स्नात्तकसम्मको अध्ययन पूरा गरेकी ईशा अग्रवालको जन्म भरतपुर ११ मा वि.सं २०४२ सालमा भएको हो । मिडियापर्सन बन्ने ठूलो ईच्छा पालेकी उनले चितवनको कालिका एफएममा न्यूज रिडरको रुपमा पनि काम गरिसकेकी छन् । चितवनमा अन्य लोकल च्यानलमा पनि काम गरेकी उनको विवाह भने कम उमेरमा नै भएको उनको भनाइ छ । परिवारको ईच्छा अनुसार उक्त पेशालाई त्यागेर पछि अर्कै व्यवसाय गर्दै आएकी ईशा अहिले भने पोखरा न्यूरोडमा बस्दै आएकी छन् । आफ्नो व्यक्तिगत विजनेस बुलाकी हाउस एण्ड अनलाइन एसोसेरिज, व्यूटिबक्स, परेली मेकअप स्टूडियो, र लेकसाइडमा होटल क्याफे पनि संचालन गर्दै आइरहेकी छन् । महिलाले व्यवसाय गर्दाको अनुभव समेटेर उनै ईशा अग्रवालसँग गरिएको बिशेष कुराकानी :-
व्यवसाय गर्ने सोच कसरी आयो ?
एस.एल.सी सकिएपछि परिवारले सान्तानलाई केही सिक भन्ने दवाव दिन्थे । मेरो पालामा कटीङ्ग, पार्लर लगायतका सिप सिक्ने चलन थियो । त्यही सन्र्दभमा मैले व्यूटीसियनका्े कोर्स गरेकी छु । तर यसलाई मैले भविष्यमा आफ्नो व्यवसाय बनाउँछु भन्ने सोचेको थिइन । कोरोना सुरु भएपछि भने अन्य विजनेसहरु पनि ठप्प छन् । सबै ठप्प भएपछि बल्ल दिमाग चल्दो रहेछ । अनि के गर्नेभन्दा अहिले मेकअफ फिल्डमा बाटो छ भनी यता तर्फ पनि केन्द्रित छु । मसंग प्रमाणपत्र यत्तिकै बसिरहेको छ । यसलाई पनि प्रयोग गरौं । आफ्नै घर छ यही एउटा स्टुडियो खोलम न त, प्रमाण पत्रलाई प्रयोग गरौं भनी यही फिल्डमा अघी बढ्ने सोच बनाइयो ।
अहिले मैले आफूलाई एउटा मेकअप आर्टिसटको रुपमा नै काम गरिरहेकी छु । पार्लर र मेकअफ स्टूडियोको अलिकति फरक छ । व्यूटिपार्लरले मेकअप स्टूडियोको काम गरेका छन् भने मेकअप स्टूडियोले व्यूटिपार्लरको काम पनि गरेका छन् । तर हाम्रो मेकअप स्टूडियोमा व्यूटिपार्लरको काम हुँदैन । जस्तै हेरक कटिङ्ग, हेयर कर्लर, थ्रेडिङ्ग हुँदैन । मैले यसलाई अलग तरिकाले लैजाने भन्ने सोच आयो । हामी महिलाहरु अन्य क्षेत्रमा इन्डिपेन्डेन्ट हुने तर मेकअपमा चाही किन नहुने त ? मेकअपको लागि हामी किन बाहिर जाने अरुलाई गर्दे भन्दै पैसा किन दिने ? मैले घरमा नै सानो स्टूडियो खोलेर सुरुवात गरें । कोभिडको सुरुवात थियो । त्यो समयमा सुरु गरेको त्यो व्यवसाय ८–१० जना राखेर गरे एकदमै राम्रो भयो । त्यसपछि यहाँ मात्रै होइन बाहिर पनि ट्रेनिङ्ग गराउन जान्छु । सरकारसंग कनुनी प्रक्रियाहरु पूरा गरेर अघि पछि बढेकी छु ।
दुई वर्षको अन्तरालमा कति विद्यार्थीलाई सिकाउन सफल हुनु भयो ?
यो दुई वर्षको अन्तरालमा मैले मेरो हिसाबले १० हजारभन्दा बढीलाई सिकाइसकेकी छु । मैले सिकाएको एसियाहरु भन्नु पर्दा पोखोरामा आफ्नै स्टूडियो भएकोले रेगुलर हुन्छ । त्यहाँ, यो दुई वर्षको अन्तर्रालमा कहिले पनि कक्षा छुटेको छैन । बाहिर भन्नु पर्दा वीरग्ांमा ५ पटक आइसके । जनकपुर, हेटौडा, चितवन, बुटवल, विर्तामोड झापा, इटहरी, धेरै ठाउँमा पुगिसकियो । अब नेपाल पुरै सिध्याउने सोच बनाएको छु । दाङ्गको घोराही पनि जाने योजना छ ।
नेपालको लागि मेकअप साँचिकै आवश्यकता हो त ?
यो एकदमै आवश्यक नै हो । गर्नै पर्ने चिज हो भन्न चाहान्छु । मेरो मेकअप स्टूडियोमा एकजना आमा आउनु भएको थियो । यहाँको छोरीको लक्ष्य चाही म भविष्यमा गायक बन्छु भन्ने थियो । उनकी आमाले मेकअप सिक्नु पर्छ भन्ने जवाफ दिदा उनले म त नायिका जस्तै मेकअप आर्टटिस हायर गरेर लैजाने हो भनिन् । त्यति बेला नै मैले त्यो नानुलाई अहिले तिम्रो उमेर भाएको छैन । तिमी अलि ठूलो भएपछि मेकअप आफैले गर्न सिक भने । तिमीले सिक्यो भने र आफैले गर्न सक्यौ भने एउटा तिम्रो पैसा बचत हुन्छ सामाजिक कार्यक्रममा जादा एउटा मान्छे साइडमा उभिदा आफ्नो स्टयान्डर बढ्छ । हरेक ठाउँमा मेकअप आर्टिटस लिएर हिड्न त सकिदैन नि । त्यो हिसाबले पनि आफूले गर्न जरुरी छ । आफूले जान्न एकदमै जरुरी छ । चाहे सेलीब्रेटी भनौ चाहे सिङ्गगार भनौ । चाहे डाक्टर वा कुनै पनि पेशामा मेकअप आवश्यक छ । पेशा अनुशार मेकअप फरक हुन्छ । कमसेकम रेगुलर गर्ने मेकअप त सिकौं भनी । हरेक फिल्डमा जरुरी छ ।
तपाईले शुल्कः कति लिने गर्नु भएको छ ?
हाम्रो स्टूडियो पोखरामा स्टार्टिङ्ग प्राइज ३ हजार ५ सयबाट सुरु गरेका छौ । त्यसैमा सम्पूर्ण सामान दिन्थ्यौं । कतिले म अंग्रजी बुभिm्दन, मैले पढेको छैन भन्नु हुन्थ्यो । हामीले केही जान्न जरुरी छैन । हामीले हात समाती समाती सिकाउने कुरा हो र यो सेल्फ हो । आफ्नो लागि अंग्रेजी बोल्न पनि पर्दैन । कुनै पनि किसिमका मान्छे आएर हामीसंग मेकअप क्लास लिन सक्नु हुन्छ । पोखरा बाहिरको शुल्क भने हामीले ४ हजार पाँच सय लिएका छौ । किनभने बाहिर निस्कदा हामी एउटा होटेलमा रुम हल लिएर बस्नु पर्ने हुन्छ ।
अविष्मरणीय पल केही छ ?
हेटौडामा मेकअफ क्लास लिने सन्दर्भमा शुन्य लेबलका सुरुको दिनमा हाम्रो आइब्रो डेफिनेसन हुन्छ । एकजना म्यामलाई सिकाउँदा सिकाउँदा आइब्रो आएन । उहाँ ५० वर्षको हुनुहुन्थ्यो । हामीले ६ दिनको कक्षा लिन्छौं । पाँच दिन प्राक्टिस र एकदिन प्रमाणपत्र वितरण कार्यक्रम हुन्छ । अन्तिम दिन उहाँहरुलाई प्रमाणपत्र दिएपछि बेलुकीलाई विदाइ गर्दाको जस्तो रुवाबासी जस्तो वातावरण हामीसंग छुटिनु पर्दा भएको थियो । त्यो लेबलको वातावण र रुवाइ र प्रतिक्रिया सुन्दा धेरै भावुक भएँ । त्यो क्षण म कहिल्यै पनि बिर्सन सक्दिन ।
मेकअप सामाग्री छनौट कसरी गर्नु हुन्छ ?
यो राम्रो प्रोडक्ट र यो नराम्रो प्रोडक्ट भन्ने कुरा हेर्ने बित्तिकै थाहा हुँदैन । स्किन अनुसारको प्रोडक्ट छनौट गर्न आफूले प्रयोग गरिसकेपछि त्यसले कस्तो परिवर्तन ल्याउँछ ? त्यस अनुसारको आफूले प्रोडक्ट सेलेक्ट गर्ने हो । कसैले भनेर वा मलाई सुट गरेको प्रोडक्ट अरुलाई पनि सुट गर्छ भन्ने हुँदैन । आफूले अनुभव गर्ने र त्यसैको आधारमा मेकअप प्रोडक्ट सेलेक्ट गर्ने हो । मैले मेरो धेरै विद्यार्थीहरु आकांक्षा अनुसारको प्रोडक्टहरु राख्ने वा छनौट गर्ने गरेकी छु ।
मेकअप सामाग्रीको मापन हुनुपर्ने कत्तिको जरुरी छ ?
सरकारी निकायले मुख्य त ध्यान दिनुपर्ने भनेको अनुगमनमा हो । कुनै पनि मेकअप टे«निङ्ग सेन्टरहरु वा मेकअप आर्टिसटहरुले तालिम संचालन गरेका छन् । त्यहाँ प्रयोग गरिएका सामाग्रीको गुणस्तर कस्तो छ ? मिति छ कि छैन ? सरकारको मापदण्ड विपरित काम गरिरहेका पो छन् की ? सरकारबाट स्वीकृति नै नलिई संचालन पो भइरहेको पो छ कि ? कुनै पनि ठाउँमा गएर ट्रेनिङ्ग संचालन गर्न सरकार र जहाँ जाने त्यहाँको पनि स्वीकृति लिएको हुनुपर्छ । त्यो छ वा छैन ? यि यावत कुराहरुको निगरानी र अनुगमन हुनु आवश्यक छ । यसो भएमा सरकारलाई कर तिरेका संस्थाहरुलाई धेरै सपोर्ट हुन्छ ।
स्कीन केयर कसरी गर्ने त ?
छालाको स्याहार गर्न खरिद गरेर गर्नुपर्ने भनेको तिन चिज छन् । जसको टोनर, मोस्च्युराइजर, सनस्कृम गर्ने यो रेगुलर हुनुपर्छ । यो छोड्नु भएन । तर हामी भित्रबाटै सफा हुनुपर्छ । प्रोडक्टले आफूलाइ बाहिरी सफा गर्ने हो । भित्रैबाट सफा रहनु पर्छ । त्यसको लागि हामीले पानी सेवन गर्ने, आफ्नो खानापिनमा ध्यान दिनु पर्छ । हामीले खाने खानाहरु सकेसम्म अर्गानिक हुनुपर्छ । यदि हाम्रो शरीर स्वस्थ हुने हो भने हाम्रो छाला पनि स्वतः स्वस्थ हुन्छ । त्यसैले भित्रैबाट सफा र स्वस्थ हुनुपर्छ ।
मारवाढी समुदायकी महिला भएर यसरी बाहिर निस्कदा कत्तिको सहज हुन्छ ?
म माडवाडी कि बुहारी र श्रीमती मात्रै हो । म ठकुरी र गिरी की छोरी हुँ । मेरो प्रेम विवाह भएको हो । मेरो श्रीमान सपोटिर्भ हुनुहुन्छ । मेरो हरेक कक्षामा एकपटक चाही पुग्नु नै हुन्छ । चाहे म जहाँ पुगौ । त्यो ६ दिनको अन्तरालमा एकदिन मेरो कक्षा भिजिटको लागि पुग्नु हुन्छ । त्यो नै मेरो लागि सबैभन्दा ठूलो कुरा हो । त्यसैले म चाही के भन्छु भने श्रीमान्को साथ सहयोग भएपछि अरु कसैले जे पनि भनोस त्योसँग वास्ता हुँदैन ।
आगामी भविष्यलाई कसरी नियाल्नु भएको छ ?
भविष्य हेर्दा म एकदमै व्यस्त रहन्छु । यसमा कुनै शंका छैन । म आफूले पनि चाहेको त्यही नै हो । किनकी म एउटा गृहणी र श्रीमानमा आश्रित भएर बस्न नरुचाउने मान्छे हुँ । विवाहभन्दा पहिला मैले पनि मिडया फिल्डमा काम गरेकी हुँ । म मिडिया क्षेत्रमै अघि बढ्छु भन्ने थियो । तर विवाह पश्चात जब म माडवाढी समुदायकी बुहारी भएर आएँ । त्यहाँको केही सिमा थिए । केही निति नियम थिए । मैले पनि सबैकुराको ख्याल गर्नुपर्छ र त्यसै अनुशार अगाडी बढ्नु पर्छ भनी योजना बनाएँ । कोभिडको समयमा म डिप्रेसन मुडमा गइसकेकी थिए । न कतै जान पाउँने न त केही गर्न पाउँने ।
दिनभरी घरमा बस्न म सिमित भएँ । किनकि म चुलबुले स्वभावकी छु । पछि यो काम गर्दा कस्तो होला भन्नेबारे रायसल्लाह गर्दा यो त एकदमै राम्रो हुन्छ गर्नुपर्छ भन्ने प्रतिक्रिया र साथ पाए । मैले पनि यस क्षेत्रमा भविष्य एकदमै राम्रो देखेकी छु । सबैभन्दा ठूलो कुरा म यसमा व्यस्त रहन्छु । हप्ताको छ दिन काम र एकदिन आरामले म आफू पनि खुशी रहन्छु । परिवारलाई पनि खुशी राख्न सक्छु । यस क्षेत्रमा लाग्नु हुने दिदीबहिनीलाई यस लाइनमा भविष्य छ भन्न चाहन्छु । तर भविष्य छ भन्दैमा ह्वातै हाम फालेर आउने र आफूले पनि हाम फाल्न चाही हुन्न । सरकारको नीति नियमलाई पालना गरेर नियम संगत काम गर्नु पर्छ । यहाँ कति यस्ता मेकअप आर्टिष्ट वा फर्महरु छन् । जसले गैरकानुनी रुपमा कामहरु गरिरहेका छन् । त्यस माझ आफूलाई टिकाउन निकै गाह्रो छ । अझ नियममा रहेर काम गर्न त निकै कठिन छ ।
आगामि दिनमा कुनकुन स्थानमा व्यूटि बक्सको शाखा खोल्ने उद्देश्य छ ?
सबैभन्दा पहिलो शाखा वीरगंजमा राख्न मन छ । किनकि वीरगंज मेरो लागि च्यालेन्जिङ्ग ठाउँ हो । मैले धेरै नै दुःख गरें वीरगंजमा । यति दुःख मैले कुनै पनि ठाउँमा गर्नु परेन । मैले धेरै टरर्चर र धम्कीहरु सहें, धेरै मुस्किलहरु पार गर्दै वीरगंजमै पाँचौ कक्षा संचालन गर्न सफल भएको छु । त्यसैले यो ठाउँलाई नै मैले पहिलो शाखा विस्तार गर्ने सोच बनाएको छ ।
गृहणी महिलालाई के सल्लाह दिनुहुन्छ ?
जो गृहणी हुनुहुन्छ । उहाँहरु कत्तिको खुशी हुनुहुन्छ । यदि उहाँहरु ख्ुाशी र सन्तुष्ट हुनुहुन्छ भने उहाँहरुलाई त्यसैमा रमाउन दिनुपर्छ । तर जसलाई काम गर्न मन छ भने उहाँलाई सबैभन्दा पहिला त परिवार वा श्रीमान्को साथ र सहयोग चाहिन्छ । विवाहितले श्रीमान् र अविवाहितले परिवारलाई खुशी बनाएर अघि बढ्नु सके यो क्षेत्रमा काम गर्न खासै गाह्रो छैन । आत्मनिर्भर बन्न सकिन्छ ।