ञ्जुर अहमद (डिभिजनल अधिकृत)
डिभिजन वन कार्यालय, पर्सावैज्ञानिक व्यवस्थापन पद्धति अपनाउनु पर्दछ
राष्ट्रिय निकुञ्जभन्दा बाहिर रहेको १० हजार ५ सय हेक्टर वनक्षेत्र डिभिजन वन कार्यालय, पर्साको मातहतमा पर्छ । पर्साको वन सबैभन्दा कम क्षेत्रफल भएको जिल्ला हो । वन्यजन्तुको व्यवस्थापनको काम राष्ट्रिय निकुञ्ज विभागअन्तर्गतको अन्तर्राष्ट्रिय निकुञ्जको हो । यो वन्यजन्तुको संरक्षण र व्यवस्थापनको लागि स्थापना गरिएको हो । वन्यजन्तुको संरक्षण, व्यवस्थापनका सम्पूर्ण काम र गतिविधिहरू त्यो संस्थाले गर्दछ । वनक्षेत्रभन्दा बाहिर मानव बस्ती छ । मानवले आफ्नो जग्गाको साथै वनको जग्गा पनि अतिक्रमण गरी बाली लगाइरहेको हुन्छ । वन्यजन्तुको व्यवस्थापन गर्ने निकायले वन्यजन्तु संरक्षण जनावरको संख्या बढाइरहेको छ । गाउँ समाजले चाहिँ वन्यजन्तुको बासस्थानतिर अतिक्रमण गरिरहेको कारणले द्वन्द्व बढेको छ । व्यवस्थापन गर्दा संख्या बढे वा घनत्व बढे कमी गर्ने उपाय नेपालमा छैन । जनावरको संख्या वृद्धि हुदाँ निकुञ्जको क्षेत्रफलले धान्न सक्छ वा सक्दैैन भन्ने हिसाबको आँकलन हामीसँग छैन । बढी भएको संख्यालाई त्यही ठाउँमा व्यवस्थापन गर्न खोज्दा समस्या आएको हो । विभिन्न कारणले पानीको मुहान सुक्ने, खुला चरिचरण गर्नाले द्वन्द्व भएको छ । जलवायु परिवर्तको कारणले गर्दा सुक्खा क्षेत्र बढ्ने, वनमा डढेलो लाग्दा वन्यजन्तुलाई असर परी वन्यजन्तु बाहिर निस्किएका हुन्छन् । पानीको संकट हुँदा पानीको खोजीमा जनावरहरू बाहिर निस्किरहेका हुन्छन् । निलगाई, बदेल, बाघ, हात्ती र गैंडाले क्षति गरिरहको छ । बाघले बच्चा जन्माउने समयमा भाले बाघबाट बच्चा जोगाउन आफ्नो कोर एरियाबाट तल आउँदा गाउँको क्षेत्रमा आएको र मानवको विभिन्न गतिविधिका लागि वन क्षेत्रभित्र गएको हुनाले घटना हुन पुगेको छ । वनको क्षेत्र वनको नै हुन दिने र अवादी क्षेत्रमा खेती हुन दिनु पर्छ । वनमा खेती गर्ने र चोरी गर्ने गतिविधिहरूलाई नियन्त्रण गर्नु पर्छ । वन्यजन्तु व्यवस्थापनको लागि पानीका स्रोत व्यस्थापन गर्ने, डढेलो लाग्न नदिने, वन्यजन्तु बढी भएर बाहिर आउने भएमा त्यसको व्यवस्थापनलगायतका सबै काम संरक्षण गर्ने निकायले गर्नु पर्छ । वन्यजन्तुको बारेमा जनचेतना फैलाउने र जानकारी दिने काम गर्नु पर्छ । गाउँतिर आएको वन्यजन्तुलाई स्थानीय समुदाय, वन कार्यालय, निकुञ्जको सहयोगमा उद्धार गर्नु पर्छ । व्यस्थापनका लागि वैज्ञानिक र सापेक्ष पद्धति अपनाउनु पर्दछ ।
गोकुली रेग्मी(उपाध्यक्ष)
ठोरी गाउँपालिकाद्वन्द्व नियन्त्रण गर्न जनचेतना जरुरी
मानव र वन्यजन्तुबीचको द्वन्द्वलाई नियन्त्रण गर्न वन्यजन्तुको संरक्षणबारेमा जनचेतना हुनुपर्छ । ठोरी गाउँपालिका चारैतिर राष्ट्रिय निकुञ्जले घेरिएको मानवबस्ती बीचमा छ । चितवन राष्ट्रिय निकुञ्जको करिडोरभित्र रहेर पनि मानवमा विभिन्न क्षतिहरू भइरहेको अवस्था छ । पहिलाको अवस्था वन फडाँनीको हिसाबले हुन्थ्यो भने अहिले वन फडाँनी पनि नभएको र आधाभार क्षेत्र। हुलाकी मार्गमा यातायातको साधनहरूको कोलाहलले गर्दा वन्यजन्तुहरू शान्त वातावरण क्षेत्रमा बस्नको लागि र खानको लागि गाउँ पस्ने गरेका छन् । वन्यजन्तुले किसानले लगाएको खेतीबाली नष्ट गर्ने, वन्यजन्तुले आफ्नो बसोबास स्थानमा पर्याप्त मात्राको खाना उपलब्ध नभएपछि बस्तीमा पस्ने गर्छ । किसानहरूले लगाएको बालीहरूको संरक्षण गर्नका लागि मानव र वन्यजन्तुहरूबीचमा द्वन्द्व बढिरहेको छ । वन्यजन्तुलाई संरक्षण गर्न जरुरी छ । वन्यजन्तुहरू बसोबास गर्ने सिमसार क्षेत्र संरक्षण गरेमा जनावरहरू पौडी खेल्ने, खाने, चरण गर्ने स्थानहरूमा कोरिडोर बनाएर राखेमा वन्यजन्तुहरू बस्तीमा प्रवेश हुँदैनन् । शान्त वातावरण कोलाहल हँुदैन । ठूलो जनावरमा हात्तीको आतंक धेरै छ । साना जनावरहरूमा बदेल, घोडगधाले बालीनाली नष्ट गरेको छ । घोडगधा दिउँसो नै हिड्नाले आक्रमण गर्छ भन्ने डर हुन्छ । किसानले उत्पादन गरेको बाली भित्र्याउन नपाउनु, वन्यजन्तुले खाना प्राप्त गर्न नसक्नाले द्वन्द्व उत्पन्न भएको छ । वनसंरक्षणभित्रका निकायहरूले वन्यजन्तुहरूलाई संरक्षणको पाटोमा राख्नुपर्छ ।
फुलमाया दर्जी (कार्यपालिका सदस्य)
ठोरी गाउँपालिका
वन्यजन्तुले नखाने बालीनाली लगाउनु पर्छ
निकुञ्जको आसपासमा मानिस र वन्यजन्तु बीचको द्वन्द्वलाई हटाउन जन चेतनामूलक कार्यक्रम गर्नु पर्छ । वन्यजन्तुले बढी खाने खालका बालीनालीहरू किसानले नलगाउने, वन्यजन्तुहरूले कम खाने अदुवा, बेसार, कागतीजस्ता खेतीहरू लगाउने गर्नु पर्छ । बालीको सुरक्षाको लागि नेट जाली, तारजाली र विद्युतीयजाली लगाउनु पर्छ । निर्मल उपभोक्ता समिति र पालिकाले ठाउँठाउँमा तारजाली लगाएको छ । पालिकाले तार दिएर किसानहरू आफैले मिहिनेत गरेर बालीनालीहरू पहिलाभन्दा केही जोगिएको छ ।
अजित यादव (रेन्जर)
चितवन राष्ट्रिय निकुञ्जपूर्ण रूपमा हटाउन कठिन छ
अहिलेको परिस्थितिमा मानव–वन्यजन्तु द्वन्द्व पूर्ण रूपमा हटाउन अलि कठिन छ । यसलाई मानव र वन्यजन्तुबीच सअस्तित्व कायम गर्दै लैजानु पर्ने हुन्छ । निकुञ्जको आसपासमा हुने मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणको लागि निकुञ्ज कार्यालयले निकुञ्जको कोर क्षेत्रभित्र वन्यजन्तुको बासस्थान नियमित रूपमा व्यवस्थापन गर्नु पर्दछ । समुदायस्तरमा वन्यजन्तुको आनीबानीसम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्नु पर्छ । वन्यजन्तु मार्गको संरक्षण तथा व्यवस्थापन गर्नु पर्छ । बस्तीभित्र वन्यजन्तुको प्रवेश रोक्न विभिन्न किसिमको संरचना निर्माण गर्नु पर्छ । वातावरणमैत्री भौतिक पूर्वाधार निर्माण गर्नु पर्छ । सामुदायमा आधारित चोरी शिकार नियन्त्रण इकाई गठन तथा परिचालन गर्नु पर्छ । वैकल्पिक जीविकोपार्जनको विकास तथा उचित व्यवस्थापन गर्नु पर्छ । पशुधन तथा कृषिबाली बिमाको व्यवस्था हुनु पर्छ । स्थानीय जनसमुदायलाई वन्यजन्तुबाट बच्ने उपायसम्बन्धी तालिम दिनु पर्छ । वन्यजन्तुबाट भएको क्षतिको क्षतिपूर्ति तथा राहतसम्बन्धी व्यवस्था र त्यसको सरल उपलब्धताको व्यवस्था गर्नु पर्छ । समस्याग्रस्त वन्यजन्तुको पहिचान गरी समयमै व्यवस्थापन गर्नु पर्छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ११, २०८२ १६:२२