वीरगञ्जको बिहान अरू शहरको भन्दा फरक छ । सीमावर्ती शहरको आफ्नै गति छ । उद्योग, व्यापार, बजार, आवतजावत र मानिसहरूको निरन्तर चहलपहलले वीरगञ्जलाई सधैं व्यस्त राख्छ । तर, यही व्यस्त शहरभित्र एउटा यस्तो आवश्यकता लामो समयदेखि महसुस हुँदै आएको थियो, जसको सम्बन्ध व्यापार वा उद्योगसँग होइन, मानिसको जीवनसँग जोडिन्छ ।
त्यो आवश्यकता थियो–आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा । स्वास्थ्यमा समस्या आउँदा मानिसले केवल अस्पताल खोज्दैन । उसले उपचारसँगै भरोसा खोज्छ । उसले आफूलाई बुझ्ने चिकित्सक खोज्छ । आधुनिक प्रविधि खोज्छ । विशेषज्ञता खोज्छ । अनि सबैभन्दा महत्वपूर्ण कुरा–आफू र आफ्नो परिवारबाट धेरै टाढा नपुगिकन उपचार पाउन सकिने ठाउँ खोज्छ ।
तर, वीरगञ्ज र आसपासका धेरै परिवारका लागि लामो समयसम्म अवस्था सहज थिएन । सामान्य स्वास्थ्य समस्यादेखि जटिल रोगको उपचारसम्मका लागि काठमाडौं वा भारतका विभिन्न शहरतर्फ जानुपर्ने बाध्यता थियो । उपचारका लागि घर छाड्नु आफैंमा एउटा कठिन निर्णय हुन्छ । त्यसमा थपिन्थ्यो यात्रा खर्च, बसोबासको खर्च, उपचारको अनिश्चितता र परिवारबाट टाढा रहनुपर्ने मानसिक तनाव ।
रोगले मानिसलाई शारीरिक रूपमा मात्र कमजोर बनाउँदैन । यसले परिवारको आर्थिक अवस्था, मानसिक शान्ति र भविष्यप्रतिको भरोसामाथि पनि असर गर्छ । त्यसैले आफ्नै शहरमा राम्रो उपचार पाउनु केवल स्वास्थ्य सेवाको विषय होइन । यो सामाजिक आवश्यकता हो । यो आर्थिक राहत हो । यो व्यक्तिको स्वास्थ्यसँगै परिवारको मनोवैज्ञानिक सुरक्षासँग जोडिएको विषय हो । र, कतिपय अवस्थामा यो जीवन बचाउने समयसँग जोडिएको सरोकार पनि हो ।
यही आवश्यकताको बीचबाट एउटा सोच जन्मियो–किन आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन नसक्ने ? त्यो प्रश्नले एउटा सपनालाई जन्म दियो । त्यही सपना विस्तारै एउटा संस्थाका रूपमा उभियो—प्रभु अस्पताल तथा रिसर्च सेन्टर ।
आवश्यकता संकल्पमा बदलियो
पर्साको पोखरियामा जन्मिएका डा. मनोजकुमार गुप्ता र डा. लक्ष्मी थापा चिकित्सा शिक्षा पूरा गरेर वैवाहिक र व्यावसायिक जीवनको यात्रामा सँगै अघि बढिसकेका थिए । अध्ययनका लागि विदेश पुग्नु, चिकित्सा क्षेत्रमा ज्ञान र अनुभव हासिल गर्नु र त्यसपछि काठमाडौंमा स्वास्थ्य सेवामा सक्रिय रहनु उहाँहरूको जीवनयात्राको महत्वपूर्ण हिस्सा थियो ।
तर, आफ्नो जन्मभूमिसँगको सम्बन्ध केवल भावनामा सीमित थिएन । आफ्नै ठाउँका मानिसले गुणस्तरीय स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने चाहना डा. मनोजभित्र थियो, त्यसमा डा. लक्ष्मीको साथ, समर्पण र सहयात्रा थपियो ।
बि.सं. २०६२÷६३ को राजनीतिक परिवर्तनपछि देशको राजनीतिक र सामाजिक परिवेश तीव्र रूपमा परिवर्तन भइरहेको थियो । यही संक्रमण र परिवर्तनको समयक्रममा सर्जन डा. मनोज र स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. लक्ष्मी वीरगञ्जमा चिकित्सकीय कर्म गर्न आइपुगे । वीरगञ्ज उनीहरूका लागि केवल काम गर्ने ठाउँ बनेन । चिकित्सा सेवाको क्रममा यहाँका मानिससँगको प्रत्यक्ष सम्बन्ध, उनीहरूले भोगिरहेका स्वास्थ्यसम्बन्धी समस्या र उपचारका लागि बाहिर जानुपर्ने बाध्यताले उनीहरूलाई यस क्षेत्रको स्वास्थ्य अवस्थालाई नजिकबाट बुझ्ने अवसर दियो ।
उनीहरूले वीरगञ्जको चिकित्सा सेवाका क्रममा नजिकबाट एउटा वास्तविकता देखे । उपचारका लागि आउने बिरामीको संख्या थियो, उपचारको आवश्यकता थियो, राम्रो स्वास्थ्य सेवाको माग थियो । तर, त्यस मागलाई सम्बोधन गर्ने स्तरको विशेषज्ञ सेवा, प्रविधि र संरचना पर्याप्त थिएन ।
बिरामीहरू उपचारका लागि बाहिर जान बाध्य थिए । त्यही अवस्थाले एउटा सवाललाई अझ गम्भीर बनायो–यदि दक्ष चिकित्सक, आधुनिक प्रविधि र व्यवस्थापनको प्रयास आफ्नै ठाउँमा केन्द्रित गर्न सकिन्छ भने किन यहाँकै मानिसले यहाँकै ठाउँमा राम्रो उपचार नपाउने ?
वीरगञ्जमा बिताएको चिकित्सकीय यात्राले विस्तारै उनीहरूको सोचलाई सेवाबाट संस्थागत पहलतर्फ डो¥यायो । आफ्नै ठाउँका मानिसले गुणस्तरीय स्वास्थ्य सेवा पाउन सकून् र सामान्यदेखि जटिल उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम होस् भन्ने सोच यही अनुभवबाट बलियो बन्दै गयो । एउटा अनुभूति भयो–चिकित्सक भएर बिरामीको उपचार गर्नु एउटा जिम्मेवारी हो, तर आफ्नै क्षेत्रमा आवश्यक स्वास्थ्य संरचना निर्माणमा योगदान गर्नु त्योभन्दा ठूलो सामाजिक दायित्व हुन सक्छ ।
डा. मनोजको शब्दमा, यही प्रश्न अस्पताल स्थापनाको आधार बन्यो । ‘वीरगञ्जमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने एउटा अस्पताल आवश्यक छ भन्ने महसुस भयो । बाहिर जानुपर्ने बाध्यता कम होस् र आफ्नै ठाउँमा राम्रो उपचार पाउन सकियोस् भन्ने हाम्रो मुख्य सोच थियो ।’

यो भनाइमा अस्पताल स्थापनाको पृष्ठभूमिमात्र छैन । यसमा एउटा ठूलो स्वास्थ्य दर्शन लुकेको छ । स्वास्थ्य सेवा ठूला ठाउँमा केन्द्रित हुनुपर्छ कि आवश्यकतामा ? दक्ष चिकित्सक राजधानीमै सीमित हुनुपर्छ कि आफ्नो क्षेत्रका मानिससम्म पनि पुग्नुपर्छ ? आधुनिक स्वास्थ्य प्रविधि केही ठूला शहरको पहुँचमा मात्र रहनुपर्छ कि वीरगञ्जजस्तो आर्थिक तथा औद्योगिक केन्द्रले पनि त्यस्तो सेवा पाउनुपर्छ ? यस्ता प्रश्नको उत्तर खोज्ने क्रममा प्रभु अस्पतालको अवधारणा आकार लिन थाल्यो ।
अस्पतालभन्दा पहिले उभियो विचार
अस्पताल निर्माण गर्न भवन चाहिन्छ । उपकरण चाहिन्छ । चिकित्सक चाहिन्छ । स्वास्थ्यकर्मी चाहिन्छ । प्रविधि चाहिन्छ । लगानी चाहिन्छ । व्यवस्थापन चाहिन्छ । तर, यो अस्पताल निर्माणको पहिलो आधार यीमध्ये कुनै पनि होइनन् । पहिलो आधार हो–दृष्टिकोण ।
आफ्नो ठाउँमा केही गरौं भन्ने भावना । आफ्ना मानिसका लागि केही गरौं भन्ने जिम्मेवारी । स्वास्थ्य सेवामा देखिएको एउटा खाली ठाउँलाई भर्ने प्रतिबद्धता । प्रभु अस्पतालको यात्रा यही दृष्टिकोणबाट शुरू हुन्छ ।
२०७३ सालमा प्रभु अस्पताल तथा रिसर्च सेन्टर दर्ता भयो । त्यसपछि एउटा कठिन यात्रा शुरू भयो । अस्पतालको संरचना तयार पार्नु, आवश्यक पूर्वाधार निर्माण गर्नु, उपकरण जडान गर्नु, जनशक्ति व्यवस्थापन गर्नु र सेवा सञ्चालनका लागि आवश्यक तयारी गर्नु सामान्य काम थिएन । तर, करिब २७ महिनाको निरन्तर प्रयासपछि अस्पतालको भौतिक संरचना तयार भयो । त्यसपछि शुरू भयो अर्को यात्रा–सेवाको ।

एउटा भवन अस्पताल बन्नका लागि त्यसभित्र बिरामीको पीडा बुझ्ने मानिसहरू चाहिन्छन् । एउटा उपकरण अस्पतालको प्रविधि बन्नका लागि त्यसलाई सही ढंगले प्रयोग गर्ने दक्ष जनशक्ति चाहिन्छ । र, एउटा चिकित्सकीय सेवा विश्वासिलो बन्नका लागि त्यसको केन्द्रमा बिरामी हुनुपर्छ । प्रभु अस्पतालको यात्रा यही मान्यताका साथ अघि बढेको डा. लक्ष्मी बताउँछिन् ।
‘यसको स्थापना एउटा व्यावसायिक परियोजनामात्र थिएन । यसको पछाडि एउटा क्षेत्रीय आवश्यकता थियो । वीरगञ्जमा स्वास्थ्य सेवाको स्तरलाई माथि उठाउने र स्थानीय मानिसलाई आफ्नै ठाउँमा उपचारको विकल्प दिने उद्देश्य थियो,’ उनले भनिन् ।
वीरगञ्जबाहिर जाने बाध्यता घटाउने प्रयास
कुनै परिवारमा गम्भीर बिरामी पर्दा उपचारको निर्णय केवल चिकित्सकीय हुँदैन । त्यो निर्णयसँग केही प्रश्न जोडिएका हुन्छन् । कहाँ जाने ? कुन चिकित्सकलाई देखाउने ? कति खर्च लाग्ने ? कति दिन बस्नुपर्ने ? यात्रा कसरी गर्ने ? बिरामीको अवस्था बाटोमा बिग्रियो भने के गर्ने ? बिरामीसँग जाने परिवारका सदस्य कहाँ बस्ने ? यस्ता प्रश्नले उपचारको पीडालाई अझ गम्भीर बनाउँछन् । विशेषगरी मधेशजस्तो घना बस्ती, ठूलो जनसंख्या र सीमित आर्थिक स्रोत भएका समुदायमा स्वास्थ्य सेवाको पहुँचको विषय अझ जटिल हुन्छ । यस्तो अवस्थामा आफ्नै शहरमा विशेषज्ञ सेवा उपलब्ध हुनुको अर्थ केवल सुविधामात्र होइन । यो समयको बचत हो । खर्चको बचत हो । परिवारसँग रहने अवसर हो । र, आकस्मिक अवस्थामा छिटो निर्णय लिन सकिने सम्भावना पनि हो । प्रभु अस्पतालले यही आवश्यकतालाई आफ्नो मूल उद्देश्यसँग जोडेको छ ।
वीरगञ्ज मात्र होइन, मधेश प्रदेशका विभिन्न क्षेत्रबाट बिरामीहरू यहाँ उपचारका लागि आउने गरेका छन् । बागमती प्रदेशका केही क्षेत्रबाट पनि बिरामीहरू आउँछन् । सीमापार भारतबाट समेत उपचारका लागि बिरामी आउने अवस्था बनेको अस्पतालको तथ्यांकले देखाउँछ ।
डा. मनोज स्मरण गर्छन्, ‘पछाडि फर्केर हेर्दा प्रभु अस्पतालको यात्रा एउटा सरल प्रश्नबाट शुरू भएको हो–आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा किन नदिने ? त्यो प्रश्न त्यतिबेलाको आवश्यकता थियो । आवश्यकता सोच बन्यो । सोच संकल्प बन्यो । संकल्प योजनामा बदलियो । योजना अस्पतालको भवनमा उभियो । र, त्यो भवनभित्र आज हजारौं बिरामीको विश्वास जोडिएको छ । यही विश्वास प्रभु अस्पतालको यात्राको सबैभन्दा महत्वपूर्ण पक्ष हो । स्वास्थ्य सेवा केवल उपचार होइन । यो विश्वास र जिम्मेवारी हो ।’
डा. लक्ष्मीको शब्दमा यो अस्पताल एउटा आवश्यकताले जन्माएको सपना हो । आफ्नै ठाउँका मानिसलाई आफ्नै ठाउँमा गुणस्तरीय स्वास्थ्य सेवा दिने सपना । सपना पूरा भएपछि यात्रा सकिँदैन । सपना एउटा नयाँ जिम्मेवारीमा बदलिन्छ । समयसँगै अझ सक्षम बन्दै जानु, अझ धेरै मानिससम्म पुग्नु र गुणस्तरीय स्वास्थ्य सेवाको भरोसालाई अझ बलियो बनाउँदै लैजानु अब प्रभु अस्पतालका लागि जिम्मेवारी हो । अस्पतालको सफलताको सबैभन्दा ठूलो मापदण्ड भवनको उचाइ, उपकरणको संख्या वा प्राप्त सम्मानमात्र होइन । सबैभन्दा ठूलो मापदण्ड हो–कति मानिसले यहाँ आएर आशा पाए ? कति बिरामी स्वस्थ भएर घर फर्किए ? र, कति मानिसले मनमनै भने–हामीलाई उपचारका लागि अब धेरै टाढा जानु पर्दैन ।
एउटै छानामुनि बहुविशेषज्ञीय स्वास्थ्य सेवा
प्रभु अस्पताल एण्ड रिसर्च सेन्टर बहुविशेषज्ञीय स्वास्थ्य सेवाको अवधारणासहित अघि बढिरहेको छ । स्त्री तथा प्रसूति रोगदेखि जनरल तथा ल्याप्रोस्कोपिक शल्यक्रियासम्म । युरोलोजी तथा एन्डो–युरोलोजीदेखि अर्थोपेडिक्स तथा स्पाइन सर्जरीसम्म । आन्तरिक चिकित्सादेखि बालरोग तथा नवजात शिशु सेवासम्म ।
त्यसैगरी मनोचिकित्सा, नाक, कान तथा घाँटी, दन्त चिकित्सा, छालारोग र रेडियोलोजीलगायतका विशेषज्ञ सेवाहरू सञ्चालनमा छन् । यी सेवाहरूको सूची हेर्दा यो एउटा अस्पतालको विभागीय संरचना जस्तो लाग्न सक्छ । तर, बिरामीको दृष्टिले हेर्दा यसको अर्थ अझ ठूलो हुन्छ । एउटा परिवारले उपचारका लागि बारम्बार फरक शहर धाउनुपर्ने आवश्यकता कम हुनु यसको मूल उद्देश्य हो ।

एउटै संस्थाभित्र विभिन्न विशेषज्ञसँग परामर्श लिन सकिने सुविधा हुनु र रोगको प्रकृति अनुसार आवश्यक परीक्षण, परामर्श र उपचारलाई एउटै स्वास्थ्य प्रणालीसँग जोड्न सकिने अवस्था हुनु ।
डा. लक्ष्मी थापाका लागि अस्पतालको अर्थ यतिमै सीमित छैन । उनी भन्छिन्– ‘हाम्रो प्राथमिकता भनेको बिरामीलाई उपचारमात्र होइन, विश्वासिलो र सम्मानजनक स्वास्थ्य सेवा दिनु हो । बिरामीले आफ्नो उपचारका लागि आवश्यक धेरैजसो सेवा एउटै संस्थाबाट सहज रूपमा पाउन सकून् भन्ने हाम्रो प्रयास हो ।’
यो भनाइले अस्पतालको सेवाको अर्को पक्ष उजागर गर्छ । स्वास्थ्य सेवा केवल रोगको उपचारमात्र होइन । बिरामीलाई मानवीय रूपमा सम्मान गर्नु पनि उपचारकै एउटा अभिन्न हिस्सा हो ।
बिरामी अस्पताल आउँदा ऊ केवल एउटा स्वास्थ्य समस्यामात्र लिएर आएको व्यक्ति हुँदैन । ऊ आफ्नो पीडा, डर, आशा र परिवारको चिन्ता लिएर आएको हुन्छ । त्यसैले राम्रो स्वास्थ्य सेवाले रोगमात्र हेर्दैन, बिरामीलाई पनि हेर्छ ।
प्रविधि, परीक्षण र सही निर्णय
आधुनिक स्वास्थ्य सेवामा चिकित्सकको ज्ञान महत्वपूर्ण छ । तर, आजको चिकित्सा प्रणाली केवल चिकित्सकको अनुभवमा निर्भर रहन सक्दैन ।
स्वास्थ्य समस्याको सही निदानका लागि सही परीक्षण आवश्यक हुन्छ । सही उपचारका लागि सही रिपोर्ट आवश्यक हुन्छ । र, जटिल अवस्थाको निर्णयका लागि आधुनिक प्रविधि आवश्यक हुन्छ ।
प्रभु अस्पतालले यही पक्षलाई ध्यानमा राख्दै आवश्यक अत्याधुनिक उपकरणसहितको प्रयोगशाला, रेडियोलोजी तथा अल्ट्रासाउन्ड सेवा सञ्चालनमा ल्याएको डा. मनोजकुमार गुप्ता बताउँछन् ।
‘यी सेवा अस्पतालका सहायक सेवा जस्ता देखिए पनि उपचार प्रक्रियाका महत्वपूर्ण आधार हुन् । रोग पहिचान गर्न, रोगको अवस्था बुझ्न, उपचारको प्रभाव मूल्यांकन, शल्यक्रियाअघि आवश्यक परीक्षणलगायतका सबै प्रक्रियामा प्रविधिको भूमिका हुन्छ, डा. मनोज भन्छन्, ‘त्यसैले आधुनिक अस्पतालको पहिचान केवल ठूलो भवन वा आकर्षक संरचनाले निर्धारण गर्दैन । त्यसको वास्तविक पहिचान बिरामीलाई उपलब्ध गराइने चिकित्सकीय क्षमता, प्रविधि, जनशक्ति र सेवाको समन्वयले निर्धारण गर्छ । जुन अपरिहार्य छ ।’
यससँगै बिरामीको सहजतालाई ध्यानमा राख्दै २४ घण्टा सञ्चालन हुने फार्मेसी सेवा पनि अस्पतालको सेवाको महत्वपूर्ण हिस्सा बनेको अस्पताल व्यवस्थापनले जनाएको छ ।
उपचारभन्दा अगाडि सामाजिक उत्तरदायित्व
अस्पतालमा बिरामी आएपछि उपचार गर्नु स्वास्थ्य संस्थाको प्रत्यक्ष जिम्मेवारी हो । तर, स्वस्थ समाज निर्माणका लागि यतिमात्र पर्याप्त हुँदैन ।
रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्न नदिने प्रयास धेरै महत्वपूर्ण हुन्छ । यही कारण प्रभु अस्पतालले आफ्नो भूमिकालाई अस्पतालको चार पर्खालभित्र मात्र सीमित राख्न नखोजेको डा. लक्ष्मी थापा बताउँछिन् ।
निःशुल्क स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम, सेमिनार र समुदाय केन्द्रित गतिविधिमार्फत स्वास्थ्यसम्बन्धी सचेतना फैलाउने प्रयास भइरहेको छ ।
मधेश प्रदेशका विभिन्न क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार र जनस्वास्थ्यसँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्नु अस्पतालले आफ्नो सामाजिक उत्तरदायित्वको हिस्सा मानेको छ ।

यो दृष्टिकोण आफैंमा महत्वपूर्ण छ । अस्पतालमा आउने बिरामीमध्ये धेरैजना रोगको अन्तिम चरणमा मात्र पुग्ने परिपाटी हामीकहाँ छ । नियमित स्वास्थ्य परीक्षणको अभ्यास कमैमात्र छ । कतिपय अवस्थामा परीक्षण र नियमित स्वास्थ्य जाँचको महत्व बुझिएको हुँदैन । कतिपय रोगबारे समयमै जानकारी नहुन सक्छ । कतिपय अवस्थामा आर्थिक वा सामाजिक कारणले उपचार ढिला हुन्छ ।
त्यसैले समुदायमा स्वास्थ्य चेतना फैलाउनु भनेको अस्पतालमा बिरामीको संख्या घटाउनु मात्र होइन । यसले सम्भावित रोगलाई समयमै पहिचान गर्ने र मानिसलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गर्ने काम गर्छ । अस्पताल सञ्चालकको दृष्टिकोण पनि यही छ ।
‘हामी अस्पतालभित्र आउने बिरामीको मात्र उपचार गर्ने संस्थाका रूपमा सीमित हुन चाहँदैनौं । समुदायसम्म पुगेर स्वास्थ्यसम्बन्धी सचेतना र सेवा विस्तार गर्नु पनि हाम्रो सामाजिक दायित्व हो,’ डा मनोजकुमार गुप्ता भन्छन् ।
बिरामीको मुहारमा विश्वासको मूल्य
प्रभु अस्पतालको स्थापनालाई केवल एउटा स्वास्थ्य संस्थाको जन्मका रूपमा मात्र हेरिनु हुँदैन । यसलाई एउटा क्षेत्रीय स्वास्थ्य आवश्यकता र त्यसको समाधानमा एकीकृत प्रयासको रूपमा हेर्नुपर्छ ।
वीरगञ्ज आर्थिक गतिविधिको महत्वपूर्ण केन्द्र हो । ठूलो जनसंख्या र सीमावर्ती क्षेत्रसँगको सम्बन्धका कारण यहाँ स्वास्थ्य सेवाको माग पनि ठूलो छ । यस्तो ठाउँमा गुणस्तरीय स्वास्थ्य संस्थाको विकासले स्थानीय स्वास्थ्य प्रणालीलाई मात्र होइन, समग्र क्षेत्रको सामाजिक र आर्थिक जीवनलाई प्रभाव पार्छ ।
जब बिरामीलाई उपचारका लागि टाढा जानु पर्दैन, परिवारको खर्च घट्छ । जब विशेषज्ञ सेवा स्थानीय रूपमा उपलब्ध हुन्छ, उपचारमा लाग्ने समय घट्छ । जब आधुनिक प्रविधि आफ्नै शहरमा उपलब्ध हुन्छ, जटिल उपचारका लागि विकल्प बढ्छ ।

त्यसबेला एउटा शहरमा स्वास्थ्य सेवाको गुणस्तर बढ्छ, त्यसले दक्ष स्वास्थ्य जनशक्ति, प्रविधि, सेवा र स्वास्थ्यसम्बन्धी चेतनाको विकासलाई पनि प्रेरित गर्छ । त्यस अर्थमा एउटा अस्पताल केवल बिरामी उपचार गर्ने ठाउँ होइन । यो उपचारका लागि आएका बिरामीमात्र होइन, समाजको विश्वास र भरोसा जोडिएको सामाजिक पूर्वाधार हो ।
स्वास्थ्य सेवामा सबैभन्दा किन्न सकिन्छ । उपकरण किन्न सकिन्छ । भवन बनाउन सकिन्छ । नयाँ विभाग थप्न सकिन्छ । विशेषज्ञ चिकित्सक ल्याउन सकिन्छ । तर, विश्वास किनिन्न ।
विश्वास समयसँगै निर्माण हुन्छ । एउटा बिरामीले चिकित्सकलाई आफ्नो जीवनको महत्वपूर्ण निर्णय सुम्पिन्छ । एउटा परिवारले आफ्नो प्रियजनको उपचारको जिम्मेवारी अस्पताललाई दिन्छ । त्यहाँ केवल चिकित्सा ज्ञानको कुरामात्र हुँदैन । त्यहाँ भरोसाको कुरा हुन्छ ।
प्रभु अस्पतालको यात्रामा वर्षौंको सेवाबाट निर्माण भएको यही विश्वास महत्वपूर्ण उपलब्धि बनेको डा. मनोजको दाबी छ । ‘स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरूप विभिन्न संघसंस्था तथा निकायबाट सम्मान र अवार्ड प्राप्त हुनु संस्थागत यात्राको एउटा उपलब्धि हो । तर, सम्मानपत्र र अवार्डभन्दा ठूलो सम्मान अस्पतालका लागि अर्को हुन्छ । बिरामी स्वस्थ भएर घर फर्किनु, आमाको अनुहारमा फेरि मुस्कान देखिनु, बुबाको चिन्ता कम हुनु, कुनै परिवारले उपचारका लागि टाढा जानुपर्ने बाध्यता टर्नु, कुनै शल्यक्रिया सफल हुनु, कुनै नवजात शिशुले सुरक्षित जीवन शुरू गर्नु, कुनै बिरामीले उपचारपछि फेरि आफ्नो काममा फर्किनुजस्ता यी उपलब्धिहरू मुख्य हुन्,’ उनले भने ।
यस्ता उपलब्धि कुनै ट्रफी वा सम्मानपत्रमा लेखिँदैनन् । तर, अस्पतालको इतिहास र उपचारमा खटिने चिकित्सकको सन्तुष्टिमा यिनै उपलब्धि अमिट तरिकाले लेखिन्छन् ।
सपनाको अर्को अध्याय ः नर्सिङ कलेज र आईभीएफ सेवा
समय स्थिर छैन । स्वास्थ्य क्षेत्रमा प्रविधि तीव्र गतिमा परिवर्तन भइरहेको छ । रोगको स्वरूप बदलिँदैछ । उपचारका नयाँ विधि विकास भइरहेका छन् । बिरामीका अपेक्षा बढिरहेका छन् । स्वास्थ्य सेवाको परिभाषा पनि विस्तार हुँदै गएको छ ।
आज उपलब्ध सेवा भोलि पर्याप्त नहुन सक्छ । आज आधुनिक मानिएको प्रविधि केही वर्षपछि पुरानो हुन सक्छ । त्यसैले स्वास्थ्य संस्थाको सफलता केवल उसले आज के गरेको छ भन्ने कुराले निर्धारण हुँदैन । उसले भोलिको आवश्यकतालाई कति बुझ्छ भन्ने कुराले पनि निर्धारण गर्छ ।
वीरगञ्जलाई स्वास्थ्य सेवाका लागि बाहिर हेर्नुपर्ने शहर होइन, स्वास्थ्य सेवाका लागि आफैंमा भरोसा गर्न सकिने केन्द्रका रूपमा विकास गर्न सकियोस् । यो सपना आज पूर्ण भइसकेको छैन । स्वास्थ्य सेवाको यात्रा कहिल्यै पूर्ण हुँदैन । हरेक नयाँ रोगले नयाँ प्रश्न जन्माउँछ । हरेक नयाँ प्रविधिले नयाँ सम्भावना खोल्छ ।
हरेक बिरामीले स्वास्थ्य सेवाका लागि नयाँ जिम्मेवारी थप्छ । हरेक परिवारको विश्वासले अस्पताललाई अझ राम्रो बन्न चुनौती दिन्छ । प्रभु अस्पतालका लागि पनि आगामी यात्रा यही चुनौतीसँग जोडिएको छ । थप विशेषज्ञ सेवा, थप आधुनिक प्रविधि, दक्ष जनशक्तिको निरन्तर विकास, बिरामीमैत्री सेवा, सुदृढ पूर्वाधार र समुदायसम्म स्वास्थ्य सेवाको पहुँच विस्तारजस्ता विषय एउटा संस्थाले समयसँगै आफूलाई कसरी परिवर्तन गर्छ भन्ने प्रतिबद्धताका आधार हुन् ।

डा. मनोजकुमार गुप्ता र डा. लक्ष्मी थापाले वर्षौंअघि देखेको सपना यही यात्रासँग जोडिएको छ । प्रभु अस्पतालले स्वास्थ्य सेवा विस्तारसँगै दक्ष जनशक्ति उत्पादनलाई पनि आफ्नो आगामी योजनाको महत्वपूर्ण हिस्साका रूपमा अघि बढाएको छ । अस्पताल प्रशासन प्रमुख सरिता सिंहका अनुसार अस्पतालले निकट भविष्यमा आफ्नै नर्सिङ कलेज सञ्चालन गर्ने योजना बनाएको छ । नर्सिङ कलेज स्थापनाको प्रक्रिया अहिले प्रक्रियागत चरणमा रहेको छ । अस्पतालमै आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने र गुणस्तरीय नर्सिङ सेवाका लागि स्थानीय युवालाई अवसर प्रदान गर्ने उद्देश्यले कलेज सञ्चालनको तयारी अघि बढाइएको सिंहले बताइन् । ‘यसबाट वीरगञ्ज तथा आसपासका क्षेत्रमा नर्सिङ शिक्षा र रोजगारीको अवसर विस्तार गर्नुका साथै स्वास्थ्य क्षेत्रमा आवश्यक दक्ष जनशक्ति विकासमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ,’ उनले भनिन् ।
प्रभु अस्पतालको आगामी योजनामध्ये अर्को महत्वपूर्ण सेवा हो–आईभीएफ अर्थात् इन भिट्रो फर्टिलाइजेसन सेवा । सन्तान प्राप्तिको चाहना बोकेर लामो समयदेखि उपचारको खोजीमा रहेका निःसन्तान दम्पतीलाई लक्षित गर्दै अस्पतालले निकट भविष्यमा आईभीएफ सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ । अस्पतालमै आईभीएफ सेवा शुरू भएपछि उनीहरूलाई विशेषज्ञ सेवा पाउने सहज वातावरण बन्ने अपेक्षा अस्पतालको छ । डा. लक्ष्मी थापाका अनुसार सन्तान प्राप्तिको चाहना केवल चिकित्सकीय विषयमात्र होइन, यो एउटा परिवारको भावना, सपना र जीवनसँग जोडिएको विषय हो । ‘आईभीएफ सेवा सञ्चालन गर्नुको उद्देश्य उपचारको सुविधा थप्नुमात्र नभई लामो समयदेखि सन्तानको प्रतीक्षामा रहेका दम्पतीलाई आशा र सम्भावनाको ढोका खोल्नु पनि हो । आधुनिक प्रविधि र विशेषज्ञ सेवामार्फत निःसन्तान दम्पतीलाई सहज रूपमा सन्तान प्राप्तिको अवसर उपलब्ध गराउने लक्ष्यसहित अस्पतालले यो सेवाको तयारी अघि बढाएको छ,’ डा. लक्ष्मीले बताइन् ।

सामाजिक दायित्व पूरा गरेका छौं
प्रभु अस्पतालले विश्वास बढाउन सफल भएको छ । गुणस्तरीय सेवालाई प्राथमिकता दिएका छौं । आधुनिक सेवाहरू थप्नेक्रममा छौं । अस्पतालको काम व्यवसायिक मात्र नभएर सामाजिक दायित्व पनि पूरा गर्ने भएकोले स्वस्थ्य शिविर, खेलजगत, निमुखा, गरीब मजदूरहरूको आँगनमा गएर सेवा गर्न सफल भएका छौं ।

सबै खालको परीक्षण भरपर्दो छ
पीएचडी मेडिकल बायोकेमिस्ट्री हाम्रो ल्याबमा सबै थरिको परीक्षणहरू जस्तै हर्मोन, हर्मोनलको सबै टेस्टहरू यहाँ हुन्छ । हामीले यहाँ दिएको रिपोर्ट एकदम भरपर्दो भएको कारणले बारम्बार बिरामीहरू आउनुहुन्छ । किनभने उहाँहरूलाई विश्वास छ । हाम्रो टिम परिपक्व छ । कुनै पनि टेस्ट ‘एब्नर्मल’ आयो भने डाक्टरसँग सल्लाह गर्छौँ ।

हाम्रो सेवाबाट सन्तुष्ट भएर जान्छन्
फिजियोथेरापीमा नसा सम्बन्धी रोग, भाँचिएको, प्यारालाइसिस भएको, कम्मर दुख्ने, घुडाको समस्या सबै पर्छ । यसमा खाली एक्सरसाइजमात्रै हुँदैन, यसमा जोइन्ट मोबिलाइजेसन हुन्छ, हामी मोबिलाइज गर्छौँ । उपकरणबाट गर्छौँ । निमोनियाको केसमा छातीको फिजियोथेरापी गर्छौँ । फिजियोथेरापीको क्षेत्र विशाल छ । प्रभु हस्पिटलमा टाढा–टाढाको बिरामीहरू फिजियोथेरापीले ठिक हुन्छ भनेर आउँछन् । हामीकहाँ आएर सेवा लिन्छन् । हाम्रो सेवाबाट सन्तुष्ट भएर जान्छन् ।
.

गुणस्तरीय सेवा दिँदै आइरहेको छ
हाम्रो हस्पिटलले गुणस्तरीय सेवा दिँदै आइरहेको छ । हामीले बच्चालाई चाहिने सबै सुविधाहरू गुणस्तरीय रुपमा दिएका छौँ । दक्ष नर्सिङ स्टाफहरू छन्, गुणस्तरीय ल्याब भएको कारणले हामीले बच्चाहरूको रोग छिटो डाइग्नोस गर्न र ट्रिटमेन्ट गर्न सकेका छौं । बच्चाहरुको विकासको पनि हामी मनिटरिङ गर्छौँ । जस्तै पोषणको बारेमा भयो, हाइटको बारेमा भयो, अरू चाहिँ क्रोनिक रोगहरू छ भने त्यसको बारेमा आवश्यक परामर्श दिन्छौँ । बालमैत्री हस्पिटल वातावरण बनाएर स्वास्थ्य सेवा दिँदै आइरहेको छ।

सम्पूर्ण सेवा एउटै छानामुनि पाइन्छ
सम्पूर्ण सेवाहरु उपलब्ध छन्। जस्तै अब आईसीयू वार्डदेखि लिएर सबै यहीँ नै छ । त्योसँगसँगै हामीले जाँचहरूदेखि लिएर सबै हस्पिटलकै एउटै छानामुनि छ । ल्याबदेखि लिएर यूएसजी, अल्ट्रासाउन्ड, ईकोे, सीटी स्क्यान सबै एकै ठाउँमा सेवा पाउन सकिन्छ । ल्याब टेस्ट भनेको सबैभन्दा महत्वपूर्ण कुरा हो । यहाँ जाँच गराउन आउँदा सम्पूर्ण सेवा एउटै छानामुनि पाउन सकिन्छ ।

गुणात्मक सेवा प्रभुको आधार
‘स्नेह, स्याहार, आदर, सत्कार, गुणात्मक सेवा प्रभुको आधार’ यो हाम्रो स्लोगन छ । गुणात्मक सेवा प्रदान गर्छौँ । प्रत्येक बिरामीहरूलाई आफ्नो परिवारसरह सम्मानजनक व्यवहार र उपचार गर्छौँ । हाम्रो नर्सिङ टिमले गुणस्तरीय सेवा गर्छ । उहाँहरूको के आवश्यकता छ, त्यो अनुसारको चौबिसै घण्टा काम गर्नुहुन्छ । एकदम मैत्रीपूर्ण वातावरणमा सेवा दिन्र्छौँ । यहाँबाट जाने बिरामीहरूसँग फिडब्याक लिन्छौँ । यसबाट कहीँ कुनै कारणवश सन्तुष्टि छैन भने सुधार गर्छौँ । नर्सहरू दक्ष हुनुहुन्छ । इन–सर्भिस एजुकेशनको कार्यशाला पनि हुन्छ । जसले बिरामीहरूलाई गुणस्तरीय सेवा दिन मद्दत पुगिरहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज २५, २०८३ १६:२१