डा.सन्दुक राउत नेपालका लागी मात्र नभई विश्वकै लागी भगवान झैं बनेका छन् । नेपाल मै जन्मे हुर्केका उनी विश्वभरमा आखाँमा हुने क्याटराकबाट हुने अन्धोपनलाई शुन्यमा पार्ने अभियानमा लागी परेका छन् । व्यक्तिमा हुने यस प्रकारका अन्धोपनलाई सर्जरी मात्रै नगरी लेन्सका लागी चाहिने साढे ७ हजार रुपैयाँ खर्चलाई नेपाल मै उत्पादन गरी रु २५० रुपैयाँ मै विश्वको २० बढी देशहरुमा निर्यात गर्ने गरेका छन् ।
सानैमा डाक्टर बनेर सेवा गर्न हैन सस्तोमा शर्वसुल्भ तरिकाले ज्यान जोगाउन समेत उनले गतिलो कदम उठाएका छन् । सोही काम गर्दै जादाँ हालसम्म उनले २ लाख विरामीलाई उज्यालो जीवन प्रदान गरिसकेका छन् । उनी रेवन अवार्ड र भारतको पदम श्री जस्ता अवार्डबाट सम्मानित भईसकेका छन् ।
विश्व मै हाल २ करोड सम्म व्यक्ति अन्धोपनको समस्याको शिकार छन् । यो संख्या बढेर ७ करोडसम्म पुग्न सक्ने आकलन छ । त्यो समस्या समाधानका लागी डा. सन्दुक राउत दिनरात लागि परेका छन् ।
पशुपति मन्दिर दर्शन गर्न पुग्दा उनले स्वास्थ महिला भिख माग्दै गर्दा देखेर अनुराधा आश्चर्य भईन् । माग्दै हिड्ने यी महिलाहरुको विगतमा आफ्नै अकल्पनीय घटनाहरु छन् । ती महिलाहरुलाई व्यवसाय गराउन ८–१० जना महिलालाई एक एक हजार रुपैयाँ दिएर फुलमाला, अविर, टिका लगायत स साना व्यापार गर्न उनले सुझाव दिईन् । त्यो व्यापारबाट उनी प्रत्येक दिन २ रुपैयाँ लिने गर्थिन् ।
यसरी ती महिलसंग संगै आफ्नो समाजिक उतरदायित्व बुझदै महिला बेचविखन विरुद्ध काम गर्न सुरु गरिन् । माइती नेपाल संस्था गठन गरी हालसम्म उनि डेढलाख सम्म महिलालाई उद्धार गर्न सफल भएकी छन् । उनै अनुराधालाई भारत सरकारले समेत पदम श्री र सिएन.एनले साउथ एसिया हिरोको रुपमा सम्मानीत गरिसकेको छ ।
९ मिलियन घाटामा रहेको नेपाल विधुत प्राधिकरणलाई १.५ मिलियन फाईदा पु¥याउने व्यक्ति हुन् कुलमान घिसिङ । पुरै नेपाललाई उज्यालो बनाउन सफल कुलमान घिसिङ ग्राउण्ड लेबलमा पुगेरै काम गर्ने गछन् । हिजोको दिनमा अफ्नो देशबाट उत्पादन विधुत लाई विदेश बेच्ने गर्दथ्यो । त्यो क्रम रोकेर आफनै देशको कल कारखानालाई विद्युत वितरण गर्ने गरेका छन् । यस संगै उनले विद्युत उत्पादनलाई जोड दिदै अगाडी बढिरहेका छन् ।
नेपालमा ईन्टरनेट का लागी भगवान सावित भएका व्यक्ति हुन् महाविर पुन । आफनै पहलमा नेपालका वैज्ञानिकलाई नेपाल मै नयाँ नयाँ उत्पादन गराएर प्रयोग ल्याउन उदत महाविर पुनलाई नोबल प्राईस अफ एसिया मानिने रेमन म्याक्सेस अवार्डबाट सम्मानीत गरिएको छ । अमेरिकाको उच्च लाच मिल्ने काम छोडेर उनी पहाडी ठाउँमा वायरलेस ईन्टरनेट पुर्याउन सफल भएका छन् ।
समता स्कुलको स्थापना गरेर धनी र गरिब विचको दुरीलाई घटाउन यिनको पनि कम भूमिका छैन । सानोमा बलिउडको हिरो बन्ने सपना देखेका उनले भारतको फिल्म सिटिमा पुगेर थाहा पाए बासको सेटबाट बलियो घर बनाउन सकिने रहेछ भनी । त्यही कुरा नेपालमा आएर बासको स्कुल बनाएर स्कुल कलेज र अस्पताल सञ्चालन गरिरहेका छन् उनी पनि । एकसय रुपैयाँमा अङ्ग्रेजी भाषाको शिक्षा दिदै आएका सञ्जेल नेपालमा मात्र नभई भारत र बङगलादेशमा समेत समता स्कुल सञ्चालन गर्दै आएका छन् । यस्ता कर्मवीरहरुको नेपालले मात्र नभई भारत तथा अन्तराष्ट्रय जगतले पनि सम्मान गर्ने गरेको छ ।
शिक्षाको उज्यालो घामबाट बञ्चीत वीरगंज कारागारका बालबालिकाको लागी बनाइएको समता स्कुल बारे एक वृतचित्र :