बारा जिल्लास्थित बकैया खोलाबाट नदीजन्य पदार्थ (रोडा, ढुङ्गा, ग्रेभल र बालुवा) बिक्री वितरण र संकलनको लागि लगाएको ठेक्का सकारे गरेको कम्पनीले अनियमित रुपमा उत्खनन गरेपछि बारा प्रहरीले बुधवार दिउसो तीन वटा जेसिबी नियन्त्रमा लिएको हो ।
कोल्हबी नगरपालिकास्थित बकैया खोलाबाट ढुङ्गा, गिटी र बालुवा अनियमित रुपमा उत्खनन गरेको पाएपछि प्रहरीले बा ३ क ३३०८, बा १ क ८०८० र बा ३ क ३१०८ नम्बरको जेसिबी खोलबाट नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको जेसिबी जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ राखिएको छ ।
नम्बर प्लेटसमेत नराखी अबैध उत्खनन भईरहेको जानकारीमा आएकोले ईलाका प्रहरी कार्यालय निजगढ र ट्राफिक प्रहरी कार्यालय निजगढबाट गएको संयुक्त टोलीले जेसिबी नियन्त्रणमा लिएको थियो ।
ठेक्का संझौताअनुसार कोल्हबी नगरपालिकाले बा ३ क ३२२ र ना. १ क ८१८४ नम्बरको दुई जेसिबीलाई मात्र खोलामा उत्खनन अनुमति दिएको भएपनि ठेकदारले ४ वटासम्म जेसिबी प्रयोग गरेर अवैध उत्खनन गर्दैआएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक रुपेशकुमार ठाकुरले जनाए ।यसअघि पनि अवैध उत्खननको आरोपमा प्रहरीले ६ वटा ट्रिपर नियन्त्रणमा लिएर डेढ लाख जरिवाना तिराएको थियो ।
खोला उत्खननका लागि प्रसाई सेवा कोल्हबी, रियान्स निर्माण सेवा कोल्हबी, सिद्धार्थ निर्माण सेवा काठमाडौँ र रामदुलारी कन्सन्सट्रक्सन कोल्हबीले चार करोड रुपैयाँमा ठेक्का सकार गरेका छन् ।
कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरीले ठेकदारले बदमासी गरेको स्वीकार गर्दै आफूले पटकपटक अनुगमन गरेपनि जिल्ला समन्वय समितिले अनुगमन नगरेका कारण ठेकदार कम्पनीले मनोमानी गर्दै आइरहेको बताए ।
अनुगमनको जिम्मा पाएको जिल्ला समन्वय समितिले हालसम्म एक पटक मात्र अनुगमन गरेको चौधरीको भनाइ छ ।
भिडियोहरु
नेपालमा पारवाहन सम्बन्धी ठोस निति नहुदाँ समानहरु महंगियो : उधोगी टेमानी
महिला उद्यमीहरुको प्रतिस्पर्धा महिलासँग छैन: उद्यमी साह
खानपानको सावधानीले आँखा बचाउन सकिन्छ : दृष्टि विशेषज्ञ महतो
शिक्षा दिनुको मूख्य उद्धेश्य नै शैक्षिकस्तर जर्गेना गर्नु हो : संचालिका श्रेष्ठ
जीवनस्तर माथि उठाउन महिला स्वयम् पनि जागरुक हुन पर्छ :वडाध्यक्ष स्वर्णकार
साना र मझौला उद्यम नै देशको आर्थिक मेरुदण्ड : निवर्तमान अध्यक्ष गुप्ता
ठुलठुला कम्पनीलाई कार्वाही गर्दै महानगर यसरी नियन्त्रण गर्यो छाई सहितको ट्याक्टर
माईराम पोखरीमा फेरि डोजर चल्यो, अतिक्रमण हटाएरै छाड्छु :नगरप्रमुख सिंह
परिवारको खुसीको लागि गर्भवती महिलालाई खुसी राख्नुपर्छ : डा दास
'म माथी फैसला त भयो तर न्याय भयो कि भएन त्यो चितवनका जनताले भन्नेछन' : रवि लामिछाने
रवि लामिछानेले लगाएको १२ भाई मिडियाको कर्तुत, यस्तो छ |
सरकारबाट बाहिरिने रास्वपाको निर्णय | फिल्मी शैलीमा धोए रविले
उतिबेला रवि लामिछानेले बाेलेकाे कुरा ठ्याक्कै मिल्यो