मुलुक र आम नागरिकको हितका लागि आफ्नो ज्यानको पर्वाह नगरी आहुती दिने नेपाली आमाका वीरवीरङ्गना छोराछोरी तपाईहरुको त्यागको संग्रामी सलाम । वास्तवमा मुलुकले अझै तपाईहरुको त्यागको सही मूल्याँकन गर्न सकेन । शहिद दिवसको नाममा तपाईहरुको स्मरण गर्न त खोजिन्छ । तर हरेक माघ १६ गतेको छिटफुट औपचारिक कार्यक्रमले मात्र त्यो बलिदानको वास्तविकता हुँदैन । मुलुक हाँक्नेहरुको हेक्का नहुँदा देशले नै शहिदहरु प्रति अपमान गरेको जस्तो आभाष भइरहेको छ । शहिदका सपना साकार हुनेमा अझै द्विविधा र अनगन्ती छिद्र देखिन्छन् । यो बर्ष पनि शनिबार शहिद दिवस त मनाइयो । तर शहिद भन्ने शब्दको वास्तविक अर्थ समेत यो देशका मनुवाहरुले नबुझेको प्रतित् हुन्छ । मुलुक र जनताको हितभन्दा फरक उद्देश्यका लागि ज्यान गुमाएका नागरिकको ठूलो भिडले वास्तविक शहिदको मर्ममा प्रहार गर्न छोडेको छैन । अनि तपाईहरुको त्यो त्यागको के सही अर्थ ?
शहिदका सुन्दर समपनामा हिलो छ्याप्ने खेल गर्ने जहिले पनि हठात सत्तामा पुग्ने र उनीहरुको बलमिच्याईंमा शहिदको तेजोबध गर्ने खेल रोकिएको छैन । देशमा भएका हरेक परिवर्तनमा शहिदले गरेको योगदानको उच्च मूल्याँकन नहुँदै फेरि देशमा राजनीतिक दाउपेचको असहिष्णु फोहोरी खेल सुरु हुन्छ । सत्ताको दाउपेचकै लागि मात्र हुने यस्ता खेलमा फेरि पनि नेपाली आमाका वीरवीरङ्गगनाको ज्यान जाने सम्भावना बढेर गएको छ ।विश्वमा सबैभन्दा चाडो राजनीतिक व्यवस्था बदल्दिएर शहिदले पु¥याएको संघीय गणतन्त्र सम्मको फूलवारीमा अझै राजनीतिक उन्मादमा बुट बजार्न उदद्ध राजनीतिक दलका फूँईफुटा टाउकेहरुको चालाले झन शहिदहरुको अपमान गरिरहेको छ । अब त सत्ता परिवर्तनका होनहार वीर सपुतहरुलाई राजनीतिक दल र तीनका मतियारहरुले सम्झेलान् कि भन्ने जनताको सोचाईमा अझै तुषारापात परिरहेको भान हुन्छ ।
खासमा सत्ताको सयरका लागि मात्र तपाईहरुका त्यागको सिंढी चढ्ने चाटुकारहरुको बद्ख्याईंले शहिदको यो देशमा अपमान भइरहेको छ । शहिदको बलिदानी र सपनाभन्दा सत्ताको शिखरमा पुग्नेहरुले विदेशी चलखेलको मतियार बन्दा आम जनताको चाहनामा पनि कुठाराघात भएको छ । अझ विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्ददेखि लखन थापा मात्र नभई त्यस यताका हरेक परिवर्तनका वाहक शहिदहरुको तेजोबध गरिएको छ ।
खोइ शहिदका सपना अनुसार मुलुक अगाडी बढेको ? एउटै पार्टीका व्यक्ति सरकारमा हुँदा पनि अझै मति नसुध्रिने खेल बन्द भएकै छैन । पाँच हजारलाई आहुती दिएँ त्यतिको जिम्मा लिन्छु भन्ने र नभनी सत्ताको आहालमा लडिबडी गर्न मरिहत्ते गर्नेले यो कुराको हेक्का राख्न पर्दैन ? कहिले मुलुक हाँक्छौं भन्ने काँग्रेस त कहिले नेपाल कम्युनिष्ट पार्टी बहुमतको नजिक पुगरेर पनि व्यक्ति र दलगत स्वार्थको मोलाहिजाका अगाडी शहिदका सपना निथ्रुक्क पार्दैछन् । पछिल्लो समयमा आपसी झै–झगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहिद घोषणा गर्दै १० लाखको लोभमा वास्तविक शहिदको भावनामा चोट पु¥याइएको छ । शहिदको भावना चोट पु¥याउने नभई शहिदका सपना साकार पार्ने बाटोमा लाग्न नेपालका आम राजनीतिक दल र राजनीतिकर्मीलाई हाम्रो सुझाव । बेअर्थको रोइलो र अकुत सुविधा त्याग्न तयार नहुने हो भने शहिद दिवसमा एक दिन हुने रोइलोको केही अर्थ हुँदैन ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)