प्रेस चाैतारी नेपालकाे जिल्ला अध्यक्षमा श्याम बन्जारा सर्वसम्मतले चयन हुनुभएको छ ।
वीरगंजकाे कुमु प्यालेशमा अायाेजित पाचौं जिल्ला अधिवेशनको बन्द सत्रले श्याम बन्जाराकाे नेतृत्वमा २५ जिल्ला कार्यसमिति सदस्यीय चयन भएको हाे । नव निर्वाचित नयाँ कार्यसमिति अनुसारअध्यक्षमा श्याम बन्जारा, उपाध्यक्षमा विजय भण्डारी, कविता खड्का सचिवमा राजेन्द्र सिंह नेपाली, सह सचिवमा सदाव हुसेन, संताेष पटेल, काेषाध्यक्षमा राकेश साह र सदस्यहरूमा नेहाल खान, एस.के चाैरसिया, मनिष पाैडेल, धनन्जय मिश्रा, दिपेन्द्र साह, सम्भु थारू, प्रकाश तिवारी, निलम चाैधरी, हेम चापागाईं, कृष्ण कुशवाहा, विकास साह, मन्सुर खान, एनजल चाैधरी, नितेश कर्ण सहित २५ जनाकाे कार्यसमिति चयन भएको हाे ।
सर्वसम्मतिले चयन हुनुभएका सबै पदाधिकारी तथा सदस्यहरूलाई प्रेस चाैतारीका केन्द्रीय अध्यक्ष महेश बस्नेतले सपथ ग्रहण गराएका थिए । कार्यक्रममा प्रेस चाैतारीमा अावद्ध रहेर पत्रकारिता क्षेत्रकाे विकासका लागि याेगदान पुर्याउदै अाउनुभएका अग्रज पत्रकार शिवशंकर साह, पुर्व अध्यक्ष सत्रुधन नेपाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, महेश दास, पत्रकार प्रताप श्रेष्ठ, विजय भण्डारी लगायत वीरगंजबाट महिला सञ्चारकर्मीहरूकाे सहभागितामा रंगिन पत्रिका सहित श्रमजीवी पत्रकारहरुको पेशागत सीप अभिवृद्धि तथा समग्र विकासमा व्यवसायी पत्रकारिताका लागि याेगदान पुर्याउदै अएकि कविता खड्का सहितलाई सम्मानित गरिएको थियोे ।
जिल्ला उदघाटन सत्रमा प्रेस चाैतारी नेपालका केन्द्रीय उपाध्यक्ष लालबावु शेख, केन्द्रीय सदस्य महेश दास, केसी लामिछाने पुर्व अध्यक्ष सत्रुधन नेपाल लगायतले शुभकामना दिएका थिए ।