वीरगञ्ज पब्लिक कलेजले बीबीए प्रथम सेमेस्टरमा भर्ना भएका नयाँ विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।
कलेजको सभाहलमा आयोजित कार्यक्रममा विद्यार्थीलाई कलेजको शैक्षिक वातावरण, व्यवस्थापन शिक्षा, व्यावसायिक अवसर तथा नेतृत्व विकासका विषयमा जानकारी गराइएको थियो।
कलेजको शैक्षिक उत्कृष्टताको २६औँ वर्षको अवसरमा आयोजित कार्यक्रमको उद्देश्य नयाँ विद्यार्थीलाई व्यवस्थापन शिक्षासँग परिचित गराउँदै उनीहरूको क्षमता, रुचि र नेतृत्व विकासका सम्भावनाबारे जानकारी प्रदान गर्नु रहेको सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठले बताए।
कलेजका संस्थापक प्रा. डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष माधव राजपाल प्रमुख अतिथिका रूपमा सहभागी थिए।
त्यसैगरी नेपाल युवा उद्यमी मञ्च वीरगञ्जका अध्यक्ष चन्दन सिंह, नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप तथा नवप्रवर्तन समितिका सदस्य एवं शालिमार पेन्ट्सका प्रबन्ध निर्देशक हेमन्त बैद्य र एचपी अग्रवाल समूहका प्रबन्धक धनञ्जय मिश्र विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा कलेजका क्याम्पस प्रमुख डा. विनय श्रेष्ठ, कार्यकारी निर्देशक युगल किशोर प्रसाद, शैक्षिक निर्देशक डा. विनय कुमार ठाकुर, प्राचार्य डा. वसुदेव लाल कर्ण, सहायक क्याम्पस प्रमुख डा. अरविन्द श्रेष्ठ तथा बीबीए संयोजक इन्जिनियर जयकिशन साहनीलगायतको सहभागिता थियो।
कार्यक्रममा उच्च शिक्षा, उद्यमशीलता तथा व्यावसायिक क्षेत्रमा आवश्यक ज्ञान, सीप र नेतृत्व क्षमताका विषयमा समेत चर्चा गरिएको थियो। कार्यक्रममा कलेजका विभिन्न विभागका प्रमुख, प्राध्यापक तथा कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।
कलेजले व्यवस्थापन शिक्षामार्फत विद्यार्थीलाई व्यावसायिक क्षेत्रमा सक्षम बनाउन विभिन्न शैक्षिक तथा व्यावहारिक गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। अभिमुखीकरणले नयाँ विद्यार्थीलाई कलेजको शैक्षिक प्रणाली, अध्ययनको प्रकृति र भविष्यमा उपलब्ध हुने अवसरबारे बुझ्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।