धन्यवाद ! वीरगञ्ज, हामी कृतज्ञ छौँ ।
२३ वर्षको उमेरमा यो भुमिसँग, यहाँको समुदायसँग अनि यहाँको राजनीतिक, सांस्कृतिक तथा सामाजिक परिवेषसँगको अपनत्वले हामीलाई सानो पाइला स्थापनार्थ उत्प्रेरित ग¥यो । फलतः हामी केही साथीहरू र अग्रज एकीकृत भएर सानो पाइला बन्यौं । देशमा राजनीतिक, सांस्कृतिक र सामाजिक चेतनाको विकास आन्दोलनको स्वरुपमा अघि बढ्दै थियो । राजनीतिक विकासक्रम र सशस्त्र युद्धपछिको मूल प्रवाहभन्दा पर मधेश आफ्नो वजूद तलास्दै थियो । आफ्नो पहिचान र अधिकारसहितको समतामुलक भविष्य बुन्दै थियो ।
हामीले यहाँका युवा र समुदायसँगको सहकार्यलाइ पहिलो प्राथमिकतामा राख्यौं । युवावर्ग टेको बनेर उभिएमा देशकै मेरूदण्ड हुन्, यथोचित व्यवस्थापन हुन नसके विध्वंसकारी शक्ति पनि तिनै हुन सक्छन् । सन् २००६ मा वीरगञ्जमा स्थापना भएको सानो पाइलाले युवाहरुको समस्यालाई गहिरोसँग अध्ययन गरी उनीहरूको जोश–जाँगरलाई एउटा दिगो सशक्तिकरण अभियानमा परिणत गर्दै आएको छ ।
लागु औषधको कुलतमा र अपराधिक गतिविधिमा फसेका युवाहरुलाई समाजमा पुनस्र्थापित गर्ने मात्र नभइ उनीहरुलाई संस्थाभित्रै र समुदायमा विभिन्न नेतृत्व तहमा हामी स्थापित पनि गर्दै आइरहेका छौं । हामी समावेशी र दिगो सामुदायिक विकासका लागि ‘तल हुँदै माथि जाने सिद्धान्त (बटम अप एपरोच) को अनुसरण गर्दछौं । अनि त्यस्ता जटिल मुद्दाहरूमा केन्द्रित हुन्छौं, जसमा काम गर्नु अपरिहार्य त छ तर सरकार र निजी क्षेत्रको प्राथमिकतामा पर्न सकिरहेका छैनन् । १४ वर्ष लामो यो यात्रामा हामी यिनै विषयमा घोत्लियौं । मन्थन गरिरह्यौं । अध्ययन–अनुसन्धानमा जुटिरह्यौ । काममा खटिरह्यौं । जसका कारण कुलत र अपराधमा फसेका थुप्रै युवाहरू हामीसँगको सहकार्यमा अहिले सम्मानित र उदाहरणीय बनेर हाम्रै समाजमा स्थापित भएका छन् ।
सीमान्तकृत समुदायलाई राष्ट्रिय जीवनमा एकीकृत गर्दै उनीहरूको सशक्तिकरण गर्ने र मुलुकको दिगो विकासमा योगदान पु¥याउनेतर्फ पनि हामीले पाइलाहरू बढाएका छौं । ‘दाता रुचाउने र रिझाउने’ परियोजनाभन्दा पनि समुदाय अपेक्षित र भूगोल सुहाउँदा परियोजनाहरू हाम्रा प्राथमिकतामा छन् । जसबारे यहाँहरू पनि वाकिब नै हुनुहुन्छ । त्यसबेला समुदायमा हामीले देखेको पहिलो समस्या लागु औषधको प्रयोग, उत्पादन र त्यसको विक्री वितरण थियो । नगदेबालीका रुपमा गाँजा र अफिमको खेती हुन्थ्यो । युवादेखि प्रौढसम्म यसको कारोबार र लतमा थिए । लागुऔषधकै कारण त्यसबेला वीरगञ्ज अपराधको सहरमा परिणत हुँदै गएको भान हुन्थ्यो । जुनबेला हामीले लागु औषधविरुद्ध थालेको लडाइँ अन्तर्गत अफिम खेतीको ठाउँमा वैकल्पिक बाली लगाउने अभियान धेरै हदसम्म सफल पनि भयो । जुन अभियानले आजपर्यन्त निरन्तरता पाइरहेको छ । यसमा प्रहरी-प्रशासनका अधिकारी, सामाजिक अभियन्ता र संचारकर्मीहरूको योगदानको पनि म यहाँ स्मरण गर्न चाहन्छु ।
महिला तथा युवतीको प्रजनन् स्वास्थ्यदेखि शिक्षासम्मका अभियानलाई समुदायको अगुवाईमा हामीले अघि बढाइरहेका छौं । बालश्रममुक्त समाज निर्माणमा पनि हाम्रो अभियान चलिनै रहेको छ । श्रमजिवी र मजदुरका हकहितदेखि औद्योगिक विकास समेत हाम्रा अभियानमा समेटिएका छन् । मधेशको मुद्दालाई राज्यको मूलप्रवाहसँग जोड्न विचार–मन्थन पनि सानो पाइलाको अभियानमा प्राथमिकतामा छन् । वीरगञ्जलाई केन्द्र बनाएर थालिएका हाम्रा पाइला अहिले वागमती, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशसम्म विस्तारित हुन सके । महाभूकम्पका समयमा सानो पाइलाले गोरखामा थालेको अभियानले त अन्तर्राष्ट्रिय संचारमाध्यमको ध्यानाकृष्ट गर्न सफल भयो । देशविदेशमा हामीले गरेको कामको चर्चा चल्यो ।
भारतमा श्रम र यौनका लागि बेचिएका कयौं बालबालिका र युवतीहरूलाई सानो पाइलाले समाजमा पुनस्र्थापित गर्न पनि सफल भएको छ । हिमालयन ज्वैलरीमार्फत हामीले उनीहरूलाई उद्यमी पनि बनाउन सकेका छौं । जसले बनाएका गरगहनाको बजार विदेशमा समेत विस्तार भएको छ । करिब एक वर्षदेखि विश्वलाई नै आक्रान्त बनाएको कोरोना महाव्याधीको विषम परिस्थितिमा प्रदेश–२ मा सानो पाइलाले लिएको पहलकदमी त हाम्रो मानसपटलमा ताजा नै छ । कोरोना भाइरसविरुद्धको लडाइँ कसरी लड्ने भन्नेमा सबै क्षेत्र अलमलमै रहेका बेला सानो पाइलाले रोजीरोटी गुमाएकालाई खाद्यान्न राहत, दिनदुखीलाई भोजन, स्वास्थ्य संस्थालाई प्राविधिक सहयोग, संक्रमितलाई आइसोलेसन र पौष्टिक आहार अनि परामर्शको व्यवस्था गर्न हामी सफल भयौं । जसका कारण यहाँ काबुभन्दा बाहिरको परिस्थिति सृजना हुन पाएन ।
अन्त्यमा, सानो पाइलाको चाैधाैँ वर्षको यो यात्राका क्रममा हामीले समुदायप्रति अझ बढी जिम्मेवारीवोध गरेका छौं । समुदायबाट प्राप्त विश्वास र साथकै बदौलत हामीले यो यात्रा तय गर्न सकेका हौं । हामीलाई सहयोग गर्ने सामाजिक अभियन्ता, उद्यमी, राजनीतिकर्मी, संचारकर्मी, सरकारी अधिकारीसमेत सबैमा १५ औं वर्ष प्रवेशको यो सुखद अवसरमा आभार व्यक्त गर्दछौं । र, आउँदा दिनहरूमा पनि निरन्तर साथ – सहयोगको अपेक्षासहित यहाँहरूले हामीमाथि राख्दै आएको विश्वास र दिँदै आएको साथको सधैं झै पालना गर्ने पनि प्रतिवद्धता जनाउँदछौँ । धन्यवाद ! वीरगञ्ज, हामी कृतज्ञ छौँ ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)