हातीपाईले रोग नियन्त्रणका लागि बारामा चैत्र २० गतेदेखि औषधी खुवाउने अभियान संचालनमा ल्याउन लागिएको छ । जिल्ला स्वास्थ्य कार्यालय बाराले कलैयामा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै चैत्र २० गतेबाट यो अभियान संचालनमा ल्याउने जानकारी गराएको हो ।
बारा जिल्ला हातिपाईले रोगको लागि उच्च जोखिममा रहेको भन्दै यसको नियन्त्रणका लागि अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवको भनाई छ । यस जिल्लामा आर्थिक वर्ष २०७७/७८ को तथ्याङ्क अनुसार महागढिमाई नगरपालिकाको वडा नम्बर २ र ५ मा गरी १२ जना संक्रिमत फेला परेको जानकारी दिए ।
जिल्ला भरि गरीएको अनुमानित सर्भेमा १२ जनामा यो रोग देखा परेपछि रोगको नियन्त्रणका लागि जिल्ला स्वास्थ्य कार्यालय अभियान संचालनमा ल्याएको हो । प्रायः प्रत्येक वर्ष यस रोगको नियन्त्रणका लागि राष्ट्रिय स्तरबाटै अभियनको रुपमा जुुकाका साथै हातिपाईले रोगको औषधी खुवाउने अभियान संचालन हुदै आएपनि घर–घर गएर औषधी खुवाउने समाजीक परिचालकको गल्तिका कारण अभियान प्रभावकारी हुन नसकेको प्रमुख यादबको भनाई छ ।
जिल्ला स्वास्थ्य कार्यालयले प्रत्येक स्थानिय तहको सहकार्यमा बारा जिल्लाका करिब ६ लाख भन्दा बढि ब्यक्तिलाई औषधी खुवाउन पहिलो चरणमा समाजीक परिचालकलाई प्रत्येक टोलमा पठाउन र बाकिँलाई स्वाथ्य संस्थामा आएर औषधी खुवाउने कार्यक्रम गर्ने योजना बनाएको छ ।
यो रागको संक्रमण रहेको ब्यक्तिको शरिरमा यो औषधि सेवनले केहि नकारात्मक असर नदेखाउने भएकाले त्यसबाट नडराई ढुक्क भएर औषधि सेवन गर्न स्वास्थ्य कार्यालय प्रमुख यादवले आग्रह गर्नुभयो । खास गरी पढेलेखेका जीम्मेबार ब्यक्ति नै यस औषधीको सेवन गर्नबाट डराउने र औषधी सेवन नगर्ने भएकोले यस अभियानलाई सफल बनाउन सबैलाई आग्रह समेत गर्नुभयो ।

मधेशमा उत्साहजनक बयलगाडा प्रतियोगिता, दर्जनौँ कृषकको सहभागिता
कोरोना महामारीमा स्वस्थ्य मुट्ट, खानपानमा सजग भए मुट्ट जोगाउन सकिन्छ : डा. राधा भट्टराई
व्यवस्थित वीरगंज अव्यवस्थित काम ! मुख्य सडक मै बार लगाएर सास्ती, व्यापारी आन्दोलनको तयारीमा
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
तराईको ८ जिल्ला यसरी खुला दिसामुक्त भए ! (संघर्षपछिको सफलताको कथा) #Documentary #Open_defecation
यस्तो थियाे ओलि र प्रचण्ड पक्ष नेता कार्यकर्ता कुटाकुट
काेराेना कहर : ICU का बिरामी जब अक्सिजन र पानी नपाएर छटपट्टिदै मरे !
मधेसको शान | पहाडको शान | हिमालको शान | मेरो देश, मेरो झण्डा, मेरो नेपाल | Madhya Nepal TV #Nepal
आकर्षक तलब सुविधा छोडी क्याटल फार्मिङमा श्याम बदन यादव | १५३ करोडको लगानीमा नमूना फार्मिङ्ग बनाउँदै
#Child_Marriage_Of_Nepal Curse of Parents तराईमा बाल विवाह (वृतचित्र) छाेरी जात पराई घर जाने साेच
कोरोना महामारीमा सानोपाइला | संघ र प्रदेशको विश्वास जिते स्थानीयले चाकडी गर्न लगाए : प्रमुख कञ्चन झा
निसन्तान दम्पतीले समयमै उपचार गराए सन्तान सुख सम्भव : डा. प्रिती यादव
जिम्मेवार प्रहरी, लकडाउनमा किन यति विवादित ? प्रहरी उपरिक्षक गंगा पन्तलाई प्रश्न !
लक डाउनमा थलिएको पर्यटकीयस्थल र होटल व्यवसाय (भिडियो रिपोर्ट)
लकडाउनमा शैक्षिक संस्था : कति पर्खने विद्यार्थी ! सुनसान डेस्क बोर्ड विद्यार्थीको पर्खाईमा | MN TV
सुगौली सन्धिले लिम्पयाधुरा नेपालकै भनेकाे BBC HINDI काे VIDEO भारत सरकारले हटाउन लगाए (भिडियाे सहित)