नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज पर्साले आज “संवैधानिक व्यावस्था र मिडियामा समावेशी अवस्था” विषयमा अन्तरकृया कार्यक्रम समपन्न गरेको छ ।
फोनिजको २० औं स्थापना दिवसको अवसरमा आयोजित अन्तरकृया कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष एंव प्रमुख अथिति समेत रहेका दिपेन्द्र चौहानले सरकार आफै संविधान विपरित काम गरिरहेको आरोप लगाएका हुन । उनले संवैधानिक व्यावस्था अनुसार संसदमा सभामुख र उपसभामुख मध्ये एकजना प्रमुख प्रतिपक्ष दलको हुनुपर्ने भएपनि अहिले दुवै पद सत्तारुढ दलले नै राखेकोले संवैधानिक व्यावस्थालाई वर्तमान सरकारले उलंघन गरेकोे बताएका छन् ।
संवैधानिक व्यावस्था अनुसार लोकसेवा आयोगको विज्ञापन हुनुपर्नेमा त्यसको विपरित विज्ञापन गरेर संवैधानिक आयोगले पनि संविधानको धज्जी उडाएको उनको आरोप छ। वर्तमान सरकारले न्यायलयमा समेत प्रहार गरी आफ्नो हैकमबाजी चलाउन खोजेको प्रदेश अध्यक्ष चौहानले दाबी गरेका हुन ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज प्रदेश नम्बर २ का इन्चार्ज निरज पिठाकोटे मगरले संविधानमा व्यावस्था भएका अधिकारलाई पनि कार्यान्वयनमा राज्यले उदासिनता देखाउदा अहिले पनि आन्दोलनको बाटोमा हिड्नु परेको बताएका हुन् । राज्य जस्तै पत्रकार संगठनहरुले पनि समावेशीताको सवालमा गम्भीर नभएकोले सबैलाई गम्भीर हुन आग्रह समेत गरेका थिए ।
कार्यक्रममा वीरगंज पब्लिक कलेजका निर्देशक प्रोफेसर डा. दिपक शाक्य , नेपाल पत्रकार महासघ पर्साका अध्यक्ष श्याम बञ्जारा, नेपाल प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी, नेपाल आदिवासी जनजाति महासंघ पर्साका अध्यक्ष सोम बहादुर लामा, सचीव अमय दास थारु लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
नेपाल आदिवासी पत्रकार महासंघ फोनिज पर्साका सचिव हेमन्त तामाङले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य फोनिज प्रदेश नम्बर २ की सदस्य रश्मी राजभण्डारीले गरेका थिए । कार्यक्रमको विषयवस्तुमाथि जनजाति महासंघ जिल्ला समन्वय परिषद पर्साका सचिव अधिवत्ता अमय दास थारुले प्रकाश पारेका थिए ।