विषयमा लेखिएका लेखहरुले सञ्चार माध्यममा राम्रै प्राथमिकता पाइरहेका छन् । चाहे त्यो पत्रपत्रिका होस या अनलाइन । कतिले पितृसतात्मक समाजका कारण महिलाले दुख पाए भनेर लेखेका छन् भने कतिले महिलाको शत्रु महिला नै भनेर लेखिरहेका छन् । कहि न कहि कुनै न कुनै रुपमा महिला पछा
डँी छन्, पछाडी परेका छन् र पछाडी पारिएका छन् । सतही हेर्दा के देखिन्छ भने घरमा अहिले त कामकाजी महिलाहरु पनि छन् । अलि अघि सम्म थोरै बाहेक महिला बाहिर कार्यालयतिर काम गर्ने नगण्य थिए । महिलाहरु घरको काम गर्थे । पुरुषहरु बाहिरको । यसरी हेर्दा घरमा सासु, बुहारी, नन्द, आमाजु, देवरानी, जेठानी महिलाहरु मात्र हुन्थे । घरका सानातिना भनिएका काम उनीहरुले गर्नु पथ्र्यो । यस अर्थमा कसले खाना बनाउने, कसले भाँडा माझ्ने, कसले लुगा धुने, मेलापातमा को जाने ? भन्ने विषयमा छलफल हुन्थ्यो र यस्तै विषयमा झगडा पनि हुन्थ्यो होला । आफू मात्र कति गर्नु भन्ने लाग्थ्यो होला र यसैमा झगडा हुन्थ्यो होला । आखिर घरमा महिला मात्र हुदैनन् । पुरुष पनि हुन्छन् । यदि यी र यस्तै साना तर कठीन काम पुरुषले गर्नु परेको भए ? यो सब पितृसतात्मकताले गर्दा नै हो ।
यहाँ मैले यो किन उल्लेख गरेकी भने यतिबेला बारा, पर्सामा हुरी प्रभावितको विचल्लीको छ । यस्तो बेलामा विशेष गरि महिला र बालबालिकामा सबैभन्दा बढी कष्ट छ । प्रभावित सम्म उद्धार र राहतका सामग्रीहरु त पुग्छन् । तर उनीहरुका आवश्यकताका सामानहरु भने एकदमै कम मात्रामा पुग्छन् । यसैलाई मध्यनजर गरेर अहिले वीरगंजका क्रियाशील महिलाहरु एक भएका छन् । हुरी प्रभावित महिलाहरुलाई कसरी सहज र सरल तरिकाले सहयोग गर्न सकिन्छ भनेर ।
एउटा समूह जुरमुराएको छ महिलाका लागि महिला अभियान लिएर । यो समूहले महिलाका शत्रु महिला नै हुन्छन् भनिरहनेहरुका लागि गतिलो झापड दिएका छन् । जसले हुरीबाट प्रभावित महिलाहरुका लागि चाहिने साना चिज तर महत्वपूर्ण चिज कपाल बाध्ने रबर, नुवाउने—लुगा धुने साबुन, नेल कटर, काइँयो, तेल, टुथपेष्ट, ब्रस, अन्डर गारमेन्टस, झुल, टर्च लाइट,सेनिटरी प्याड, स्याम्फू जस्ता सामग्री जुटाउदै वितरण गरिरहेको छन् । उनीहरुले एक परिवार एक झोला भनेर अभियान चलाएका छन् । हावाहुरी प्रभावित महिलाका लागि भनेर । जुन झोलामा कपाल कोर्ने काइँयोदेखि लिएर महिनावारी हुदा प्रयोग गरिने प्याड समेत रहेका छन् । राहत दिनेहरुले यस कुरामा ध्यान दिएका थिएनन होला । तर यी अभियन्ता महिलाले संवदेशनशील भएर गम्भीर रुपमा यसलाई लिए र स्वयंले नेतृत्व लिए । अनि यी र यस्तै साना— साना तर महत्वपूर्ण सामग्री संकलन गरेर पीडित सम्म पु¥याउदै आएका छन् ।
केही समय म वीरगंज बसेर काम गरेकी मान्छे । यतिबेला म यति दुखेकी छु । व्यक्त गर्न सक्दिन । मेरौ छुट्टै लगाव छ बारा, पर्सासंग । जीवन बुझ्ने अवसर मैले वीरगंजबाट प्राप्त गरेकी हुँ । अहिले कविता, लक्ष्मी, निलम, माधुरी, रोशनी, शुभद्रा, सन्ध्याहरु महिलाका लागि महिला भनेर अभियान चलाइरहदा यतिबेला म छुटेको महसुस गरिरहेकी छु ।
मधेशका महिलाहरु बोक्सीको नाममा,दाइजोका नाममा मारिएका छन्, जलाइएका छन् । पछि परेका छन् । पछि पारिएका पनि छन् । तर तिनै मधेशका केही क्रियाशील महिलाले भने देशले गर्व गर्न लायक अभियान चलाइ रहेका छन् । चाहे वुमेन फर ब्लड अभियानका नाममा होस या महिलाका लागि महिला अभियानको नाममा । ब्लड बंैकको तथ्याङ्कमा सबै भन्दा धेरै रगत महिलालाई चाहिने तर रगत दिने महिलाको संख्या भने अत्यन्तै न्यून पाइएपछि हामीले वुमेन फर ब्लड अभियान चलाएका थियौं । विभिन्न गाउँ वस्ती, कलेजमा गएर रगतको महत्वको बारेमा चेतना जगाउने काम भयो । त्यस लगत्तै नेपालमै पहिलो पटक महिलाको मात्र सक्रियतामा महिलाले मात्र रक्तदान गरेको थियो । कुनै शारीरिक समस्या नभएमा हरेक तिन तिन महिनामा रक्तदान गर्न सकिने भए पनि रगत दिदा कमजोर भइन्छ भन्ने धारणाका कारण कतिपय महिला रक्तदान गर्न पछि पर्ने भएकाले उत्प्रेरणा जगाउनु नै अभियानको मुख्य उदेश्य थियो ।
यतिबेला तिनै साथीहरु हुरी प्रभावितका लागि न्यानो बनेर खटिएका छन् । महिलाका लागि महिला भनेर । विशेष गरी ग्रामिण क्षेत्रका असाहय, अशक्त, जेष्ठ नागरिक र सुत्केरी महिलालाई सबैभन्दा सास्ती भएको छ । राहत पनि पहुँचवालाकोमा पुगेको र वास्तविक पीडित सम्म नपुगेको कतिपय समाचार पनि आइरहेको छ । यतिबेला प्रभावितहरुका लागि स्वस्थ पिउनेपानी र शौचालय पनि उतिकै आवश्यकता छ । सरकार, नागरिक समाजले पनि वास्तविक पीडितको पहिचान गरेर खुला दिलले सहयोग गरोस ।
अन्तमा स्वास्थ्यप्रति गम्भीर भएर न्यूनतम आवश्यकता लागि पहल गर्ने विरगंजका पीडित महिलाका लागि महिला अभियानका अभियन्ताहरुबाट अरुले पनि पाठ सिकून । फेरि पनि सलाम महिलाका लागि महिला अभियानकलाई ।