मध्य तराईको पहिलो सामुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्ज कार्तिक ४ गतेबाट १५ बर्ष पूरा गरी १६ बर्षमा प्रवेश गरेको छ । सशक्तिकरणका लागि अनुसन्धान, चेतना र संचार नेपाल (रेस नेपाल)द्वारा संचालित सामुदायिक रेडियो नारायणी एफएम १०३.८ मेगाहर्ज स्थापना भएको १५ वर्ष पुरा भएर १६ औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा रेडियोले विभिन्न कार्यक्रमको आयोजना गर्दैछ ।
एफ.एम.का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले १६ औं बर्ष प्रवेशको सुखद घडीमा रेडियोलाई माया गरेर यहाँसम्म ल्याउन सहयोग पु¥याउन हुने विज्ञापनदाताहरु, रेडियोका श्रोता, सहयोगी तथा शुभेच्छुकहरुमा हार्दिक धन्यवाद दिनु भएको छ ।
रेडियोको स्थापनाकालदेखि हालसम्म रेडियोमा कार्यरत वर्तमान तथा पूर्व रेडियोकर्मी साथीहरुप्रति विशेष आभार प्रकट गर्नुभएको छ । संस्थाका संस्थापक अध्यक्ष श्री रमेश कुमार भट्टराई तथा संस्थापक स्टेशन प्रवन्धक श्री शिवराम तिवारी र उहाँको नेतृत्वमा रहेर रेडियोलाई जनताको मनको रेडियो बनाउन योगदान पु¥याउनु भएका संचालक समितिका पदाधिकारी एवं रेडियोको समग्र व्यवस्थापनमा भूमिका निर्वाह गर्नुहुने रेडियोकर्मीहरुप्रति उच्च सम्मान प्रकट गर्नु भएको छ ।
२०६३ साल कार्तिक ४ गते शनिवारको दिन प्रदेश नंं २ को पहिलो सामुदायिक रेडियोको रुपमा नारायणी एफएम वीरगंजले १०३.८ मेगाहर्जको तरंगबाट प्रशारण शुरु गरेको रेडियो नारायणीेले स्थापनाकालदेखि स्थानीय विषयवस्तुलाई प्रमुख एजेण्डाको रुपमा समाचार र कार्यक्रममा समावेश गर्दै आएको बताउदै अध्यक्ष देवकोटाले स्थानीय सरकार र नागरिकप्रति उत्तरदायी संस्थाहरुलाई तोकेको जिम्मेवारी पुरा गराउने उद्देश्यका साथ ती निकायहरुलाई जवाफदेही बनाउने अभियानमा साथ सहयोग दिनुहुने सम्पूर्ण महानुभावमा धन्यवाद ज्ञापन समेत गर्नुभएको छ ।
पछाडी परेका समुदायको समस्यालाई मुख्य मुद्दा बनाएर उठान गर्ने, तीन तहका सरकारलाई नागरिक प्रति जवाफदेही र उत्तरदायी बनाउने, समाजमा विद्यमान परम्परागत हानिकारक कुसंस्कार र कुप्रथा विरुद्ध जनतामा सचेतना एवं जागरुकता पैदा गर्ने खालका विषयवस्तुलाई सामुदायिक रेडियो नारायणी एफएमले समाचार र कार्यक्रममा प्राथमिकता दिँदै आइरहेको छ ।
हाम्रो समाज अहिले पनि अन्धविश्वासको भूमरीमा जकडिएको छ, बोक्सी प्रथा, दाईजो प्रथा, बालविवाह र बहुविवाहको कारण बहुसंख्यक महिलाहरु कुनै न कुनै रुपमा हिंसाको शिकार हुनु परेको छ ।
संविधान र ऐन कानुनले अपराध करार गरेको विषयलाई परम्परागत संस्कारको रुपमा स्वीकार गर्दा मानव सभ्यतालाई चुनौती दिने गरी छुवाछुतका घटनाले समाजमा विभेद पैदा गरेको छ । यस्ता विषयमा सामुदायिक रेडियो नारायणी एफएमले बहस, अन्तरक्रिया र छलफल चलाउदै आइरहेको छ । यस्ता परम्परागत कुसंस्कार र कुप्रथा अन्त्य गर्ने रेडियोका अभियान निरन्तर जारी रहनेछ ।
सामुदायिक रेडियो नारायणी एफएमले स्थानीय भाषाको प्रवद्र्धनका लागि भोजपुरी र मारवाडी भाषामा कार्यक्रम संचालन गर्दै आइरहेको छ । निकट भविष्यमा मैथिली र थारु भाषाका कार्यक्रमलाई समेत पुनः निरन्तरता दिने प्रण गर्दछौं । स्थानीय भाषा, कला, साहित्य, रीतिरिवाज र संस्कृतिको प्रवद्र्धनका लागि नारायणी एफएमको अभियान जारी नै रहने प्रतिवद्धता जाहेर गर्दछौं ।
सामुदायिक रेडियो नारायणी एफएमको १५ औं वार्षिकोत्सवको सन्दर्भमा २०७८ कार्तिक ४ गते बिहीबारका दिन बेलुका ५ वजे मानव सेवा आश्रममा रहेका आश्रितहरुलाई भोजन गराउने कार्यक्रम रहेको छ ।
त्यसैगरी कार्तिक ८ गते पर्सा जिल्लामा रहेका एफएम रेडियोहरुबिच मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता र कार्तिक १३ गते शनिवार विशेष कार्यक्रमको आयोजना गरि वार्षिकोत्सव समारोह सम्पन्न गर्ने कार्यक्रम रहेको जानकारी गराउन चाहन्छौं । रेडियोले आयोजना गरेका हरेक कार्यक्रममा यहाँहरुको साथ, सहयोग र सहभागीता रहने विश्वास एफ.एमले लिएको छ ।