पर्सामा बन्दको प्रभाव समान्य रहेको छ ।
विहान जिल्ला तहका शिर्षनेताहरु पक्राउ परेपछि अहिले बन्दको प्रभाव समान्य रहेको छ । जिल्ला प्रहरी कार्यालयले बन्द गराउँदै हिड्ने २२ जना नेतालाई पक्रउ गरेको थियो । दिनभर बन्दको प्रभाव समान्य हुदैँ गएपछि साझ सबैलाई रिहा गरिएको प्रहरीले जनाएको छ ।
ठाउँ ठाउँमा जिल्ला प्रहरी कार्यालयले बन्दकर्ताहरुलाई पक्राउ गर्ने काम गरेकाले बन्द समान्य बनेको थियो ।
पुर्वत रुपमा नेकपा प्रचण्ड माधव समुहले गएराती राके जुलुश निकालेकाले कतिपय उधोग पसल सञ्चालकले बन्द गरेकाले मुख्य चोकमा बन्द हुन पुगेकोथियो ।
पर्सामा व्यापारीक तथा औधोगिक नगरी भएकाले यहाँबाट सञ्चालन हुने वीरगंज भन्सार, आईसिपि र सुख्खा बन्दरगाहमा कुनै प्रकारको असर नपरेको वीरगंज कार्यालयले जनाएको छ ।
यता जिल्ला प्रशासन कार्यालयले जिल्लाका हरेक कार्यालयहरु निर्वाध रुपमा सञ्चालन भएको जनाएको छ ।