Skip This
Navigation
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
माघ ३, २०७७
  • ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
    • मुख्य समाचार
    • स्थानिय
    • राष्ट्रिय
    • राजनिति
    • समाज
    • प्रदेश खबर
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • ग्यालरी
    • फोटो कथा
      • फोटोग्राफी
      • ग्यालरी
      • अन्य
    • भिडियो समाग्रि
      • अन्तर्वार्ता
      • रिपोर्टहरू
      • वृत्तचित्र
  • खेलकुद
  • कला साहित्य
    • मनोरञ्जन
    • साहित्य
    • नयाँ पुस्ता
    • नेताको बोली
    • समाजिक सञ्जाल
  • अन्तराष्ट्रिय
    • छिमेक
    • विश्व
  • अन्य
    • लेख
    • स्वास्थ्य जीवनशैली
    • प्रविधि
    • जनविचार
    • राशिफल
    • ईतिहास
    • पाठक प्रतिक्रिया
    • सफलताको कथा
    • सम्पादकीय
    • सिफारिस
    • प्रेस
      • उत्पादन
      • ग्यालरी
      • विकल्प
    • कोरोना विशेष
  • ई पेपर
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ
अखिलको शुभकामना कार्यक्रम समपन्न
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
प्रधानमन्त्री ओली राष्ट्रघाती नेता हुन् : अध्यक्ष यादव
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
भोलिन्टियर समूहद्धारा डा. पाठकलाई सम्मान
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा
स्थास्थ्य उपचारमा शहुलियतका लागी प्रभु हस्पिटल र कुमारी बैंक बिच सम्झौता
ई–रिक्साहरु व्यवस्थित नहुँदा मनपरी भाडा असुली, ट्राफिक जामको समस्या उस्तै
समाज
  • Home
  • News
  • एक अर्काको आधार क्षेत्रमा प्रवेश गर्दा मानव र वन्यजन्तु बीच द्वन्द, मानव नै संरक्षणका लागि जिम्मेवार हुनुपर्छ ? नगरप्रमुख यादव
एक अर्काको आधार क्षेत्रमा प्रवेश गर्दा मानव र वन्यजन्तु बीच द्वन्द, मानव नै संरक्षणका लागि जिम्मेवार हुनुपर्छ ? नगरप्रमुख यादव
पुष १, २०७७ मध्य नेपाल संवाददाता
तस्बिर : मध्य नेपाल ।

सवैया साझेदारी वन क्षेत्रका वन्यजन्तु र नजिकको मानवबस्ती भित्रका बासिन्दा बीच द्वन्द हुने गरेको पाइएको छ । वन्यजन्तु आहाराका लागि नजिकका बस्तीमा पस्ने र स्थानीय वासिन्दा पनि वन पैदावार लिन जंगल प्रवेश गर्ने दोहोरो कारण वन्यजन्तु र वन नजिकका सर्वसाधारण बीच द्वन्द हुने गरेको पाइएको हो ।

साझेदारी वन क्षेत्रमा तारबार नलगाएकोले गर्दा काठ दाउराको चोरी तस्करी गर्ने उद्देश्यले मानवहरु पनि वन प्रवेश गर्ने गरेका छन् । स्थानीयले गाईबस्तु लगेर स्वच्छन्द रुपमा जंगलमा चराउने घाँस काट्ने काम निरन्तर चलिरहेकै हुन्छ । यसले वन क्षेत्रमा भएका जंगली जनावरबाट समय समयमा आक्रमण हुने गरेको स्थानीयले बताए । जंगली जनावर पनि मानव बस्तीमा आहाराका लागि प्रवेश गरिदिंदा तिनीहरु प्नि मानवको आक्रमणमा पर्ने गरेको उनीहरुको भनाइ छ ।

हरियो वन कार्यक्रम अन्र्तगत संचारिका समूहले गरेको ‘वातावरणीय संरक्षण तथा लैगिंकता र सामाजिक समावेशिकरण’ बिषयक अभिमुखिकरण कार्यक्रममा बोल्ने सरोकारवालाहरुबाट यस्तो खुलासा भएको हो ।

यो द्वन्द कम गर्न मानव नै बढि अग्रसर हुनुपर्ने र वन जंगलको संरक्षण गर्नु पर्ने पर्सागढी नगरपालिकाका नगरप्रमुख लोकनारायण यादवले बताए । दुबै पक्षले आफ्नो प्रभाव कम गर्ने हो भने वन जंगलको पनि संरक्षण हुने र बाली नालीको पनि संरक्षक हुने उनको भनाइ छ । दुवैले आफ्नो प्रभाव अरुको क्षेत्रमा बढाउने प्रयासले मानव र वन्यजन्तु बीच द्वन्द हुने गरेको पाइएको हो । यसलाई कम गर्न सके वास्तविक समस्या कम हुने पर्सागढी नगरपालिकाका नगर प्रमुख यादवले बताए । ‘वन जंगल हाम्रै लागि भएकोले हामीले नै यसको संरक्षण गर्नु पर्छ’ उनले भने । अभिमुखी कार्यक्रम बेल्दै नगरप्रमुख यादवले वनको संरणमा समुदायको ठुलो भुमिका हुने उनको तर्क छ । ‘हामीलाई चाहिने स्वच्छ हावा पानी, काठ दाउरा लगायतको बस्तु वनजंगलबाट नै पाइने हुँदा यसको संरक्षणसँगै जंगली जनावरको संरक्षण गर्नु पर्ने नगरप्रुख यादवको भनाइ छ ।

पर्सा जिल्लामा रहेको ११ हजार ५ सय ७५ हेक्टर वन क्षेत्र मध्ये ३ हजार १ सय ८८ हेक्टर वन क्षेत्रल सवैया साझेदारी वन अन्तर्गत पर्छ । जसमा वीरगञ्ज महानगरपालिकाका २८ वटा वडा र पर्सागढी नगरपालिकाका २ वटा वडाका वासिन्दा यो वन क्षेत्रका वास्तविक उपभोक्ता छन् ।

साझेदारी र वन कार्यालयको गस्ती टोलीले पनि समय समयमा गस्ती गरेर चोरी तस्कारी नियन्त्रण गर्ने प्रयास गर्दा स्थानीयले प्रर्याप्त सहयोग नगरेको आरोप लगाइएको छ । पर्सा राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएकोले साझेदारी वनमा पनि प्रसस्त वन्यजन्तु हुने गरेको वनका कर्मचारी बताउँछन् ।

कर्मचारी प्रशासनले वन क्षेत्रमा जान कडाई गर्दा नराम्रो मान्न नहुने पर्सागढी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष समसोद्दिन साह देवान बताए । वनमा तारबार छैन । जति सम्झाउँदा पनि मान्दैनन्, चोरी कटानी गर्छन् । कतिपयले पेशा नै त्यहि बनाएका छन् ।’ यसले गर्दा वन जंगलको संरक्षण हुन नसक्ने र त्यस्ता मानिस नै बढि जंगली जनावरको द्वन्दमा पर्ने उनको तर्क छ । वडाले वनको जमिन छुट्याउन आवश्यक सहयोग गर्ने बताउँदै वडा अध्यक्ष देवानले शादी विवाह जस्ता अति आवश्यक कार्यका लागि फर्निचर बनाउने काठ तत्कालै पाउने गरी व्यवस्था मिलाउन र अन्यथा कडा गर्न वन व्यवस्थापन समूहलसँग आग्रह गरे ।
उता वन कर्मचारीबाट पनि केही कमजोरी रहेको स्थानीयको आरोप छ । वन संरक्षणका लागि गस्ती जाने तयारी हुँदा वन कर्मचारीले नै तस्करलाई फोन गरेर भगाउने गरेको समेत उनीहरुको तर्क छ ।

लामो समयदेखि बाँदर र मानव विच द्धन्द्ध चलिरहेको पर्सागढी नगरपालिका कार्यपालिका सदस्य शान्ती भुजेलले पनि तर्क गरिन् । कतिपय समयमा हामीले पकाएको खाना समेत बाँदरले आएर खाइदिने गरेको उनले बताइन् । अर्का सहभागी हरियाली समूहका सुनित ढकालले वन जंगलबाट काठ दाउरा चोरी तस्करी गरी बेच्ने र त्यही पैसाबाट जाड रक्सी खाई महिला हिंसा बढाउने घटना पनि मानव मानव बीचमा हुने गरेको खुलासा गरे ।

सवैया साझेदारी वन व्यवस्थापन समूहका अध्यक्ष लखनलाल साहले आफनो क्षमता अनुसार समूहले काम गरिहरेको र स्थानीय सरकारले अझ थप सहयोग गर्नु पर्ने उनले माग गरे । स्थानीय सरकारले सडकको छेउमा विरुवा रोप्ने काम गरेको खण्डमा समूहले सहयोग गर्ने उनको भनाइ छ ।

कार्यक्रममा सवैया साझेदारी वन व्यवस्थापन समृुहका अध्यक्ष साहकै अध्यक्षतामा भएको कार्यक्रममा सहायक वन अधिकृत फरमान अंसारी, पत्रकार सुरेश विडारी, निलम पन्त र प्रणय साह लगायतले मन्तव्य व्यक्तm गरेका थिए । सवैया साझेदारी वन व्यवस्थापन समूह, उपभोतmा समूह, महिला हरियो समूह र स्थानीय महिला पुरुष गरी कुल ३५ जनाको कार्यक्रममा सहभागिता रहेको थियो ।

सहभागीहरुलाई वातावरण संरक्षण तथा वन्यजन्तु संरक्षण, लैङ्गिक तथा सामाजिक समावेशिकरण र नागरिक सचेतनामा सञ्चारको महत्वको बारेमा सहजकर्ताहरु रामलक्षन प्रसाद यादव, कविता खड्का र शिवनाथ प्रसाद यादवले प्रशिक्षण दिएका थिए ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता

कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई

व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

#Samata_School कैदी बन्दी जीवन विताईरहेका आमा बुवाका बालबालिकाको अवस्था #100_School #Nepal_Education

तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation

यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट

काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !

मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal

आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै

#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच

कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा

निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव 

जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न ! 

लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट) 

लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV

सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)

Madhya Nepal
#वन्यजन्तु र मानवबस्ती #मानव र वन्यजन्तु बीच द्वन्द #वातावरण संरक्षण #पर्यावरण संरक्षण #चुरे संरक्षण
बुधवार, पुष १, २०७७, ११:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
ट्रकमा लुकाईछिपाई लागुऔषध गाँजा तस्करी गर्ने सात जना पर्साबाट पक्राउ
दलितका लागी आवास, पिपरामा डोम परिवारको भवण शिलान्यास
उपमेयरकै श्रीमानबाट बालिका बलात्कारको प्रयास
समाज
खोइ त हटेको महिला मानसिकता ?
64x64
मंसिर ३०, २०७७ मध्य नेपाल संवाददाता
पुरा पढ्नुहोस्
समाज
मानव सेवा आश्रमले मनायो उमंङ्गको दोश्रो जन्मोत्सव
64x64
मंसिर २७, २०७७ मध्य नेपाल संवाददाता
पुरा पढ्नुहोस्
ताजा समाचार
लागु औषध गाँजा सहित साह दम्पती पक्राउ पुष २९, २०७७
अखिलको शुभकामना कार्यक्रम समपन्न
सरकार विरुद्ध हामी एकता भएर अगाडी बढ्न तयार छौँ : उपेन्द्र यादव
प्रधानमन्त्री ओली राष्ट्रघाती नेता हुन् : अध्यक्ष यादव
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
भोलिन्टियर समूहद्धारा डा. पाठकलाई सम्मान
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा
स्थास्थ्य उपचारमा शहुलियतका लागी प्रभु हस्पिटल र कुमारी बैंक बिच सम्झौता
ई–रिक्साहरु व्यवस्थित नहुँदा मनपरी भाडा असुली, ट्राफिक जामको समस्या उस्तै
जनविचार
अलपत्र हुलाकी सडक सरकारको प्राथमिकतामा नपर्नुको यस्तो छ कारण बलिराम यादव
खाद्य वाली वा तरकारी बालीमा विषादी प्रयोगको अवस्था कस्तो छ ? बलिराम यादव
जातिय विभेद विरुद्धको हकलाई संविधानले सुनिश्चित गरेपनि कार्यन्वयन हुन नसक्नुको कारण के ? मध्य नेपाल संवाददाता
अन्तर्वार्ता
केन्द्रले मसी विनाको कलम दियो कसरी काम गर्ने ? प्रदेश सभा सदस्य ः भिमा पुष २२, २०७७
विषादीको बढ्दो प्रयोग : समस्या भयावह पुष १२, २०७७
पकाहामैनपुरका अध्यक्ष चौरसियासँग ५ प्रश्न ? पुष ८, २०७७
समाज
सम्पादक खड्का द्धारा पर्साका पत्रकार महिला हितका लागि चेक हस्तान्तरण
ट्रकमा लुकाईछिपाई लागुऔषध गाँजा तस्करी गर्ने सात जना पर्साबाट पक्राउ
दलितका लागी आवास, पिपरामा डोम परिवारको भवण शिलान्यास
उपमेयरकै श्रीमानबाट बालिका बलात्कारको प्रयास
सम्पर्क ठेगाना

मध्य नेपाल मिडिया प्रालि

Panitanki -08 Birgunj, Parsa.
Email : madhayanepalsandesh@gmail.com
Url : www.madhyanepal.com

टेलिफोन

News Desk:  051 - 528050, 9811107387
Advertisement: +977-9865188577

ईमेल

News : madhayanepalsandesh@gmail.com, madhyanepalmedia@gmail.com
Marketing: madhyanepalpress@gmail.com
Feedback: madhyanepalmedia@gmail.com
Editor : Kabita Khadka

सूचना विभाग दर्ता नं.

1920 / 2076-077
मेनु
  • गृहपृष्ठ
  • समाचार
  • अन्तरवार्ता/विचार
  • अर्थ-बाणिज्य
  • खेलकुद
  • कला साहित्य
  • अन्तराष्ट्रिय
  • अन्य
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
ट्रेण्डिङ
  • #कोरोना कहर
  • #Birgunj
  • #काेराेना कहर
  • #कोरोना संक्रमण
  • #खोजी जवाफदेहिताको
  • #कोरोना भाइरस
  • #स्थानीय निकाय
  • #वीरगंजमा कोरोना संक्रमीत
  • #वीरगंज महानगरपालिका
  • #काेराेना संक्रमितकाे मृत्यु
  • #प्रदेश नं २
  • #काेराेना संक्रमित
  • #स्वास्थ्य
  • #शिक्षा
  • #महिला
  • #कोरोना महामारी
  • #कोरोनाको प्रकोप
  • #लागु औषध
  • #कोरोना संक्रमितको मृत्यु
  • #बजार
फेसबुक पेज
Madhya Nepal
© मध्य नेपाल मिडिया प्रालि - 2021 All rights reserved.
Powered by: SoftNEP