श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद्, पर्साद्वारा आयोजित वृहत् रक्तदान कार्यक्रम मंगलबार वीरगञ्ज–भिश्वास्थित श्रीकृष्ण प्रणामी मन्दिर प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता परिषद् पर्साका अध्यक्ष योगेश यादवले गरेका थिए । कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र प्रमुख अतिथि रहनु भएको थियो भने नायब उपरीक्षक किशोर लम्साल विशिष्ट अतिथि हुनुहुन्थ्यो ।
सो अवसरमा नन्द किशोर साह, राहुल रौनियार, सन्जय अग्रवाल, बृज किशोर पटेल, घनश्याम दाहाल, श्रीमती अल्का बज्गाईँ, श्रीमती लक्ष्मी दाहाल, राजेन्द्र भट्टराई, दिपक पोख्रेल, जयप्रकाश बज्गाईँलगायत समाजसेवी तथा मन्दिर पदाधिकारीहरूको विशेष उपस्थिति रहेको थियो ।
रक्तदान कार्यक्रममा ३५ जना दाताले रक्तदान गरेका थिए, जसमा ७ जना महिला दाताको सहभागिता उल्लेखनीय रहेको आयोजक समितिले जनाएको छ ।
कार्यक्रम सञ्चालन परिषद् पर्साका सचिव नरोत्तम पाण्डेले गरेका थिए । आयोजक परिषद्को भनाइअनुसार यस्ता सेवामूलक कार्यक्रमहरूले समाजमा मानवता, करुणा र एकताको भावना अभिवृद्धि गर्ने भएकाले भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।