वयस्क नारी र पुरुषको यौन सम्पर्क भएमा सन्तान पैदा हुन्छ । तर सयकडा दस दम्पतीहरुमा भने बाँझोपन पाईन्छ । कुनैकुनै दम्पतीहरू सन्तानको चाहना नै राख्दैनन्, सन्तानको चाहना नै नराखी गर्भनिरोध गर्नु बाँझोपन होइन । सन्तानको इच्छा राख्दाराख्दै पनि सन्तान प्राप्त नहुनु बाँझोपनको कारण हुन सक्छ । यसले दुख, चिन्ता तथा निराशा जगाइदिने गर्दछ । नेपालमा पनि सन्तानको इच्छा राख्दाराख्दै पनि सन्तान नहुने धेरै दम्पतीहरु छन् ।हाम्रो देशमा जस्तै अरू धेरै देशहरूमा पनि निःसन्तान हुनुको दोष प्रायः महिलामाथि थोपर्ने गरिन्छ तर पुरुषको कारणले सन्तान नभएको संख्या र महिलाको संख्या बराबर नै पाइएको छ ।

हाम्रो गाउँसमाजमा पुरुषका कारणले दम्पती निःसन्तान हुन्छन् भनेर सोच्दा पनि सोचिंदैन । त्यसैले उनीहरू परीक्षणका लागिसमेत तयार हुँदैनन् किनकि उनीहरू सन्तान जन्माउने कुरालाई नै पुरुषत्व ठान्दछन् ।बाँझोपन हुनुमा विभिन्न कारणहरू हुन्छन् । केही कारणको उपचार हुनसक्छ, केहीको हुँदैन । गर्भनिरोधको कुनै पनि साधन प्रयोग नगरेको र सन्तान प्राप्तिका लागि लगातार दुई वर्षसम्म प्रयत्न गर्दा पनि सन्तान भएन भने यस्तो अवस्थालाई बाँझोपन भनिन्छ । हाम्रो समाजमा अझ भन्नै पर्दा नेपाली परिवेशमा बाँझोपन हुँदा पुरुषको परीक्षण नै नगरी महिलाको मात्र परीक्षण गर्ने, महिलालाई बहिष्कार गर्ने, कमजोर पार्ने, अर्की विवाह गर्ने कुसंस्कार छ । यो ठूलो सामाजिक समस्या हो । आजको अंकमा बाँझोपन के हो ?यसको कस्तो उपचार विधीबाट समस्या समाधान गर्न सकिन्छ भन्ने बिषयमा श्रीराम अस्पतालमा कार्यरत स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. प्रिती यादव संग गरिएको कुराकानी :
१) बाँझोपन यानिकी निसन्तान बारे बताईदिनुस न ?
बाँझोपनालाई हामी ईनफर्टिलिटि पनि भन्दछौ । विवाह पश्चात महिला र पुरुषले कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग नगरी यौन सम्पर्क गर्दा, करिब २ वर्षसम्मको अवधिमा पनि बच्चा नभएको अवस्थालाई बाँझोपन यानिकी निसन्तान भएको भनिन्छ ।
२) महिला वा पुरुषमा बढी अ समस्या कसलाई छ ?
महिला वा पुरुष दुवैमा उत्तिकै देखिन्छ । तर महिलाहरुको पाठेघर, ट्युव लगायतका प्रजनन् अंगहरुमा समस्याहरु देखिने भएकोले ४५ प्रतिशत महिलामा ३० प्रतिशत पुरुषमा हुन्छ । त्यसबाहेक अन्य बाहिरी कारणले पनि बाँझोपनको समस्या हुन सक्छ ।
३) बाँझोपनको कारण के हो ?
महिनाबारीमा गडबडी हुनु, डिम्बवाहिनी नलि बन्द हुनु, पाठेघरको संक्रमण,पाठेघरको ट्युमर, महिलाका्े बढ्दो उमेर, जन्मजात पाठेघरको विकास नहुनु पुरुषकोवीर्य हुने, शुक्रकिटको मात्रामा कमी हुनु, पुरुषको वर्यि नलीमा सिस्ट ट्युमर भएमा, र गलत जविन शैली बाँझोपनको कारण हुन ।
४) उमेरमै बिवाह नगर्दा पनि बाँझोपनको हुन सक्छ ?
‘बाझोपन धेरै कारणले हुन्छ । जसमा सबैभन्दा ठूलो कारण ढिला विवाह गर्नु रहेको छ । २० देखि ३५ वर्ष उमेरका महिलाहरु सन्तान जन्माउनको लागि योग्य हुन्छन् । यदि यो उमेर पछि विवाह भएको छ भने गर्भावस्थामा बढि समस्या हुने गर्दछ । केहि कारणले ढिलो उमेरमा विवाह पश्चात पनि गर्भ रहयो भने महिला तथा बच्चामा धेरै समस्या देखिने गर्दछ । जसको कारण शिशुको तौल कम हुन,े आनुवंशिक रोग देखा पर्ने, महिलालाई बच्चा जन्माउनु भन्दा पहिले देखि नै कठिनाई हुने गर्दछ । महिलाहरुको उमेर बढ्दै जाँदा गर्भवती महिलामा डिम्बाशयको कमि हुँदै जान्छ । महिलामा ३५ वर्षपछि डिम्बाशय कम हुनु साधारण विषय हो ।
५) अस्वस्थ्यकर खानपान र अव्यवस्थित जीवनशैली बाझोपनको कारण हुन सक्छ ?
आजकालका महिलाहरुमा खानपानको कारण पनि बाझोपन बढ्दै गएको छ । पछिल्लो समयमा महिलाहरुमा खानपानको विषयको कारण धेरै बाझोपन बढ्दै गएको छ । यसको बाहेक इन्डोमेट्रोसियोसिसको समस्या पनि देखिन्छ ।.जीवनशैलीको कारण ‘बाझोपनको कारण अव्यवस्थित जिवन शैली पनि हो । रातीको समयमा नसुत्नाले, धुमपान, मद्यपान सेवन गर्नाले, मधुमेहको कारण, तनाव लिने जस्ता कारण बाझोपनको समस्या देखिने गर्दछ । यसबाहेक पीसीओडी पनि एक रोग हो, जुन महिलाहरुमा धेरै उत्पन्न हुने गर्दछ । ६० देखि ७० प्रतिशत महिलामा व्यायाम गर्न कुनै कार्य छैन । व्यायमको कमिको कारण पनि महिलाहरुको हर्मोनमा कमि आउने गर्दछ ।
६) थाइराईड पनि बन्छ बाँझोपनको बाधक ?
इन्डोक्राइन डिसअर्डरको कारण थाइराईडको समस्या आउने गर्दछ । थाइराईडको नियन्त्रण नगरेसम्म बच्चा जन्मिन कठिन हुने गर्दछ । डाक्टरहरुले भन्ने गरेका छन् बाझोपनको अधिंकाश कारणको उपचार हुने गर्दछ । बाझोपनको नियन्त्रणको लागि दाम्पतीहरु समयमा नै चिकित्सक कहाँ गएर सल्लाह सुझाव लिन आवश्यक छ ।
७) उपचारद्धारा बाझोपन समस्यालाई हटाउन सकिन्छ ?
बाँझोपन छ भन्दैमा समाजमा अहिलेपनि सन्तान नै हुदैन । यसको उपचारनै छैन भन्ने सोचले महिला र पुरुष दुवै चिन्तित देखिन्छन् । तर अहिले त्यस्तो अवस्था छैन । बाँझोपनको उपचार पनि सन्तान प्राप्त गर्न सकिन्छ । तर उपचार गराउनु भन्दा सम्बन्धीत विशेषज्ञकहाँ नै परीक्षण तथा उपचार गराउनु उचित हुनछ । परामर्श/काउन्सेलीङ्ग, औषधी पद्दती, ओभिलेसन ईन्डक्सन, आईयूआई, आईभिएफ प्रविधि जस्ता धेरै प्रकृयिाहरु छन् । त्यसको सहायताले सन्तान सुःख दिन सक्छौ ।
८) यसको उपचार पद्दती कत्तिको खर्चिलो छ ?
बाँझोपनको सामान्य उपचार त्यती खर्चिलो नभएपनि यसको विशेष उपचार अलि खर्चिलो छ ।कसैकसैलाई दुईचार सयको औषधी सेवन गराउदैमा पनि गर्भवति हुन्छन भने कतिपयलाई १०–२० हजार नै खर्च गराउदा पनि सम्भव नभएको अवस्था छ ।
९) तपाईले अहिले सम्म कति निसन्तान दम्पतीलाई सन्तान सुखको अवसर दिनु भएको छ ?
मैल अहिले सम्ममा धेरै जना निसन्तान दम्पतीलाई औषधीको प्रयोगद्धारानै सन्तान सुःखको सौभाग्य दिन सफल भएको छु । ८ देखि १० वर्ष सम्मको उपचार पछि पनि सन्तान नभएर हार मानेका कतिपय दम्पती जोडिले औषधीको प्रयोगद्धारा मात्रै पनि सन्तान सुःख प्राप्त भएको खबरको त्यो क्षण निकै आन्नददायि हुदो रहेछ ।
१०) जनमानसमा बाँझोपनबारेको चेतना स्तर कस्तो पाउँनु भएको छ ?
पुरुष प्रधान समाज भएकोले बाँझोपनको समस्या देखिए महिलालाई मात्रै दोषदिने संस्कार पहिल्यैबाट छ । तर पहिला भन्दा अहिले धेरै परिवर्तन भएको छ । महिलाहरु अफैपनि आफ्नो समस्या लिएर आउने हुन भएको छ । भने वुवा वा श्रीमान्ले पनि लिएर आउने संख्यामा वृद्धि भएको छ । चाहेको समयमा गर्भधारण गर्नु, सन्तान जन्माउन पाउँनु महिलाको मौलीक अधिकार भएजस्तै सन्तान नभएको अवस्थामा सन्तान प्राप्तिको उपाय खोज्न पाउनु पनि महिलाको अधिकार हो । बाझोपनका कारण सन्तान प्राप्त नभएका दम्पतीले समयमै उपचार सेवा लिएर, सन्तान प्राप्तिको अवसर उपयोग गर्नुपछर्। ।
११) अन्त्यमा तपाई के भन्न चाहानु हुन्छ ?
बाँझोपनबारे अझै पनि समाज भ्रममै बाँचेको छ । यसबारे सरकारले कार्यक्रमनै संचालन गर्नुपर्छ । बाँझोपन पुरुष र महिला दुवै वा कुनै एक जनामा भएको स्वास्थ्य समस्याका कारण हुने भएकाले दम्पती दुवैले स्वास्थय परीक्षण गराउनु पर्छ । यदि कुनै दम्पतीको सन्तान भएको छैन भने दुवै जना आउनुस र स्वास्थ्य परीक्षण गराउनु यसबाट ८० प्रतिशत निसन्तानको समस्या हटे्र जानेछन् ।
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लकडाउनमा बुवा आमाहरु निराश हुनुहुन्छ, वहाँहरुको हासो फर्काउने प्रयासमा छौँ : दिवेश मानवसेवा आश्रम
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
करको विरोधमा मुख्य सडक मै निरबस्त्र 'शरिरमा भएको कपडा बेचेर कर लेऊ सरकार' : युवा नेता रहबर अन्सारी
अाइसाेलेशनकाे पीडा भनी साध्य छैन्, जिउँदै नर्ककाे अनुभव : काेराेना परास्त गरेका सञ्चारकर्मी बिडारी
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)
लकडाउनकाे समयमा अनैतिक काम भइरहेको सुचनामा स्टुडियोका सञ्चालक सहित ३ पुरूष र २ नाबालिक नियन्त्रणमा
पिपिए अभावमा रेनकाेटले काम चलाउँदै ग्रामीण भेगका चिकित्सक : यस्तो छ काेराेना महामारीको तयारी
संक्रमित हुदैँमा अस्पतालमै भर्ना गरि राख्नैपर्ने प्रावधानले समस्या निम्त्याउन सक्छ : डा. आरके सिंह
वीरगंज भन्सार हुदैँ नेपाल फर्किए नेपाली कामदारहरु रोजीरोटी कसरी चलाउने ! #Covid_19 #Corona_Virus
सडेको चामल मेयरले वितरण गर्ने माफि मैले मागेको नाटक गर्ने ! कार्वाही हुनुपर्छ : वडा अध्यक्ष कुर्मी
मलाई सबैकुरा थाहा छ, हाम्रै पार्टीका केहि व्यक्ति महानगरलाई फेलियर गर्न लागि परेका छन् : मेयर सरावगी
निःशुल्क रुपमा हस्पिटल दिनु चुनावको तयारी हैन् आम जनताको राहतका लागी हो : यूवा नेता रहबर अंसारी
जनप्रतिनिधिकाे अवकात थिएन् अहिले विपतमा करोडौंको गाडी किन चाहियाे नेकपा नेता छाेटेलाल यादवकाे प्रश्न
स्मार्ट माेबाईल चलाउन नजान्ने प्रध्यापकहरू छन्, अहिलेकै परिस्थितिमा अनलाइन अध्यापन व्यवहारीक हुन्न l
लकडाउनमा Online Classes चुनाैति बनिरहदाँ, निजी क्षेत्रकाे एक विधालयकाे प्रयास प्रभावकारी बन्दै
महानगरको सर्वदलिय बैठक विरबलको खिचडी | मेयर सरावगी भन्नुहुन्छ कोरोना महामारीमा हामी चुकेका छौँ !
महामारीका बेला जनताको सेवामा लागेको छु : सांसद हरिनरायण रौनियार
कोरोनाको उच्च जोखिममा सञ्चारकर्मीहरु यसरी आफ्नो कर्तव्य निभाउदै
वीरगंजमा सेना परिचालन गरी लकडाउनमा कडाई
कोरोना जितेको कथा ! स्रोत साधनविना गम्भीर खालका कोरोना लागेका विरामीलाई मर्न दिने की अलपत्र पार्ने ?
सरकारको घोषणाले मात्रै हुन्न् | स्थनीय प्रदेश र संघ समनिकरण नभई कोरोनासंग लड्न सक्दैनौँ उधोगी केडिया
प्रदेश र केन्द्रको चेपुवामा नारायणी अस्पताल, पिसिआर मेशिन विना कोरोनाका विरामी छुट्याउन समस्या
राजधानीमा झण्डा हल्लाएर मन्त्रिहरुले जनतालाई स्वास्थ्य राख्न सक्छ : सांसद यादवको प्रश्न