- उमाशंकर द्विवेदी ‘दधीचि’
वत्र्तमान युग प्रतिस्पर्धाको युग हो । दैनिन्दन जीवनमा जनसाधारण अति व्यस्त देखिन्छन् । सुख पूर्वक जीवनयापनको क्रममा कोहीलाई आफनो कार्यालय जान हतारो छ । कोहीलाई आफनो बन्द व्यापारमा निस्कन अत्याहट । कसैलाई कृषिकर्मको ताक आइ परेकोछ भने कोहीलाई बुहात्र्तनको चटारो ।
डाक्टरलाई आफना रोगीहरुको फिक्री, वकीलहरुलाई आफना मुद्दाहरुको समस्या । शिक्षकहरुलाई विद्यार्थीहरुको भविष्य सपार्ने छट्पट्टी । आफनो काममा सबैजना व्यस्त, अन्य कुनै पनि कामको लागि कसैलाई पूmर्सद छैन, समय छैन । सड़क छेउमा यसो एक छिन उभिएर हेर्दा सड़कमा सवारी साधनहरुको, मान्छेहरुको भागमभाग हेर्न सकिन्छ–पूर्वदेखि पश्चिम, उत्तरदेखि दक्षिण तिर । किन ? के को लागि ? कसैलाई केही थाहा हुदैन । व्यस्त हुनु असल कुरा हो । तर केको लागि व्यस्त हुनु पर्ने हो । त्यो खास उद्देश्य बारे स्पष्ट थाहा हुन आवश्यक हुन्छ । आपूm सुखपूर्वक बाच्न राम्रो कुरा हो । तर मानव जीवनमा आपूm बाँच्न र सुख–सयल गर्नु वाहेक पनि केही कामहरु अत्यावश्यक छन् ।
मानव जीवनमा जिजीविषा बाहेक दया, ममता, परोपकार, करूणा, स्नेह, कृतज्ञता आदि मानवीय गुणबोधक केही अन्य कामहरु गर्न पनि आवश्यक छ । श्रीमदभागवद्गीतामा कृष्णजी भन्नु भएको छ–जातस्य हि ध्रुवो मृत्युध्र्रुवं जन्म मृतस्य च । मानवको जन्म पछि मृत्यु तथा मृत्यु पछि जन्म अनिवार्य छ । अतः संसार छाड़्नुभन्दा पहिले समाजकोलागि केही अनुकरणिय असल काम गरेर जानु पर्दछ । हाम्रो प्यारो देश नेपालमा घाँसी जस्तो अदना मान्छेले–भरजन्म घाँसतिर मन दिइ धन कमायो, नाम क्यै रहोस् भनेर कूंवा खनायो, जस्तो अर्ती दिएर एक जना मान्छेलाई भानुभक्त आचार्यको रूपमा स्थापना गरेर भानुभक्तिय रामायण लेख्न लगाएको उदाहरण टड़्कारो नै छ ।
मानव जीवनमा यस्ता अनेकौ उदाहरणहरु अद्यापि छदैछन् । तर त्यसबाट प्रेरणा लिएर समाजको लागि असल काम हामी कतिजनाले गर्दछौं ? यो विचारणीय छ । समाजमा उत्पीडि़त, उपेक्षित, दलीत, शोषित जनसाधारणहरु प्रति हाम्रो केही दायित्व छ, के हामीलाई यो कुरा थाहा छ त ? आत्र्तहरुको लागि केही सहानुभूतिको स्वर छ हामीमा ? अप्ठ््यारोमा परेको मान्छेलाई हाम्रो साधारण हैंसे शब्दले कति भर दिन्छ ? तर कुरा त्यही आएर अड्किन्छ–त्यस्ता कामहरुको लागि हामीसित समय छैन, समयाभाव छ । यही अवस्थालाई मानिस यन्त्र बन्न थालेको पहिलो खुड़किलो हो भन्ने ठान्नु पर्दछ ।
वस्तुतः यसको थालनी हाम्रो वाल्यावस्था देखि नै हुने गर्दछ । बच्चा जन्मेर वामे सर्न लागे देखि नै आमाबावुहरु बच्चाको शिक्षा–दीक्षा (?!) को लागि चिन्ताकुल हुन थाल्दछन् । बच्चाले न भन्दै टाक–टूक पाइला सार्न थाल्ने वित्तिकै उसलाई तथाकथित ‘बेबीसिटिङ्ग’ कक्षामा भर्ना गरिदिएर आफनो कत्र्तव्य पूरा भएको ठानेर ढुक्क भइहाल्दछन् । बच्चाको असल भविष्य बनाउनुभन्दा बढ़ी वास्तवमा आमाबुवाहरुको ‘स्टेट्स सिम्बल’ देखाउनको लागि कलिलो बच्चालाई त्यसरी भर्ना गर्नु पनि हो कि जस्तो लाग्दछ । बच्चाको लागि यन्त्र मानव बन्ने प्रकृया त्यहीबाट सुरू भइहाल्दछ । आमाबुवाहरु बच्चाको चकचक, रूने–कराउने, हेलचत्र्m्याइ, दिसा–पिसाप आदि झण्झटबाट मुक्त भइ हाल्दछन् । बच्चा विस्तारै हुर्कदै जान्छ तथा उसको ‘स्कूलबैग’को भार बढ़दै जान्छ । आँखामा पट्टि लगाएको टाङ्गन घोड़ा झैं उसको दृष्टि एकोहोरो हुंदै जान्छ ।
जीवनको दांया–बायां हेर्ने उसलाई न त आवश्यकता नै हुन्छ न त अवसर नै । घड़ीको समयानुसार सुत्नु, उठ्नु, स्कूल जानु–आउनु बाहेक अन्य कामको लागि उसलाइ फुर्स्द नै हुदैन । पढ़ने बच्चाले भाग्य अनुसार भविष्यमा राम्रो पढ़ी, लेखी असल तथा सफल मानिस बन्न सक्दछ, बन्दछन् पनि । तर अधिकांश बच्चाहरु पिठ््युमा भारी बोक्दा बोक्दै लद्धु हुन पुग्दछन् । भविष्यको लागि कामको न काजको ।
विद्या आर्जन ज्ञानको लागि हुनु पर्दछ । तर अचेलका विद्यालयहरुमा ज्ञान दिने शिक्षा दिनुभन्दा बढ़ी बच्चाहरुलाई यन्त्र बनाउने शिक्षा दिइन्छ कि जस्तो लाग्दछ । उनीहरुको पाठ््यक्रम हेर्दा यसको पुष्टि हुन आउँदछ ।
उदाहरण स्वरूप विद्यार्थ ीहरुको वीजगणितको केही उदाहरणहरु लिन सकिन्छ । वीजगणितमा खण्डीकरण अभ्यासको पाठ हुन्छ । एउटै खण्डीकरणको समस्यालाई भिन्न भिन्न तरिकाले हल गर्न सकिन्छ । पहिलाको पाठ््यक्रममा पढ़ाउदा शिक्षकहरुले एक तरिकाबाट हल हुने एउटा समस्या विद्र्र्याीहरुलाई सिकाइ दिन्थे तथा एक तरिकाबाट हल हुन सक्ने कैयन समस्याहरु गृहकार्यको लागि दिइन्थ्यो जसलाई विद्यार्थीहरुले अभ्यास गरेर सो तरिकाबाट अन्य समस्याहरुको समाधान गर्न सक्दथे । फेरि अर्को तरिकाका अभ्यासहरु हुन्थे । जसलाई शिक्षकहरुले फेरि सिकाइ दिन्थे । सोही तरिकाका फेरि अन्य कैयन समस्याहरु हुन्थे जसलाई अभ्यास गरेर विद्यार्थीहरु हल गर्दथे ।
अचेलको पाठ््यक्रम हेर्ने हो भने एक तरिकाको एउटा मात्र समस्या हुन्छ । अर्को तरिकाको फेरि एउटा मात्र समस्या हुन्छ । अर्थात् एउटा पाठको जतिवटा समस्या छ त्यसको हल सिक्नको लागि शिक्षकसित सिक्नै पर्ने हुन्छ, आफनो दिमाग खियाएर हल गर्न सकिदैन । जसको निकास प्राइभेट ट्यूसनबाट निस्कन्छ । त्यहां पनि शिक्षकले त्यो समस्याको हल सिकाइदिन्छन् । विद्यार्थीले त्यसैलाई घोकेर जाँचमा जस्ताको त्यस्तै लेखिदिएर डिष्टिंशनमा पास भइहाल्दछ । विद्यार्थीले आफनो दिमाग कही पनि लगाउनु पर्दैन । अर्थात् अचेलको विद्यार्थी भनेको ‘प्रोग्राम’ गरिएको यन्त्र । यस प्रकार अचेलको विद्यार्थी यन्त्रमानवको रूपमा तयार हुदै गइरहेकाछन् ।
यो शिक्षाको कुरा भयो । बालककाल वास्तवमा मानव बन्नको लागि स्वर्णिमकाल हो । बच्चाले समाजमा व्याप्त रहेका दया, माया, ममता, करूणा, राग, हर्ष–विष्मातको भाव आर्जन गर्ने प्रमुख समय पनि यही हो । समाजमा घूल–मिल, खेल, चाल–चलनको अनुकरण गर्ने उचित समय पनि यही हो । यो अवसरबाट बञ्चित बच्चाले ती खूबीहरुलाई कसरी ग्रहण गर्ने ? समाजमा परम्परादेखि चली आएको खेल, गाँउ खाने कथा, लोकगीत, लोककथा, विभिन्न खाले नाँच तमाशा आदि सामाजिक धरोहरहरुबाट बञ्चित बच्चाको मस्तिष्क कसरी विकसित हुन सक्दछ ? यस प्रकार बच्चाको लालन–पालन र शिक्षा–दीक्षा भइरहेको छ भने समाजमा सद्भाव, मानवीय संवेगहरुको जगेर्ना कसरी गर्न सकिन्छ ? मानवयन्त्र बन्दै गइरहेका छन् ।
बच्चाहरु यन्त्र मानव बनेर समाजलाई के दिन सक्ने हुन् ? भविष्यको समय अति भयावह हुने हो कि, यसै भन्न सकिन्न !